निर्णय नं. ११४ - थुनछेक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४ - थुनछेक भाग: ३ साल: २०१७ महिना: फागुन अंक: ८ फैसला मिति :२०१७/०९/२८ २७१६ निर्णय नं. ११४ ने.का.प. २०१७ डिभिजन बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट अ. डि. नं. २७५ अपीलाट : मोरङ्ग बिराटनगर गोश्वाराका बडाहाकिम हरिप्रसाद गिरि विरुद्ध विपक्षी : कनकबहादुर कार्की मुद्दा : थुनछेक (१) सार्वजनिक सुरक्षा ऐन, २००७ को दफा २ उपदफा १ मा उल्लेखित कामबाट रोक्न जरुरी छ, छैन भन्ने निर्णय गर्ने अधिकार बडाहाकिममा भएको । ऐ को दफा १२ ले उपरोक्त कुरा उपर कुनै अदालतमा सवाल जवाफ गरिने छैन भन्ने लेखिएको हुँदा अदालतले औचित्यतर्फ निर्णय गर्न नमिल्ने । तर हाल अपील जिकिर तथा उक्त कारवाइबाट अशान्ति गरी सकेको निवेदकले सो गर्दै रहेको भविष्यमा पनि त्यस्तो गर्दै रहने बडाहाकिमालाई आशंका लागि सो गर्न नपावस भनी रोक्नलाई सुरक्षा कानून ल्याएको । सार्वजनिक सुरक्षा ऐन, २००७ को दफा २ को उपदफा १ मा उल्लेखित कामबाट रोक्न जरुरी छ, छैन भन्ने निर्णय गर्न सो ऐन नियमले बडाहाकिमलाई नै अधिकार दिएको देखिएकोले त्यस्तो अधिकार पाइ बडाहाकिमले जारी गरेको आज्ञा उपर कुनै अदालतमा सवाल जवाफ गनिने छैन भनी उक्त ऐनको दफा १२ मा प्रष्ट लेखिएको हुनाले रोक्न जरुरी सम्झी नजरबन्द राख्ने औचित्यतर्फ निर्णय गर्न नमिल्ने भनी राय गरेको सिंगल बेञ्चको आदेशमा पुछार हरफ देखि माथि १३ हरफमा न्याय प्रशासन ऐनको दफा १९ लेखिनु पर्नेमा सार्वजनिक सुरक्षा ऐन, २ दफा भन्ने लेखिएको र त्यसपछि १२ हरफमा सोही ऐनको भनेको सट्टा सार्वजनिक सुरक्षा ऐनको भन्ने कायम गर्ने गरी सो सर्वोच्च अदालत सिंगल बेञ्चको १७।९।१३।३ को राय ठहर मनासिब छ । (प्रकरण नं. १०) (२) ने. सा. सु. ऐन प्रयोग गर्न पाएका अफिसरले त्यस सम्बन्धमा अदालतबाट सोधनी भएमा ऐ ऐनको दफा २ (१) मा उल्लेखित जुन अवस्था परेको छ सो खुलाई जवाफ दिनुपर्ने । नेपाल सार्वजनिक सुरक्षा ऐन प्रयोग गर्न पाएका अफिसरले त्यस सम्बन्धमा अदालतबाट सोधनी भई आएमा उक्त ऐनको दफा २ (१) मा उल्लेखित जुन अवस्था परी त्यस्तो आदेश निकाल्नु परेको छ सो खुलाई जवाफ दिनु पर्छ । (प्रकरण नं. ११) अपीलाट तर्फबाट : एटर्नी जनरल शम्भुप्रसाद ज्ञवाली फैसला १. यसमा २०१६।११।५।४ का दिन मो. वि. गो. को सिपाहीले केही कुरा बुझ्न परेको छ भन्ने गोश्वाराको आदेश बमोजिम भनी बोलाई लगेकोमा भोलिपन्ट ६ गते बडाहाकिमले रोक्ने आर्डर दिनु भएकोले गारथमा लगि थुने । खान पनि दिएनन । ९ गतेदेखि मात्र आफ्ना तर्फबाट झिकाई खान दिएको छ । अरू कारवाई भएको नहुँदा प्रष्टीकरण गरी रिहाई पाउँ भन्ने व्यहोराको थुनुवा कनकबहादुरको हकमा निजको छोरा सुज्र्येबहादुरले दिएको तो. नं. १३९ को निवेदनपत्रमा ठाडोमा दर्ता गरी पेश गर्नु भन्ने पूर्वाञ्चल उच्च अदालतका मुख्य न्यायाधीश रंगनाथ उप्रेतीबाट आदेश भएको । २. थुनामा राखिएको हो भने सबै कुरा खुलाई १ दिन भित्र जवाफ दिनु होला भनी मो. वि. गो. लाइ लेखी पठाई जवाफ आएपछि पेश गर्नु भन्ने सिंगल बेञ्चको आदेश भई लेखी पठाउँमा निज कनकबहादुरलाई अशान्ति गरेको अभियोगमा सर्वाजनिक सुरक्षा ऐन, २००७ अनुसार थुनामा राखी गृह मन्त्रालयमा जाहेरी समेत गईसकेको भन्ने मो. वि. गो. बाट जवाफ दिएकोमा सन्तोषजनक जवाफ नदेखिएकोले पुन लेखी गएकोमा निज कनकबहादुरलाई अशान्ति गरेका अभियोगमा सार्वजनिक सुरक्षा ऐन, २००७ को दफा २ (१) (क) अनुसार फाल्गुण ११ गते देखि थुनामा राखेकोले भएको व्यहोरा अवगत गराइसकेको छ भन्ने जवाफ आएको । निज कनकब