निर्णय नं. ८८३० - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८३० - अंश चलन भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६८/१२/२२ ७७२३ ने.का.प. २०६९, अङ्क ५ निर्णय नं.८८३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती मुद्दा नं: २०६८–CI–००५५ फैसला मितिः २०६८।१२।२२।४ मुद्दा : अंश चलन । पुनरावेदक वादीः जिल्ला सुनसरी सोनापुर गा.वि.स. वडा नं. ५ बस्ने जमरुद्दिन मियाँ विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. बस्ने जियाउल हुसेन मियाँ समेत शुरु अदालतमा फैसला गर्ने :– मा.न्या.श्री लक्ष्मीकृष्ण श्रेष्ठ पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री डम्बरबहादुर शाही मा.न्या.श्री द्वारिकामान जोशी § निजी ज्ञान, सीप र प्रयासबाट आर्जन गरेको भनेको नितान्त आफ्नो पालामा आफ्नो मात्र श्रमसंस्, सीप र प्रयास परेको सम्पत्ति भनी अर्थ गर्नुपर्दछ । यदि सगोलका परिवार सवैको श्रम, सीप र प्रयास परेको छ भने त्यसमा कसैको पनि हक नमरोस् र यदि कुनै एक अंशीको मात्र निजी ज्ञान, सीप, श्रम र प्रयास परेको छ भने त्यसमा सहभागी नहुने अरु परिवार सदस्यलार्ई भाग बण्डा नलागोस् भन्ने कुरामा ध्यान दिनुपर्ने । (प्रकरण नं.६) § विदेशमा रहेको छोराको आर्जनबाट स्वदेशमा बावु आमाका नाममा जग्गा खरीद गरिएको अनुमान स्वाभाविक र तर्कसंगत हुन्छ । आफ्ना विरुद्ध न्यायिक अवधारणा बन्न जाने तथ्यको सम्बन्धित पक्षले खण्डन गर्न सक्दैन र सो खण्डनलाई पुष्टि गर्ने आधार प्रमाण केही दिन सक्दैन भने त्यो तथ्यले निजका विरुद्व प्रमाणको स्वरुप ग्रहण गर्ने । (प्रकरण नं.८) § अंशबण्डाको १८ नं. परिवार सदस्यको उद्यमशीलतालाई संरक्षण र प्रोत्साहन दिने कानून हो । सम्पत्तिको आर्जनको इतिहास, स्रोत र लगानीको प्रकृति विश्लेषण गरी न्यायिक निष्कर्षमा पुगिएन भने अंशबण्डाको १८ नं. को उद्देश्य र मर्म मर्न पुग्ने । § पैतृक सम्पत्तिसँग कुनै सम्बन्ध नगाँसिने र परिवारका अन्य सदस्यको सो सम्पत्ति आर्जनमा कुनै योगदान आँक्न नसकिने सम्पत्ति बण्डा गर्न कर नलागोस् भन्ने नै अंशबण्डाको १८ नं. को आशय हो । विदेशमा रहेको आफ्नो छोराको आर्जनबाट आफ्ना नाममा खरीद भएको सम्पत्ति पनि निजी श्रम, सीप र प्रयासमध्ये प्रयासको आर्जन भएबाट सोबाट अंश दिन वाध्य बनाउनु अंशबण्डाको १८ नं. प्रतिकूल हुनजाने । (प्रकरण नं.९) पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा ६ र ७, ७(ग) § अंशबण्डाको १८ नं. § स्त्री अंश धनको ५ नं. फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन अदालत बिराटनगरको फैसलाउपर वादी पक्षबाट पुनरावेदन पत्र दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मेरा पिता स्व. तसलीम मियाका तीन छोरामा जेठा प्रतिवादीमध्ये रफिद मिया, माहिला जियाउल र कान्छो म फिरादी जिमरुद्दिन हौँ । विपक्षी बुधनीदेवी माहिला दाजु जियाउलकी पत्नी हुन् । हामी तीन दाजुभाइ एकासगोलमा व्यवहार गरी आउँदा घरको टाठोबाठो जियाउल हुँदा जि.सु. सोनापुर गा.वि.स. वडा नं. ५ कि.नं. ९९ को ०–०–१० र ऐ.ऐ. १०० को जग्गा विपक्षीमध्येकी भाउजू वुधनी मियाइनीको नाममा दर्ता गराई हाम्रो घरबाट अनावश्यक निहुँ खोजी २०६४।८।१५ गते दिउसो घरबाट निकाला गराई दिनुभयो । मैले पाउने सम्पूर्ण सम्पत्तिको तीन खण्डको एक खण्ड दिलाई भराईपाऊँ भन्ने समेत व्यहोराको फिराद दावी । नातामा विवाद छैन । मिति २०६४।८।१५ गते यी वादीलाई हामीले निकाला ग