निर्णय नं. १०६ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६ - अंश भाग: ३ साल: २०१७ महिना: पौस अंक: ६ फैसला मिति :२०१६/०६/१२ २४४९ निर्णय नं. १०६ ने.का.प. २०१७ सिंगल बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह अ. नं. १०७५ अपीलाट : सरश्वता थपेनी क्षेत्रीनी विरुद्ध रेस्पोन्डेन्ट : हरिबहादुर थापा समेत मुद्दा : अंश । (१) अघि नै बण्डापत्र भई आफ्नो भाग ज्यूनी लिई बसेकोमा फेरि अंश पाउँ भन्ने दाबी लाग्न नसक्ने खारेज हुने । मिसिल सामेल भएका प्रधान न्यायालय सिंगल बेञ्चका फैसलाहरूबाट वादी प्रतिवादीहरूको अघि नै बण्डापत्र भई वादीले आफ्नो भाग ज्यूनी लिई बसेको भन्ने यस मुद्दामा वादी प्रतिवादीको जिकिर समेत भई सोही दावीबाट जग्गा घरमा हक बेहक भई टुंगो लागेको देखिएकोले फेरि अंश पाउँ भनी वादीले गरेको दावी खारेज गर्ने गरी शुरुले गरेको इन्साफ मुनासिब गरी अपीलले गरेको इन्साफ मुनासिब छ । (प्रकरण नं. ७) फैसला १. यसमा कान्छा छोरा कृष्णबहादुर साथ लिई छोरा हरिबहादुर समेतसँग ९० साल ज्येष्ठ १५ मानोे छुट्टी बसें । ०७ सालमा कृष्णबहादुर परलोक भयो । बुहारी भगवतीलाई काँधमा लिई म उपर मुद्दा चलाई दुःख दिए । ९० सालमा अ. बाट गराई लिएको बण्डापत्रमा मलाई नीति पूर्वकको अंश नराखी जिउनी सम्म राखेकोले ९०।२।१५ गतेको अघिल्ला दिन तकको ४ खण्डको १ खण्ड चल अचल अंश दिलाई पाउँ भन्ने समेत ०१३।८।१३ को सरश्वताको फिराद । २. जग्गा खिचोला लुटपीट मुद्दा पर्दा अंशमा चित्त बुझेन भन्ने उस अवस्थामा कुनै जिकिर गर्न नसकी अंश दिए लिएको हो । घर जग्गा मेरै अंश हो भन्ने वादी र अंशबण्डा भईसकेको भन्ने जेठाज्यू मीनबहादुर समेतको प्रतिवादी भएकोमा घर जग्गा मेरो हक ठहरी ०१२।१२।७ मा प्र. न्या. लगायतबाट फैसला भएको छ । फेरि अंशमा उजुरै लाग्न सक्दैन भन्ने समेत भगवती र अंशबण्डा भइसकेकोले अब बण्डापत्र गर्न पर्ने छैन भन्ने समेत हरिबहादुरको प्रतिवादी । ३. बुझिए सम्मबाट १२।१२।७ को प्र. न्या. सिंगल बेञ्चको फैसला नक्कल पेश भएको हेर्दा अघि नै अंश वापत २२९ नं. को जग्गा १।।–।।३ वादी ज्यूनीमा परेकोले घर समेत दर्ता गरि मानकुमारीलाई बिक्री गरेको देखिएकोमा ९० साल जेठ १५ गते अंशबण्डा भईसकेको भनी वादी नै सावित भैसकेको देखिएकोमा फेरि अंश पाउँ भन्ने दावी खारेज हुने ठहर्छ भन्ने समेत ०१३।११।२८ को भक्तपुर अदालतको फैसला । ४. इन्साफमा चित्त बुझेन भन्ने समेत सरश्वताको अपील । ५. अंश पाउने कुराको पक्का सबुद वादीले गुजार्न नसकेकोले इन्साफ शुरुको मुनासिब छ भन्ने समेत ०१४।११।२३ को अपील तेस्रोको फैसला । ६. इन्साफमा चित्त बुझेन भन्ने समेत सरश्वताको अपील । ७. पेश हुन आएको यस मुद्दामा अपीलाट सरश्वतालाई राखी बुझ्दा मिसिल सामेल भएका प्रधान न्यायालय सिंगल बेञ्चका फैसलाहरूबाट वादी प्रतिवादीहरूको अघि नै बण्डापत्र भई वादीले आफ्नो भाग ज्यूनी लिई बसेको भन्ने यस मुद्दामा वादी प्रतिवादीको जिकिर समेत भई सोही दाबीबाट जग्गा घरमा हक वेहक भई टुंगो लागेको देखिएकोले फेरि अंश पाउँ भनी वादीले गरेको दावी खारेज गर्ने गरी शुरुले गरेको इन्साफ मुनासिब गरी अपीलले छिनेको इन्साफ मुनासिब छ । कोर्ट फीबाट चलेको मुद्दा हुँदा अपील गरेबाट अपीलाटलाई केही गर्नु पर्दैन मिसिल बुझाई दिनु । इति सम्वत् २०१६ साल आश्विन १२ गते रोज २ शुभम् । भर्खरै प्रकाशित नजिरहरू ११५२० - जबरजस्ती करणी फैसला मिति : २०८१/०१/०४ | मुद्दा नं : ०७४-CR-०१७१ ११५१९ - गोली हानी मारेको कर्तव्य ज्यान फैसला मिति : २०८०/१२/२१ | मुद्दा नं : ०७५-CR-२१८९ ११५१८ -