निर्णय नं. ३६९ - जग्गा जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६९ - जग्गा जालसाजी भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०८/२९ ३२६७ निर्णय नं. ३६९ ने.का.प. २०२४ फुल बेन्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री न्यायाधीश श्री कालिप्रसाद उपाध्याय ०२३ साल को दे फु.नं.५५ निबेदक : पाल्पा मौजे गाडाकोट भलायाटार बस्ने खगेकुमार १ मंगले कुमार १ पुनको सकार गर्ने कुसे कुमार १ दिनानाथ पाध्या १ ऐ.अन्तरबास बस्ने जि.मु.बहादुर थापा मगर १ समेत विरुद्ध विपक्षी : ऐ.केलादिघाट किपट बस्ने मु.परजित बोटे १ ऐ.गाडाकोट भलायाटार बस्ने छोटेकुमार १ समेत मुद्दा–जग्गा जालसाजी । (१) न्याय प्रशासन ऐन, २०१६ को दफा १९ को उप दफा ४ (ख) – सर्बोच्च अदालतले अपिल गर्न विशेष अनुमति दिन सक्ने । यति भन्दा बढी बिगो भएको भन्ने निबेदनमा जिकिर भएमा संविधानको व्याख्या जस्तो जटिल कानूनी प्रश्न सामाबेश भएको भन्न नमिल्ने । न्याय प्रशासन ऐन, २०१६ को दफा १९ का ४ (ख) मा त्यस्तो निस्सा गरि दिन उच्च अदालतले इन्कार गरे तापनि संविधानको व्याख्या जस्तो कुनै जटिल कानूनी प्रश्न समाबेश भएको भन्ने सर्बोच्च अदालतलाई चित्त बुझ्ने कारण भई आफू छेउ अपिल गर्न पाउँने गरि विशेष अनुमति दिएको मुद्दा मामिला वा भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा अपिल दिन पाउँने गरि १९।३।४।२ को डिभिजन बेन्चबाट दिनु भएको आदेश मा रु.२०००। भन्दा बढि विगो भएको भन्ने निबेदनपत्रमा जिकिर गरेको देखिनाले अपिल दिन पाउँने अनुमति दिएको छ भन्ने सम्म उल्लेख भएको देखियो । उक्त ऐन अनुसार संविधानको व्याख्या जस्तो कुराको जटिल कानूनी प्रश्न समाबेश भएको भन्ने कुरा उल्लेख भएको देखिन आएन । (प्रकारण नं.११) (२) मोल बिगो पहिलो फिरादमा लेखिएको मोल विगोनै कायम लिनु पर्ने । पछि बढाइ निबेदन जिकिर गरेको मोल विगो तथ्ययुक्त नदेखिने । पहिलेको फिरादपत्रमा बादिले दाबा गरेको झगडा परेको जग्गाको मोल बिगोलाई नै कायम लिनुपर्ने समेत हुँदा रु २०००। भ्न्दा बढी बिगो भएको भन्ने निबेदन जिकिरको कुरा नै तथ्य यूक्ति देखिन आएन । (प्रकरण नं १२) अपिलाट तर्फबाट : ए.भो.कृष्णप्रसाद घिमिरे बिपक्षी तर्फबाट : ल्पी.ठाकुरप्रसाद खरेल फैसला १. बाबु बाजेले ११।२५।५३ साल माहाजांचमा समेत गाडाकोटको भोग चल गरि आएको २५ सालको चौकिल्ला पूर्व सिखर्दि खोला पश्चिम दर्छालिको ६। खेत बाहेक निस्ती खोला उत्तर श्री कृष्ण गण्डकी फुकल डाडाको चौतारो सिमार्दि खोला दक्षिण गभारे दोभान देखि सिपिखोले खोला कालो खोल्सी गोकुल घुप गैह्रो स्यागिधार पाहोर घटे वडार घर साडिसिंगि खोलै खोलो पध्यारो खोला अनदि भंज्याङ यति ४ किल्ला भित्रको तेरिज भई पाल्पा गौडाका तैनाथ वालाका खान्गि खुवामा दरिएबाट बाबुका शेष पछि म बाहादुरले तिरो दुनियाबाट उठाई बुझाई आएको थिएँ । पछि खान्गी खारेज भई पाल्पा मालमा लगत भई तिरो भरो चलि राखेकै छ । हामीले भोगेका जग्गामा हामिले मुद्दा गरि जितेका छौं भनि ०१२।१०।२० गते हल गोरु समेत लिई खिचोला गरेकोले नालेस गर्न आएको छौं । तिरो रु १।५६ को म खगे कुमार कोट म मंगलेको भोग तिरो रु १।५६ को जग्गा कित्ता र तिरो रु १।२० को म दिनानाथबहादुर को जग्गा, म पुर्नेको रु १।५६ को पाखो जग्गामा अन्यायवालाहरुको खिचोला मेटाई पाउँ भन्ने समेत बादि । २. पुर्ब लेडिखोल्सी, पश्चिम बादरे आँप, उत्तर कृष्ण गण्डकी दक्षिण खाकि खोला यति ४ किल्ला भित्रको भलायटार भन्ने पाखो जग्ग ५५ साल माहाजांचमा तुले माझिका नाउमा घर दर भई मेरा बाबु जुद्धबिरका न