निर्णय नं. ८८२९ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८२९ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६८/११/२३ ३५६८ ने.का.प. २०६९, अङ्क ५ निर्णय नं.८८२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय २०६८-WO-०४७१ आदेश मितिः२०६८।११।२३।३ विषय : उत्प्रेषण, परमादेश समेत । निवेदकः गुल्मी जिल्ला, अस्लेवा गा.वि.स.वडा नं ७ घर भई हाल भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेलमा जुनियर नापी तालीमका प्रशिक्षार्थीको रुपमा अध्ययनरत् सुनीता अर्याल समेत विरूद्ध विपक्षीः लोकसेवा आयोग केन्द्रीय कार्यालय समेत § छनौट भई प्रशिक्षण लिइरहेका र सो प्रशिक्षण पूरा नहुँदै निजामती पदको लागि तोकिएको सो योग्यता नै परिवर्तन गरिदिँदा र सो परिवर्तन सेवारत कर्मचारीको हकमा लागू नहुने गरी कानूनी व्यवस्था गरिएबाट प्रशिक्षार्थीको हकमा विभेदकारी तवरबाट लागू गरेको मानिने हुँदा सो कार्य कानूनको अगाडि समानताको प्रतिकूल हुने एवं संविधानप्रदत्त रोजगारीको हकमा अनुचित वन्देज लगाएको मान्नु पर्ने । (प्रकरण नं.२) § सरकारद्वारा सञ्चालित प्रशिक्षण केन्द्रबाट नेपाल इन्जिनियरिङ सेवा (गठन, श्रेणी तथा समूह विभाजन, नियुक्ति) नियमहरूमा भएको राजपत्र अनंकित प्रथम श्रेणीको लागि दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सो नियममा तोकिएको शैक्षिक योग्यता निर्धारण गरी सोहीबमोजिम गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका व्यक्तिहरू मध्येबाट दरखास्त आव्हान गरिएको र छनौट भएकाहरू तालीममा सहभागी भइसकेपश्चात् सो योग्यता परिवर्तन गरिएबाट तालीम लिइरहेका व्यक्तिहरू सो प्रतिस्पर्धामा भाग लिन अयोग्य हुने अवस्था भएको देखिएकोले सो संशोधित व्यवस्था लागू नहुने गरी तत्काल प्रचलित नियमको व्यवस्थाअनुरूप लोकसेवा आयोगबाट प्रकाशित विज्ञापनको प्रतिस्पर्धामा सामेल हुन पाउने । (प्रकरण नं.३) निवेदकहरूको तर्फबाटः विद्वान अधिवक्ता हरिप्रसाद उप्रेती विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिर अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.रामकुमारप्रसाद शाहः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ (२) अनुसार यस अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ :– प्रशिक्षण केन्द्रले मिति २०६७।८।२५ मा प्रकाशित गरेको तालीमसम्बन्धी सूचनाबमोजिम जुनियर नापी तालीम लिनका लागि उम्मेदवार छनौट गर्न लिएको प्रवेश परीक्षाबाट छनौट भई एक वर्षे तालीम कार्यक्रममा सहभागी भइरहेका छौ । हाम्रो तालीमको अवधि पूरा हुन अब करीब दुई महिना मात्र बाँकी रहेको अवस्था छ । उक्त जुनियर नापी तालीममा भर्ना हुन चाहिने न्यूनतम शैक्षिक योग्यता तोक्दा सेवासम्बन्धी नियमावलीको अनुसूची –३ मा सर्भे समूहको राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा सेवा प्रवेशका लागि तोकेको योग्यतासँग मिल्दोजुल्दो हुने गरी तोकिएको थियो । अर्थात् सेवासम्बन्धी नियमावलीको अनुसूची–३ को प्रकरण १३ को क्रम संख्या २ मा “मान्यता प्राप्त शिक्षण संस्थाबाट भूगोल र गणित विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी वा सिभिल इन्जिनियरिङ्ग विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी जुनियर नापी तालीम वा सो सरहको नापी तालीम प्राप्त” भन्ने समेत उल्लेख भएकोमा प्रशिक्षण केन्द्रले मिति २०६७।८।२५ मा प्रकाशित गरेको सूचनामा समेत “गणित मूल विषय वा भूगोल विषय वा विज्ञान विषय लिई (२०० पूर्णाङ्कको गणित मूल विषय भ