निर्णय नं. ८८२७ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८२७ - उत्प्रेषणयुक्त परमादेश भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६८/०९/२५ ४१३१ ने.का.प. २०६९, अङ्क ५ निर्णय नं.८८२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६७ सालको WO–०५७४ आदेश मितिः २०६८।९।२५।२ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला बैतडी, मट्ना गा.वि.स.वडा नं ४ घर भई हाल भीमदत्त न.पा.वडा नं ८ बस्ने दिलबहादुर धामी समेत विरुद्ध विपक्षीः घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुर समेत § करको दर प्रयोजनको लागि भएको दर्तालाई घरेलु उद्योग सञ्चालन गर्ने प्रयोजनको लागि औद्योगिक व्यवसाय ऐन, २०४९ अनुसार भएको दर्ता भनी मान्यता दिन कानूनतः नमिल्ने । (प्रकरण नं.२) § कानूनबमोजिम तोकिएको प्रक्रिया एवं प्रविधि नअपनाई उद्योग सञ्चालन गरेको अवस्थामा त्यस्तो उद्योग सञ्चालनको नवीकरण नगरेको र सोको जानकारी नदिएको भन्ने आधारमा मात्र कानूनप्रदत्त हकमा असर पुगेको भन्न नमिल्ने । § कानूनबमोजिमको प्रक्रिया एवं प्रविधि अवलम्बन नगरी सञ्चालन गरेको व्यवसाय प्रचलित कानूनको दायराभित्रै नआउने हुँदा त्यस्तो व्यवसाय नवीकरण नगर्ने निर्णयबाट संविधान एवं कानूनद्वारा प्रदत्त पेशा व्यवसाय तथा रोजगार सञ्चालन गर्ने हकमा बाधा पुगेको भन्न नमिल्ने । (प्रकरण नं.३) निवेदक तर्फबाटः विद्वान अधिवक्ता मनोजकुमार शर्मा विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनी तथा विद्वान अधिवक्ता बामदेव ज्ञवाली अवलम्बित नजीरः सम्बद्ध कानूनः § औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १०(१) (२) तथा (४) § स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को नियम १४२ आदेश न्या.भरतराज उप्रेतीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं आदेश यस प्रकार छ : – हामी निवेदकहरू मध्ये दिलबहादुर धामीले अमन ईट्टा भट्टा नामक उद्योग मिति २०६५।६।१३ मा बीना चिम्नीको ईट्टाभट्टा सञ्चालन गर्ने गरी नगरपालिकाबाट व्यवसाय दर्ता नं २१ को प्रमाणपत्र लिई उद्योग गरी आएका थिए । यसरी नै सोही मितिमा नारायणदत्त भट्टले नं. २२ को मिति २०६६।१०।३ मा म नरबहादुर धानुकले नरबहादुर इट्टा भट्टा दर्ता गरी २३ नं. को व्यवसाय दर्ता प्रमाणपत्र लिएको थिए । यसरी नै मिति २०६६।८।५ मा म ममता ईट्टा उद्योग नामको दर्ता नं ३१ भएको उद्योग म दीपकबहादुर सिंहले दर्ता गराएका थिए । म लोकबहादुर चन्दले प्रोपाईटरसीप फर्मको रुपमा आंशिक राम टायल उद्योग, २०४१ सालमा दर्ता गरी सञ्चालन गर्दै आएको थिए । हामी निवेदकसँग सँगै हर्कबहादुर कडायत, बन्नो धानूक, मीनबहादुर पूजारा, ईन्द्र सि खत्री, कमल चन्द, समेतले नगरपालिकाबाट व्यवसाय दर्ता प्रमाणपत्र लिई विना चिम्नीको परम्परागत प्रविधिमा आधारित ईट्टा उद्योग सञ्चालन र ईट्टा बिक्री कार्य गर्दै आएका थियौ । हामीहरूको उद्योग, २०६७ असार मसान्तसम्म नवीकरण भएको थियो । तर समय सकिने समयमा हामी नवीकरणको लागि जाँदा विपक्षी भीमदत्त नगरपालिका कार्यालयले हामीहरूको व्यवसाय नवीकरण गर्न अस्वीकार गर्ने कार्य गरे पछि र हामीलाई सोको कारण नदिए पछि हामीहरू संगठित रहेको नेपाल स्वरोजगार व्यापार श्रमिक संघमार्फत् नेपाल टेड्र युनियन महासंघमा नवीकरण नभएको कारण बुझिदिन आग्रह गरेका थियौ । महासंघको महाकाली अञ्चल कार्यालयले भुसे ईट्टा अर्थात् परम्परागत प्रविधिमा आधारित बिना चिम्नीको ईट्टा भट्टाको व्यवसाय नवीक