निर्णय नं. ८६ - आशय, डाका, थुनछेक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६ - आशय, डाका, थुनछेक भाग: २ साल: २०१६ महिना: माघ अंक: १२ फैसला मिति :२०१५/०१/०९ २८९८ निर्णय नं. ८६ ने.का.प. २०१६ डिजिनबेञ्च न्यायाधीश श्री मिनबहदुर थापा न्यायाधीश श्री मुक्ति कान्त मैनाली फौ.डी.नं. २९ अपीलाट, वादी : भागवत राउत अहिर विरुद्ध विपक्षी : हेड कान्सटेबल गुदर सा तेली समेत मुद्दा : आशय, डाका, थुनछेक १. अ.बं.१५२ नं. का २ दफाको देहायको १ दफा कस्तो वारदातमा लागू हुने ?–वारदात गरी रहेको मौकैमा जागिरदारले पक्री ल्याएको भन्ने शब्दले चोरी डाका गरेको वारदातलाईसम्म लागू हुने । डाका गर्न जाने कुराको सल्लाह गरेको ठाउँमा पक्रदा हात हालाहाल भएको वारदातलाई सो उपरोक्त दफा लाग्न नसक्ने– अ.बं.१५२ नं. को १० दफाअनुसार तारिखमा राखी कारवाई गर्नपर्ने । डाका गर्न भनी सल्लाहा गरेका ठाउँमा पक्री ल्याएको सो पक्रदा हतियार चलेको भन्ने पुलिको रिपोर्ट परेकोमा इन्कारी बयान गर्ने प्रतिवादीलाई पुर्पक्षको निमित्त जमानी धरौट थुनामा राख्नु पर्ने अवस्था खुलेको अ.बं.१५२ नं. का २ दफाको देहायका दफा कुनै पनि मिल्ने नभई उक्त २ दफाको देहाय १ दफामा वारदात गरी रहेको मौकैमा जागिरदारले पक्री ल्याएको भन्ने शब्दले चोरी डाका गरेको वारदातलाईसम्म लागू हुने डाका गर्न जाने कुरा बगैचामा बसी सल्लाह गरेको ठाउँमापक्रदा हात हालाहाल भएको वारदातलाई सो दफा साग्न नसक्ने हुनाले पुर्पक्ष निमित्त अ.बं.१५२ नं. को १० दफा अनुसार तारिखमा राखी कारवाई गर्नुपर्ने ठहर्छ दौडाहाले आदेश दिई थुनामा राखेको मनासिव नदेखिएकाले तुरुन्त थुनाबाट छाडी तारेखमा राखी कारवाई गर्न कलैया अमिनीमा हाजिर हुन जानु भनी तारेख तोकी पठाई दिनु भनी वीरगन्ज जेल अफिसलाई सूचना दिनु । (प्रकरण नं. ७) फैसला १. यसमा डकैती गर्नको लागि बदमाशहरू हातहतियार साथ जम्मा हुन लागेका छन भन्ने गुप्तचरका खबरबमोजिम यस.पी.ज्यूका मौखिक आदेशानुसार पक्राउ गर्न भनी ०१३।१२।१३ गते का राती गएका अमधुर बगैचामा मानिसहरू बसेको खबर पाईजाँदा डाका दलले खबर पाई बन्दुकको फायर गरेका र हामीहरूले पनि विलिंग फाएर गरेपछि निज डाकाहरू भागे तरबार र बन्दुक साथ पक्राउभएका डाकादल मध्येका भागवत र सत्य नारायणलाई दाखिल गरेका छौं भन्ने समेत व्यहोराको गुदर सा तेली समेतको रिपोर्ट ०१३ साल चैत्र १२ गते भागवतले बोलाएको छ भनी हरि मलाहालले भनेको र १३ गतेका दिन निज भागवत आई सितल पुरको मेरी सासूको घरमा डाका गर्ने सल्लाहा भएको छ जाउ भनी निज भागबतले भनेकाले निजको घरमा जादा ५।६ जना बसेका रहेछन निज भागवतको घरमा भात खाई गाउँ देखि उत्तरको आम अम्वाको बगैंचामा लगे त्याहा पुगेपछि अरुहरू समेत जम्मा भएपछि हिंडन तयार भएको बखत हाम्रा विरोधी मानिस आएको देखि भगाउँनको लागि भागवतको भनाईबमोजिम बन्दुक लिने राम असीसले २ फाएर गरेपछि उता तर्फबाट पनि ४।५ फाएर भयो भाग्न लाग्द म लोटेकाले पक्राउ भएको हुँ भन्ने समेत व्यहोराको सत्यनारायणको बयान । २. हाम्रो गाउँको खेतमा पनि पाट्ने बाधमा पानि कम आएकोले बीचमा अरु कसैले बाधी पानि लगेको होकि भनी हेर्न जानलाई १३ साल चैत्र १३ गतेका दिन घाम डुव्ने बेलामा गाउँकै सिउ राउत अहीर समेत ६ जनासाथ लिई टेन्डातर्फ गएको भगवानपुर नेर पूर्वपट्टीको पैनीमा बाध लगाई पानी लगेको रहेछ सो वाध खोली उत्तरतर्फ गयौं । उत्तर तर्फबाट बयल गाडीमा जर्ता लिई आउन लागेका जगन भगत अहीर समेत भेट भयो र गाडा गडेकोले म समेतका मद्दतबाट गाडी उतारी सक्दा अन्दाजी १ घडी जति रात गएको थियो । हामी घरतर्फ आउन लाग्दा साथीहरू अगाडि र म पछाडी