निर्णय नं. ९५ - धर्मलोप

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५ - धर्मलोप भाग: ३ साल: २०१७ महिना: असोज अंक: ३ फैसला मिति :२०१७/०२/१२ ३०८४ निर्णय नं. ९५ ने.का.प. २०१७ डिभिजन बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री अ. डि. नं. ८३ वादी, अपीलाट : नथुनीदास बैरागी विरुद्ध प्र. विपक्षी : नथुनी बैठा धोवी समेत मुद्दा : धर्मलोप (१) अ. बं. १०६ नम्बरमा उल्लिखित “हकदैया” शब्दको बुझाउने अर्थ । अ. बं. १०६ नं. मा उल्लिखित हकदैया शब्दले सबै किसिमको हक अर्थात कुनै सम्पत्तिमा अरू कसैको कुनै किसिमको हक नभई एक व्यक्ति वा व्यक्तिहरूको एकलौटी हक र दुई व्यक्ति वा व्यक्तिहरूको आपसी सम्झौताबाट उत्पन्न हक र उत्तरदायित्वलाई समेत बुझाएको देखिन्छ । (प्रकरण नं. ४) (२) परस्पर हक र उत्तरदायित्वमा बाँधिएका व्यक्तिहरू भएमा त्यस्ता व्यक्तिहरू मध्ये आफ्नो बस्तुको स्थितिमा असर पर्ने देखेमा असर पर्ने व्यक्तिलाई बिरोध गर्ने नालिस उजुर गर्न हक हुने । प्रस्तुत मुद्दामा नथुनी दास र अनुराग दासले गरेको १९९९ साल बैशाख २८ गते १ मा मठको पुजाआजा चलाउने बन्दोबस्त सम्बन्धी आपसमा गरेको कागजमा रामदासको चेला अनुराग दास बैरागी र राम दासको नाती चेला मर्ने गुलाब दासको चेला नथुनी दास आगे भई गुलाव दास स्वर्गबास हुँदा महन्थी अनुराग दासले चलाउन लायक भएको निजका नाउँमा महन्थी हुने म नथुनी दास अधिकारी भएमा हामी नथुनी दास समेत मञ्जुर भई मञ्जुरनामा लिखत गरी दिएको । काम गर्नामा हामी दुबैजना समेत गरौंला भन्ने देखिएको छ । यस कागज समेत आधार लिई अनुराग दासले आफ्नो महन्थ्याई कायम गर्ने मुद्दामा प्रतिउत्तर पैरवी गरेको प्रमाणको मिसिलबाट देखिएकोले सो कागज उपर कुनै शंका गर्ने प्रश्नै उठेन । त्यस कागजबाट नथुनीदास अधिकारी भएको नाताबाट मठमा हुने दैनिक पुजापाठ आदि सम्पूर्ण काम कुरामा देखरेख समेत मठको सुसञ्चालनमा नथुनी दास सरिक हुनु स्वाभाविक हुन आउँछ । सोही कागजबाट नथुनी दास र अनुराग दास परस्पर हक र उत्तरदायित्वको गाँठोमा बाँधिएका छन् । यसरी अनुराग दासले मठ पुजा आजामा असर पर्ने कुनै काम गरेमा बिरोध गर्ने नालिस उजुर गर्ने हक नथुनी दासलाई पूर्णतया प्राप्त छ । (प्रकरण नं. ४) (३) अ. बं. ९९ नम्बर – सम्बन्धीत सबै कुरामा एकै पटक नालिस दिनुुपर्ने र एउटा मुद्दामा निर्णय दिंदा “फलाना तर्फ” “फलानै मुद्दाबाट” निर्णय हुने भन्ने बोली परी फैसला भएमासो “फलाना तर्फ” भनी संकेत भएतर्फ निर्णय दिन बाधा नपर्ने । अ. बं. ९९ नम्बर अनुसार सम्बन्धीत सबै कुरामा अर्थात अन्याय भएको कुरामा एकै पटक नालिस दिनु पर्ने भन्ने कुरालाई वादी नथुनी दास बैरागी प्र. अनुरागदास भएको मठ जग्गा मुद्दामा महन्थ्याँई पाउने तर्फ निर्णय दिई धर्मलोप तर्फ प्रस्तुत यस मुद्दाबाट निर्णय हुने भन्ने बोली परी फैसला भएको देखिएको । उक्त फैसलामा संकेत गरे बमोजिम जग्गा बेचविखन भई धर्म लोप भए नभए तर्फ निर्णय दिन बाधा नपर्ने । (प्रकरण नं. ४) (४) गुठीको १५ (क) नं. : भेषधारीहरूले गुठी नराखी आफ्नो नाममा दर्ता गरी पुजा आजा गरी काम चलाई आएको जग्गा ति मरिसकेपछि त्यसको चेलाले लागेको पोता तिरो तिरी बाँकी रहेको आयस्ताबाट साविक बमोजिम काम चलाई बाँकी शेष रहनेमा सो शेषसम्म खान हुन्छ । त्यस्तो जग्गा बन्धकी राख्न हक छोडी दान बक्स इत्यादि गरी दिन र लिन समेत हुँर्दैन । (५) मालपोत तिरो बाँकीमा ऐन सवाल बमोजिम हुने किसिमका जग्गा भएमा गुठिको धर्म नष्ट गरेको र राख्न नहुने गुठी राखेको किसिमको मुद्दा नभई सो बाहेकको देखिन आएमा गु