निर्णय नं. ९८ - सरसियोररीको रीट जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८ - सरसियोररीको रीट जारी गरी पाउँ भाग: ३ साल: २०१७ महिना: कार्तिक अंक: ४ फैसला मिति :२०१७/०७/११ २५२० निर्णय नं. ९८ ने.का.प. २०१७ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री रीट नं. ३४/२१ निवेदक : बाबुलाल मोहनलाल फर्मको तर्फबाट किशोरी नन्दन सिन्हा विरुद्ध विपक्षी : श्री ५ को सरकार उद्योग बाणिज्य मन्त्रालयका का. मु. सेक्रेटरी कृष्णबहादुर देउजा । मुद्दा : सरसियोररीको रीट जारी गरी पाउँ । (१) अर्धन्यायिक संस्थाको हैसियतमा निर्णय दिँदा, सरोकारवालाहरूलाई जो चाहिने सूचना दिई उनीहरूको उचित जिकिर उपर विचार गरी निकासा दिनुपर्ने । आफ्नो कुरा जाहेर गर्न उचित मौका नदिई निकाशा दिनु पर्ने भन्दा बढी गरेको निर्णय निकाशा मान्य नहुने । उत्प्रेषणको रीट जारी हुने । अर्धन्यायिक संस्थाको हैसियतमा नागरिकको सम्पत्ति उपर निर्णय दिँदा सरोकारवालाहरूलाई जो चाहिने सूचना दिई उनीहरूले लिएको उचित जिकिर उपर समेत विचार गरी निकासा दिनुपर्नेमा अर्धन्यायिक तवरले निर्णय गर्दा सम्बन्धीत दुबै पक्षहरूलाई आफ्नो कुरा भन्न पाउने पूरा मौका दिनुपर्छ भन्ने कानून र न्यायको सिद्धान्त बिपरीत निकासा दिनुपर्ने भन्दा बढी श्री ५ को सरकार (उ. वा. मन्त्रालय) बाट निर्णय निकासा गरेको देखियो । यसरी निवेदकलाई आफ्नो कुरा जाहेर गर्न उचित मौका सम्म पनि नदिई निकासा दिनु पर्ने भन्दा बढी गरेको निर्णय निकासालाई मान्यता दिन नमिल्ने हुनाले निवेदकको माग बमोजिम श्री ५ को सरकार (उद्योग वाणिज्य मन्त्रालय) बाट १७।३।२८ गतेको पत्रबाट दिएको निकासलाई उत्प्रेशणको रीट जारी गरी बदर बातिल गरी दिएको छ । (प्रकरण नं. ३) श्री ५ को सरकारबाट (उ. बा. मन्त्रालय) : श्री एटर्नीं जनरल निवेदक तर्फबाट : सिनियर एडभोकेट श्री देवनाथ वर्मा । आदेश १. बिराटनगर जुट मिललाई कच्चा जुट सप्लाई गरेको १९५२ मा हिसाब किताब हुँदा १२ लाख चानचुन बाँकी रहन गएको सो मध्ये ६ लाख हुण्डी १७ अक्टुवर १९५२ मा र ६ लाख १७ अक्टुवर १९५२ मा इसु गरी बाँकी चानचुन नगदै भुक्तान दिइयो । सो हुण्डी मध्ये डेढलाख भुक्तानी दिएकोले असूल भईसक्यो । बाँकी साँढे चार लाख हुण्डी समय समयमा नदिएकोले निवेदकले उद्योग वाणिज्य मन्त्रालयमा निवेदन गर्दा मासिक १५ हजारको दरले बुझाउने गर्नु होला भन्ने अर्डर गए मुताविक पहिलो ४ किस्ता अर्थात भा. रु. ६० हजार तिरीसकेपछि क्लिन रसिद नदिई उडाउट प्रेजुडिस भन्ने रसिद दियो भनी झमेला उठाएकोले डाइरेक्टर उद्योग बिभागबाट पत्र लेख्ता पनि वास्ता नगरेकोले मेनेजिङ्ग डाइरेक्टर र सेक्रेटरीलाई भा. रु. १५।१५ का दरले जरिवाना हुँदा पनि धन तिरेन र यस फर्म विवस भई अर्को आवेदन डाइरेक्टर उद्योग बिभागमा पेश गर्दा रसिद बारेका झगडा निपटाउन उक्त किस्ताको रूपैंयाँ बाबुलाल मोहनलाल फर्मको नाममा नेपाल बैंक बिराटनगर शाखामा आम्दानी बँधाई दिनु भनी ता. २३।६।५५ मा आदेश भयो । सो पनि नगदी उक्त मिलले खास तिर्न पर्ने ठहरेको उपरोक्त धनमा कम्पनिको जायजेथा यस फर्मको नाममा मोर्गेज गरी दिई किस्ता बन्दीमा सालसाल बुझाउनु भन्ने एउटा पत्र बोर्ड अफ डाइरेक्टर बिराटनगर जुट मिल्सलाई, डाइरेक्टर उद्योग बिभागबाट ता. ११।८।५५ मा पठाउँदा पनि मिलले वास्ता नगरेकोले प्रधान न्यायालयमा यस फर्मले २०१२ सालमा रीटको निवेदन गरेकोमा २०१३।१०।९।३ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट उद्योग बिभागको उजुरी सुन्न काठमाडौं मजिष्ट्रेट, कमिस्नर, सवालको २१ दफा (ङ) र (ज) दफा अनुसार मजिष्ट्रेटले कमिश्नर मार्फत जाहेर