निर्णय नं. ३७१ - बकसपत्र बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७१ - बकसपत्र बदर भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/१०/०४ २९४९ निर्णय नं. ३७१ ने.का.प. २०२४ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश श्री बब्बरप्रसाद सिंह २०२३ सालको पहिलो रिभिजन दे.फु.नं ५० निबेदक : त्रिसुली बजार बस्ने सन्तकुमारी मरी सकार गर्ने मोतिलाल श्रेष्ट १ बिरुद्ध बिपक्षी : ऐ. सांगु बजार बस्ने चन्द्रप्रसाद श्रेष्ट १ मुद्दा : बकसपत्र बदर । (१) साबिकको मुलुकी ऐनको दान दातब्यको १२ नम्बर – लिखत गिरिदनेको चित्त नबुझे बदर गर्न पाउँने — एउटै लिखतमा ३ जनाको सहि परि गरिदिएको बकसपत्रमा बकसपत्र दाता मध्ये २ जना मरिसकेको भए तेश्रोले आफ्नो हकसम्मको बकसपत्र बदर गराउन सक्ने सम्पूर्ण बकसपत्रको सम्पत्ती बदर गराउन नमिल्ने । बकस दिने ३ जना मध्ये १ जना सम्म जिवीत रहेको अवस्थाम निजले बदर गराउन चाहे पनि पुरै बकसपत्र बदर गराउने पाउँने सर्त उक्त बकसपत्र लिखतमा लेखिएको देखिन आएन । तत्काल प्रचलित दान दातब्यको १२ नं. मा लिखत गरि दिनेको चित्त नबुझी बदर गर्छु भन्छ भने जहिले सुकै बदर गर्छु भने पनि पाउँछ भन्ने उल्लेख भएको । त्यसबाट लिखत गरि दिने व्यक्तिले सम्म चित्त नबुझे आफ्नो हकसम्म बदर गराउन पाउँने सुबिधा पाएको देखिन्छ । लिखत गरि दिने कृष्ण दास, हिरामाया मरी सकेको भएपछि निजहरुका हकमा बाचुन्जेल पालन पोषण मरेपछि काजकृया समेत बकस पाउँने चन्द्रप्रसादले गर्नु पर्ने लिखत बमोजिमको शर्त पुरागरिसकेको समेत हुन आउँने । यस्तो अवस्थामा अन्य कुनै लिखत शर्त वेगर वादीको उजुरी सम्मबाट मरी सकेको कृष्णदास हिरामायाको हकमा समेत पुरै बकसपत्र बदर हुन सक्छ भन्ने उक्त दान दातव्यको १२ नं. ले नमिल्ने कुरा प्रष्टै छ । (प्रकरण नं.१०) निबेदक तर्फबाट : ए. गंगाप्रसाद उप्रेती फैसला १. भानिज नाताको अन्यायवालालाई खसम कृष्णदास र म, औ भतिजी हिरामायाले ०६।५।२।५ मा शेषपछिको बकसपत्र पास गरिदिएको । खसम र हिरामाया परलोक भए । ०१६ साल भाद्र देखि मलाई घरबाट निकाला गरि खान लाउन समेत नदिएको हुनाले र लोग्ने मरेपछि लोग्नेको हक मेरो लाग्ने हुँदा बकसपत्र बदर गरि सजाय गरि पाउँ भन्ने समेत सन्तकुमारीको फिराद । २. बादी लेखाई बमोजिम मलाई शेषपछिको बकसपत्र गरिदिएकोले निजहरुलाई पालन पोषण गरि कृष्णदास हिरामायाहरु परलोक भएपछि निजहरुको काजकृया समेत मैले नै गरि जिबित रहेकी बादीलाई पालन पोषण गरि हेर बिचार गरिरहेकोमा झुट्टा उजुर गरेकी हुन्, भन्ने समेत चन्द्रप्रसादको प्रतिवादी । बुझिए सम्मबाट घरका हकमा मर्ने र बादी समेतले ०६ सालका बाली देखिलाई हक छाडी दिई सकेकोले बदर गरि पाउँ भन्ने वादीको दाबी नपुग्ने । शेषपछिको कलममा २ अंश शेषपछिको बकस लेखिदिने मध्ये १ अंशको धनी बुद्धि कन्या हीरामाया मरी सकेकीले निजको हक चन्द्रप्रसादको पाको भई सकेको १ अंशको हकमा पनि कृष्ण दासको हिस्सा कृष्णदास का शेषपछि प्रतिवादीको पाको भईसकेको । कृष्ण दासबाट आधि हिस्सा खाने बादीका भागको मात्र बादीले बकसपत्र बदर गर्न पाउँने ठहर्छ भन्ने समेत ०१७।१२।६।१ को इलाका अदालत नुवाकोटको फैसला । ३. इन्साफमा चित्त बुझेन भन्ने समेत मोतिलालको अपिल । ४. घरबाट निकाला गर्यो । धन माल दिलाई पाउँ भन्ने र घरका हकमा इन्साफ मुनासिबै छ । शेषपछि खानु भनि लेखिएको जग्गा जमिनको हकलाई बकस दिने ३ जना मध्ये २ जना मरे पनि १ जना वादीले वदर गरि पाउँ भन्ने नालेस गरेपछि दान दातव्यका १२ नं. ले वदर हुने हुँदा कृष्ण दास, हिरामायाको हकको ज