निर्णय नं. १०५ - जग्गा बाली लुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५ - जग्गा बाली लुटपिट भाग: ३ साल: २०१७ महिना: पौस अंक: ६ फैसला मिति :२०१७/०९/०६ २२३५ निर्णय नं. १०५ ने.का.प. २०१७ फुलबेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री कालीप्रसाद उपाध्याय फुल नं. १० निवेदक, प्र. : नरमान थापा क्षेत्री विरुद्ध विपक्षी, वादी : नरहरि गोतामे मुद्दा : जग्गा बाली लुटपिट (१) प्रधान न्यायाधीशको नियुक्तिमा नेपाल अन्तरिम शासन विधान मुलुकी ऐन सवाल बमोजिम काम गर्नु भन्ने लालमोहर भएमा खड्गनिसाना भएको मुद्दा दोहर्‍याई हेर्ने विषयको अधिकारको व्यवस्था नभएमा प्रधान न्यायालय ऐन ननिस्कदैं मुद्दा दोहर्‍याउन आदेश दिन नमिल्ने । प्रधान न्यायाधीशले प्रधान न्यायालय ऐन ननिस्कदैं यो मुद्दा दोहर्‍याउने आदेश दिनु भएको । उहाँको नियुक्तिमा नेपाल अन्तरिम शासन विधान, मुलुकी, ऐन सवाल बमोजिम काम गर्नु भन्ने लालमोहर भएको । सो बाहेक खड्गनिसान भएको मुद्दा दोहर्‍याई हेर्ने विषयमा अधिकारको व्यवस्था नभएको हुनाले त्यस तर्फबाट मुद्दा दोहर्‍याउन अधिकार छ भनी निवेदन गर्न सक्दैन । (प्रकरण नं. १६) (२) २०१४।१।१० मा भएको शाही आदेश। कस्तो मुद्दा दोहर्‍याई हेर्नु भन्ने बारे । सम्वत् २००७ साल बैशाख १ गते देखि सम्वत् ०७ साल फाल्गुन ६ गते तक खडगनिसाना १/२ छापेबाट सदर भई फैसला भएको र सम्वत् ०७ साल फाल्गुन ७ गते देखि ०१२ साल चैत्र मसान्त तक सदर मामिला निक्सारी र सो मामिला निक्सारी समावेश भएको । प्रधान न्यायालयबाट फैसला भएको दोहर्‍याई पाउँ भन्नेले आफ्नो काबु बाहिरको परिस्थितिले गर्दा बिन्तिपत्र प्रमांगीको ६ नम्बरको अवधी नघाई बिन्तिपत्र दिएकोमा पं्रधान न्यायालयले कारवाई चलाई सकेको वा मौकैमा तोक आदेश नगरी स्थगित राखेकोमा पछि खारेज गर्ने गरेको मुद्दा मामिला मध्ये अघि खड्ग निसाना १/२ छापेबाट वा प्रधान न्यायालयबाट दोहर्‍याई हेर्दा अघिल्लो फैसला सदर भई सकेकोमा बाहेक १ पटक सम्म अदालतले म्याद थामी कानून बमोजिम दोहर्‍याई दिनु भनी १४।१।१० को शाही आदेश । (प्रकरण नं. १६) (३) कस्तो मुद्दा १४।१।१० को शाही आदेश अन्तर्गत नपर्ने । प्रस्तुत मुद्दा प्रधान न्यायालयबाट फैसला भएपछि हुकुम प्रमांगी बमोजिम दोहरी प्रधान न्यायालयकै इन्साफ सदर गरी ०७ सालमा खड्ग निशाना फैसला भएको देखिनाले शाही आदेश अन्तर्गत दोहर्‍याई हेर्न समेत मिल्दैन । (प्रकरण नं. १६) निवेदक तर्फबाट : प्लीडर पुरेन्द्र्रकुमार मैनाली विपक्षी तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद वर्मा । फैसला १. यसमा बनेपा खाल्सी भन्ने खेत ।१४।४।४ को ९८।९९।२००० समेत साल ३ को बाली जि. बखतबहादुरलाई तिरी निजले बाली कुतमा पजनी गरी २००१।१।२९ मा बाहाली पुर्जी जारी दिएबाट जग्गा मेरो हक भएको । ०२ जेठ ७ गते हेर्न जाँदा सो खेतमा लगाएको गहुँ बाली मु. नरमान समेतका ७ जनाको हुल भई गहुँ बाली लगेकोले गहुँ छ्वालीको गरी विगो रु. १६।८० भराई पाउँ भन्ने समेत नरहरिको वादी । २. सो जग्गामा वादीले लगाएको बाली हामीले खाएको हैन । हामीले लगाएको बाली खाएको हुँ । सो खाल्सी खेत साबिक जगतमानको भई निजले ९२ सालदेखि ९८ सालतकको बाली बाँकी राखेबाट बाली कुत तिरी बाहालीसमेत ९७ साल बैशाख २९ गते जि. बखतबहादुरले दिएकोले जग्गा मैले भोग गरेपछि जगतमानले म समेतको नाउँमा जालसाजी मुद्दा लगाएको आखिरी टुंगो नलाग्दै अनेत्र पजनी गर्नै नहुने हुनाले वादीको दाबी झुट्टा हो भन्ने समेत मु. नरमान समेतको प्रतिवादी ।