निर्णय नं. ९४ - करकाप

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४ - करकाप भाग: ३ साल: २०१७ महिना: असोज अंक: ३ फैसला मिति :२०१६/११/२३ २४९७ निर्णय नं. ९४ ने.का.प. २०१७ डिभिजन बेञ्च का. मु. प्रधान नयायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री डि. अ. नं. ३० वादी : हरिदत्त पाध्या विरुद्ध विपक्षी : चन्द्रकान्त पाध्या मुद्दा : करकाप (१) तमसुकका साक्षी श्रोताका रोहवरमा रूपैंयाँ दिनुपर्ने र कारणीको र लिखत साक्षी, फड्के साक्षी समेतको रोहवरमा सहीछाप हुनुपर्ने । त्यसो भए गरेको नभएमा झुक्याई कागजमा कारणीको सहीछाप गरेको ठहर्ने । तमसुकमा साक्षी लेखिएका व्यक्तिहरूले लिनु दिनु गरेको देखि सहीछाप गरेको भन्न नसकी लेखक साक्षीले रूपैंया लिए दिएको देखिंन भन्ने र अरू अन्तरसाक्षीले पनि विश्बासमा सहीछाप गरी दिएको हुँ भनी बयान गरेकोले समेत इन्साफ शुरु बाग्लुङ अदालतको मनासिब ठहराएको सर्वोच्च अदालत पश्चिम दौडाहा सिंगल बेञ्चको राय मनासिब । (प्रकरण ७) (र, बाग्लुङ अदालतको इन्साफ हेर्नोस प्रकरण ४ मा र सर्वोच्च अदालत पश्चिमाञ्चल दौडाहाको राय हेर्नोस प्रकरण नं. ६ मा) फैसला १. २०१२।११।२० का दिन निज चन्द्रकान्तको छोरा नाउँ नजानेको घरमा आई बोलाएकोले साथ लागि निजका घरमा जाँदा अन्दाजी ८ बजेका टायममा चन्द्रकान्तले २ थान कागज झिकी गौरिश्वर चन्द्रकान्तको जेठा छोरा र त्रिलोचन समेत भई जबरजस्ती करकापसँग सहीछाप गराएकोले ऐन बमोजिम सजाय गरी सो कागज बदर गरी पाउँ भन्ने समेत ०१२।११।२२।३ मा र सो कागजको लेखक र अन्तरसाक्षी हुने रवीदत्त उपाध्या, रवीलाल उपाध्या, नरेन्द्रबहादुर श्रेष्ठ समेतलाई सजाय गरी पाउँ भन्ने समेत ०१३।४।२८ मा समेत ३ पटक परेको फिराद । २. मलाई रूपैंयाँ चाहिएकोले मोरु १०० दिनु हवस सो वापतमा मेरा हकको ठूला गारामुनीको २ गरा भोग दिन्छु भनी वादीले भनेकाले म पनि मञ्जुर भई १२ साल पौष १६ गतेका दिन नरेन्द्रबहादुरका हस्ताले भोग बन्धकी लेखी निज कारणी समेतले सहीछाप गरी दिएको र निज वादीले फेरी रु. १२० दिनुहवस भनेकोले लेखक साक्षीकै रोहवरमा रूपैंयाँ गनी दिए पछि निज नरेन्द्रबहादुरकै हातबाट तमसुक लेखी दिई निज वादीले र साक्षी लेखक समेतले सहीछाप गरी दिएको हो । करकाप गर्‍यो भन्ने समेत वादीको दावी झुट्टा हो भन्ने समेत वाग्लुङ इलाका गलकट् मौजे चल्लु भनेको चंचापरा खानी लामगरा बस्ने पं. हरिदत्त पाध्या, ऐ. ऐ. बस्ने गौरिश्वर पाध्या, ऐ. बस्ने निलंच पाध्या, ऐ. बस्ने निज चन्द्रकान्त पाध्य समेतको प्रतिउत्तर । ३. यो कागजमा हिजो तपाई समेतलाई साक्षी राखेको थिएँ । सहीछाप गरिदिनु पर्‍यो भनी चन्द्रकान्तले भनेकाले साक्षीमा सहीछाप गरी दिएको हुँ । वादी लेख बमोजिम करकापसँग गराएको वेदामे कागज भन्ने जानी जानी सहीछाप गरेको होइन भन्ने समेत बाग्लुङ इलाका जिल्लै गलकोट मौजे धल्लु ठाउँका बस्ने रवीदत्त उपाध्या, ऐ. ऐ. लौसीबोट बस्ने रवीलाल पाध्या र साहु असामी दुवै आई लेखिदिनु पर्‍यो भनेकोले लेखी सहीछाप भए गरेको हो लेनदेनको हकमा मैले देखिन भन्ने समेत वाग्लुङ इलाका पर्वत वाग्लुङ वजार बस्ने नरेन्द्रबहादुर श्रेष्ठ समेतको प्रतिउत्तर । ४. तमसुक लेखी ठिक भएपछि साक्षी श्रोता समेतका रोहवरमा रूपैंयाँ बुझी तमसुकमा कारणीको र लिखत साक्षी फड्के साक्षी समेतको रोहवरमै सहीछाप हुनुपर्ने । यसमा त्यसो भए गरेको भन्ने लिखत नभएबाट कागज झुक्याई कारणीको सहीछाप गराई जालसाजबाट खडा भएको ठहराई शुरु वाल्लुङ्ग अदालतबाट गरेको १४।३।२० को फैसला । ५. चन्द्रकान्त उपाध्याको अपील पर्दा फलगुण १० गते करकाप गरे