निर्णय नं. १०० - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०० - ज्यान भाग: ३ साल: २०१७ महिना: कार्तिक अंक: ४ फैसला मिति :२०१७/०९/१५ ८२९७ निर्णय नं. १०० ने.का.प. २०१७ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री डि. अ. नं. ४०/४५ ४१/९७ वादी, अपीलाट : रेशमलाल म्याकजु श्रेष्ठ विरुद्ध विपक्षी, प्रतिवादी : प्यारेलाल माडबारी समेत मुद्दा : ज्यान (१) अपहत्या गरी मर्नु एउटा असाधारण कुरा । ठूलो मानसिक स्थिति नियन्त्रणमा नरहेको अवस्था वा शारिरीक वेदना वा चोट परेमा मात्र सम्भव । मर्ने व्यक्ति धुलीखेल बस्ने साहु रेशमलालको छोरा जनकलाल हो भन्ने कुरा निर्विवाद छ । लास पनि फेला परेकै छ । अब विचार गर्नुपर्ने मुख्य कुरा जनकलालको लास रानी पोखरीमा पाइयो । कर्तव्यबाट मरेको हो वा आफैं आई हामफाली मरेको के हो ? पहिले लास फेला पारेको १३ साल जेष्ठ ७ गतेका दिन रानी पोखरीमा भएको मौका तहकिकात लासजाँच मुचुल्का हेरौं । दुबै आँखा केही खुलेको, दुबै गोडा खुम्चिएको, मुखबाट पानी निस्केको, हातगोडा धारीईमारी परेको, दुबै हातको मुठी केही खुलेका शरीरमा कतै घाउ चोटपटक केही नदेखिएको । लास देखाई सोद्धा कर्तव्यको शंका सम्म पनि नगरी आफैं अपहत्या गरी मरेको जस्तो लाग्छ भन्ने भोटाहिटी बस्ने मोहनलाल कुसुले, चिकंमुगल बस्ने रामबहादुर रंजितकार र वानेश्वर व्यारेक बस्ने सि. केन्तबहादुर समेत ९ जना र हाम्फाली मरेको हो भनी किटान गरी बक्ने प्याफल टोल बस्ने नारन भक्त श्रेष्ठसमेत ६ जना र मलाई काटी भाग्ने यही हो । काटी मार्न नसकेकोले पक्राउमा परिन्छ भन्ने डर र त्रासले यहाँ आई हाम्फाली मरेछ भन्ने इन्द्रचोक बस्ने प्यारेलालको भनाई भएको र मानिस केही बाह्रमासे खेल्ने धनी भएको र ३ जना डाक्टरहरूबाट हाल जेष्ठ ८ गते भएको लासजाँच रिपोर्टमा सास रोकिनाले मृत्यु भएको बुझिन्छ । तर सास रोकिनाको कारण भन्न सकिन्न भन्ने लेखिएको देखिएबाट भने प्यारेलालको बयान बमोजिम प्यारेलाललाई काटी मार्न नसकेबाट पक्राउमा परिन्छ भन्ने डरत्रासले नै जनकलाल रानी पोखरीमा आई हाम्फाली मरेको हो कि जस्तो देखिन्छ । तर अपहत्या गरी मर्नु भनेको एक साधारण काम कुरा होइन । ठूलै असह्य मानसिक वा शारिरीक वेदना वा चोट पर्नुपर्छ । मानसिक स्थिति ठिक नियन्त्रणमा नरहेको अवस्थामा मात्र त्यस्तो सम्भव हुन्छ । प्यारेलाललाई काटी मार्न असफल भएको हुनाले नै जनकलालले मर्नु पर्ने सम्मको स्थिति आईपर्यो भन्ने कुरा विचारणीय छ । (प्रकरण नं. ७१) (२) लास कहिलेसम्म पानीमा डुबेर तलै रहने ? ७ जना डाक्टरहरूको बोर्डले दोस्रो पटक लासजाँच गरी एक मत रिपोर्ट गरेकोमा मृत्युको कारण सास रोकिनाले नै भएको हो । लासजाँचबाट पत्ता लागेको कुराहरू र त्यो व्यक्ति गायब भएको र उसको लास पाइएको सम्भावित समय र लास किनारामा झिक्दा लासको दरोपनाको अवस्था बारे र पुलिसले दिएको खबर समेतको विचारबाट लास पानीमा पाइए तापनि लास पानीमा डुबेर मरेको होइन । सास रोकिनाको कारण भने यकिन गर्न सकिंदैन भन्ने लेखिएकोबाट उक्त ११।१२ गतेको सरजमिनको लेखाई बकाई समर्थित हुन्छ । अन्दाजी १२।१३ घण्टा भित्र लास उत्रेको नै देखिएको छ । प्यारेलालको तर्फबाट डाक्टरहरूलाई गरिएको १२ सवालको जवाफमा शरिरको स्पेसिफिक ग्राभिटी पानीको भन्दा हलुका भएको हुनाले मानिस पानीमा पर्दा फोक्सोको हावा बाहिर निस्किसके पछि मात्र माथि नउत्रने गरिकन तल डुब्दछ र लास कुहिई भएको ग्याँस लासलाई पानी भन्दा हलुका पारी सके पछि मात्र माथि उत्रन सक्छ । पानी बाहिर मरेको लास पानीमा परेमा तलसम्म नड