निर्णय नं. ३७३ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७३ - ज्यान भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/१०/१८ २६८५ निर्णय नं. ३७३ ने.का.प. २०२४ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री प्रकाशबहादुर के.सीं. ०२२ सालको फौ.फु.नं. १५ निवेदक : श्री ५ को सरकार —१ विरुद्ध विपक्षी : प्र.विहार मौजे वेतौना बस्ने नानीबाबु भन्ने दिल्लीबहादुर–१ ऐ बस्ने हरिबाबु भन्ने हरिबहादुर क्षेत्री —१ ऐ बस्ने नारायण क्षेत्री भन्ने भिमबहादुर क्षेत्री –१ ऐ बस्ने शम्भुको बाबु चुहान क्षेत्री भन्ने पद्मबहादुर चुहान क्षेत्री —१ ऐ बस्ने नंनु कोइरीको छोरा सिताराम कोइरी –१ मुद्दा – ज्यान (१) बहुसंख्यक सर्जमिन मध्ये कसैले वारदातमा नै देखेको भन्ने र कसैले वारदातमा भाग्न लागेको देखें भन्ने भएमा अभियुक्तको इन्कारी जिकिर पुग्न नसक्ने । अभियूक्तहरुको इन्कारी जिकिर भए पनि मुख्य गवाह मर्ने झौलीको वेनी मंची र अरु मौंका तहकिकातका विरेसपत गडेरी समेतका धेरै सर्जमिनहरु कसैले वारदातमा कसैले भाग्न लागेको देखेको भनि किटान साथ लेखिदिएको समेत प्रमाणबाट निजहरु वाददातमा रहे भएकै सिद्ध हुन्छ । (प्रकरण नं.१४) (२) सर्जमिनको भनाई एक मिलानको नभए लास जाँचबाट पनि २ चोट सम्म देखिएर वारदातमा चार जवान रहे भएको भए अरु मतलव समेत नदेखिएमा वारदातको घटना नरोकेको सम्म देखिने । साबिकको ज्यान सम्बन्धीको ३१ नं.को ३ दफाको अरु किसिमको मतलबी सम्म ठहर्ने । निजहरु ४ जना समेत भई मर्ने झौलीलाई चोट छाडेको भन्ने कुरामा मुख्य गवाह मंची र मौकामा देख्ने भनेका अरु सर्जमिनको भनाइ नै एक मिलान नभएको र लासजाँचबाट मर्ने झैलीको शरिरमा दाइने कानदेखि दुई अंगुल मुनी फुलेको चोट १ र दाहिने कोखामा चोट १ सम्म बाहेक अरु धेरै घा खत भए परेको पनि नदेखिनाले निज ४ जनाले पनि चोट छाडेको भन्ने कुरा प्रमाणीत हुन सकेको देखिंदंैन । देवीको घर बनाउने सार्वजनिक कामको निमित्त सिताराम बाँस काट्न गएकोमा झैलीले रोक्दा रिस उठी झौलीको मृत्यु हुन गएको । यस घटनामा पुगी राखेका निजहरु ४ जनाले झौली उपर बन्चरो प्रहार हुँननदिन रोक्ने प्रयास समेत केही नगरि हेरी रहेको देखिएको र पछि पनि जाहेर नगरेकाले निजहरुलाई तत्काल प्रचलित ज्यान सम्बन्धीको ३१ नं.३ दफामा उल्लेख भए बमोजिम अरु किसिमको मतलबी सम्म भन्नु पर्ने देखिन आएको छ । (प्रकारण नं.१५) नानीबाबु भन्ने तर्फबाट : ए. राजारामप्रसाद सिं बादि श्री ५ को सरकार तर्फबाट : ग.ए. जगन्नाथ उपाध्याय । फैसला १. ०१८।१।१० गते दिन अं.९ बजे झौली गडेरी मर्न बाँच्न दोसांध भएकोले जाहेर गरेको छु भनि सीताराम गडेरीले भनेबाट गई हेर्दा झौली मरी सकेको र निजकी बैनी मन्चीले नानीबाबु भन्ने दिल्लीबहादुर, हरिबाबु, नारायण पहाडी, चुहान पाहाडी, सीताराम कोईरी समेतले कुटपिट गरि मरेको भनेकीले फेला परेको दिल्लीबहादुर र मर्नेको लास औ मन्ची गडेरनी समेतलाई दाखिल गरेको छु भन्ने हे.कं. रामकृष्ण समेतको रिपोर्ट । २. गाउँ देखि पश्चिममा भएको आंप, वांस मेरो दाजु झौलीले हेरविचार गरि राखेको । प्र.सीतारामलाई वाँस काट्न दिन्न भनि रोक्दा दिल्लीबहादुर, हरिबाबु, नारायण चुहान भन्ने क्षेत्री समेत भेला भई दाजुलाई थप्पड मुडकीले कुटपिट गर्न लाग्दा गुहार भन्दा भन्दै सीतारामले हातमा लिई राखेको बन्चराको पासाले दाजुलाई कोखामा र अरु ठाउँमा हान्दा सो पिरले दाजु मरेको भन्ने मन्चीको दरखास्त बयान । ३. मैले कुटपिट गरि मारेको होईन । म घरै थिएँं भन्ने समेत दिल्लीबहादुरको पुलिसमा कागज र झ