निर्णय नं. १०९ - पास बमोजिम घर बनाउन दिएन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९ - पास बमोजिम घर बनाउन दिएन भाग: ३ साल: २०१७ महिना: माघ अंक: ७ फैसला मिति :२०१७/११/१० २४५९ निर्णय नं. १०९ ने.का.प. २०१७ सिंगल बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह दे. सि. अ. नं. १४१,१४२ वादी : देवराज्य लक्ष्मी देवी विरुद्ध प्रतिवादी : जगतबहादुर अमात्य समेत मुद्दा : पास बमोजिम घर बनाउन दिएन । (१) लालमोहरमा “दिज्यूको सन्तान दर सन्तान पर्यन्त भोग गर्नु” भन्ने र “महारानीको शेष पछि महारानी तर्फबाट साहेबज्यू पैदा भएन अथवा पैदा भएको रहेन भने राजा डम्बरध्वज शाहको दैया लाग्दैन सरकार लाग्ने छ” भन्ने बन्देजको व्याख्या । महारानीको शेष पछि उहाँबाट पैदा भएको छोरा (भान्जा राजा) जिवितै रहेमा लालमोहरबाट पाएको सम्पत्तिमा छोरा (भान्जा राजा) को सन्तान दरसन्तान खान पाउने गरी सो लालमोहरको शर्तबाट हक पुग्ने । अतः छोरा (भान्जा राजा) को स्वास्नी (देव राज्यलक्ष्मीदेबी) को हक लाग्दैन भन्ने कुराको जिकिर पुग्न नसक्ने । सम्पत्ति उपर हक पुगी छोरीलाई बकसपत्र गरी दिएकोमा दिन पाउने नै, उत्तराधिकारीको निर्णय ऐन बमोजिम हुने । वादी तर्फबाट पेश भई मिसिल सामेल रहेको १९४४ साल चैत्र सुदी १ रोज ५ को लालमोहर नक्कलमा तपसिलका बिर्ता जग्गा समेत दाइजो पेवा गरी बक्स्यो । सो दाइजो बक्स पाएका तपसिल बमोजिमका जग्गा र नगदी दिदी ज्यूबाट साल बसल दाइजो बिर्ता जानी दिज्यू को सन्तान दरसन्तान पर्यन्त भोग गर्नु । दिदीको शेषपछि दिज्यू तर्फबाट साहेवज्यू पैदा भएन अथवा पैदा भएको रहेन भन्या सो हामीबाट बक्सेको दाइजो बिर्ता मध्ये वर्षको मो. रु. २००० थामी अरू बाँकी जो भएको गैह्र दाइजो झिकी सरकार लाग्ने छ । पछि निज राजा डम्बरध्वज शाहको दैया लाग्दैन भन्ने समेत उल्लेख भएकोबाट महारानी प्राण राज्य लक्ष्मीदेवीको शेषपछि उहाँका छोरा साहेबज्यू नभएमा मात्र सो दाइजो पेवा पाए मध्ये सालको मो. रु. २००० मात्र महारानीका लोग्ने राजा डम्बर ध्वजले पाउने भई बाँकी सरकार लाग्ने गरी महारानीको शेषपछि राजा डम्बरध्वजले सो अरू सम्पत्ती उपभोग गर्न नपाउने गरी बन्देज रहेको कुरा स्पष्टै देखिन्छ । महारानी प्राण राज्य लक्ष्मीदेवीको शेषपछि रहेका उहाँका छोरा भान्जा राजाको स्वास्नी गुण राज्य लक्ष्मीदेवीबाट छोरी देव राज्य देवी जन्मेको र पछि भान्जा राजा स्वर्ग भएकोले महारानी प्राण राज्य लक्ष्मीदेवीबाट पैदा भएको साहेबज्यू नरहेको भनी प्रतिवादीहरूका अपील जिकिर बमोजिम उक्त लालमोहर बमोजिम पाएको झगडा परेका पसल समेत वादी देव राज्यलक्ष्मीको हकदैया नलागी सरकार लाग्ने हो कि भन्नलाई सो लालमोहरमा दिज्यूको सन्तान दरसन्तान पर्यन्त भोग गर्नु भन्ने र महारानीको शेषपछि महारानीतर्फबाट साहेबज्यू पैदा भएन अथवा पैदा भएको रहेन भने राजा डम्बरध्वज शाहको दैया लाग्दैन सरकार लाग्ने छ भन्ने उल्लेख भएको हुँदा महारानीका शेषपछि उहाँबाट पैदा भएका छोरा भान्जा राजा जिवीतै रहेकोले सो लालमोहरबाट पाएको सम्पत्तीमा भान्जा राजाको सन्तान दरसन्तान खान पाउने गरी सो लालमोहरको शर्तबाट हक पुगीसकेको भन्नु परी त्यस पछि त्यस सम्पत्ति उत्तराधिकारीको निर्णय ऐन कानून बमोजिम नै हुने हुनाले भान्जा राजाको शेष पछि उहाँका स्वास्नी देवराज्य लक्ष्मीदेवीको हक लाग्दैन भन्ने प्रतिवादीहरूको जिकिर पुग्न नसक्ने भएकोले त्यस्तो हक पुगी गुण राज्य लक्ष्मीले छोरी देवराज्य देवीलाई बकसपत्र पास गरी दिन पाउने नै देखि हु. प्र. समेत भै देवराज्य लक्ष्मीदेवीले बकसपत्र पास गरी दिएको । सो झगडा परेको घर पसल सरकार लाग्ने भन्न न