निर्णय नं. ८५ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५ - ज्यान भाग: २ साल: २०१६ महिना: माघ अंक: १२ फैसला मिति :२०१५/०४/२६ २४७८ निर्णय नं. ८५ ने.का.प. २०१६ डिभिजबेञ्च न्यायाधीश श्री मिनबहादुर थापा न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय सा.फौ.नं. ८७ निवेदक : रेशमी रजपुतनी समेत विरुद्ध विपक्ष : जुगल सिंह राजपुत समेत मुद्दा : ज्यान १. ज्यानसम्बन्धीको ३३ नं.–एउटालाई तर्साउना छोडेको चोट आर्कोलाई लागि मरेमा–झुक्की चोट प्रहार गर्नेलाई कैद महिना ६ हुने । लाल विहारीका चोटबाट मर्न गएको भनी ठहराएको अमिनी अपील सदर अमिनी गोश्वाराको इन्साफ मनासिव झुक्की तर्साउनालाई आर्का पर छोडेको चोट विलटलाई लागि मरेकोले लालविहारीलाई ज्यानसम्बन्धी ३३ नं. कैद महिना ६ छ महिना मात्र गर्नु । (प्रकरण नं. ६) २. किटानी नलेखेमा झुट्टा बकेको भनी सजाय गर्न नहुने । चोट छाडेकै देख्यौं भनी सर्जमिनले किटानी लेखेको नहुँदा झुट्टा बकेको भनी सजाय लाग्न नसक्ने हुँद केही गर्न पर्दैन । (प्रकण नं. ६) फैसला १. छोरी निरेखियाको छोरी नातिनी सियावतिलाई जुगलसिंले आफ्नो भानिज झोटीसँग विवाह गराई लाने कुरा थाहापाई जुगलसिंलाई भन्दा हामीलाई दोष लगाउने भनी छेठुसिका बचनबाट जुगलसिंले छोरा विलटसिंलाई गडासाले काटी सो चोटपीरबाट भोलिपल्ट बिहान कर्तव्य भई मरेको हुँदा ऐन सवालाबमोजिम गरी पाउँ भन्ने समेत वादीको दर्खास्त बयान । २. मैले हानेको होइन निजैको दाजुलाल विहारीले मलाई गडासाले हानौं भन्दा आफ्नै भाई विलटसिंलाई लाग्न गई परेको भन्ने जुगलसिं समेतको बयान । ३. बुझिएसम्म प्रमाणबाट निज विलटसिंलाल विहारीकै चोट परेको हुँदा सो चोट छाडनेलाल विहारीलाई र झुट्टा उजुर गर्न रेशमीलाई समेत सरकारको तजबिचबाट तोखिएको सजाय गर्ने भन्ने समेत कटरबन अमिनीको फैसला । जाहेरी फैसला अमिनीको फैसलामा चित्त बुझेन भन्ने समेत वादी रेशमीको अपील । ४. अरु इन्साफ अमिनीको मनासिव जुगलसिंले वारदात गरेको देख्यौं सुन्यौं भनी साक्षी सर्जमिनमा वकपत्र गर्ने मानिस मध्येका सर्वजित सिं समेत ९ जनालाई अमिनीले सजाय गर्न छुटाएको र सजाय तोकेको जैकिसुनसिं राजपुत समेत ३६ जवानलाई जनही कैद महिना १० गर्ने गरेकोमा मुख्य कारणीलाई सरकारका तजविजबाट सजाय हुने भएपछि त्यस्तोमा साक्षी सर्जमिनलाई पनि सरकारका तजविजबाट तजविजी जरिवानासम्म हुनु पर्ने भन्ने समेत कटरबन अपीको जाहेरी फैसला । ५. इन्साफ शुरु र अपीलको मनासिव सजायतर्फ ज्यानसम्बन्धीका ऐनमा भबितव्यतर्फ उल्लेख भएको विवरण जस्तो यो मुद्दाको घटना नभई केटी लगे भगाए भन्ने कुराको कारणबाट जम्घट भई सो केटी लाने भन्ने जुगलसिंलाई छोडेको चोट निजलाई निजलाई नलागि विलटलाई लागेको हुँदा त्यसरी जानी हानेको चोटको असरलाई भबितव्य भन्न नहुने समेत भएबाट भान्जीलाई भगाई लगेको कुरामा तर्साउनाको निमित्त जुगलसिंलाई नलागि बिलटलाई लागेको देखिंदा ज्यानसम्बन्धीका ३२ नं. बमोजिम निजलाल विहारीलाई सजाय गर्न जाहेरगर्ने र सो घटनामा प्रतिवादी आफू उपस्थित भई सवै विवरण देखेकोमा सो साँचो कुरा दवाई नातिनी भगाई लगेको रिस फेर्न आफ्नो छोरलाल विहारीको चोटबाट मरेको अपराध जुगलसिं माथि लगाएको देखिनाले रिस इविले नै बोलेकोभन्न परी ज्यानसम्बन्धी ४१ नं. ले सजाय हुन्छ स्वास्नी मानिस हुँदा दण्डसजायका २ नं. का ऐनबमोजिम गर्ने र अड्डाबाट मौका तहकिकात गर्न गएको मौकामा सर्जमिनमा बसी कागज लेखि दिने सर्जमिनलाई ऐनमा सजायको व्यवस्था नभएको र राजो ग्वार्नि गभु राउतको ज्यान मुद्दामा अ.बं.२१३ नं. को प्रष्टिकरण गर्न पठाएमा सर्वोच्च अदालत डिभिजन बेञ्च