निर्णय नं. ३७४ - विषय : परमादेश वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पुर्जि जारी गरि पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७४ - विषय : परमादेश वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पुर्जि जारी गरि पाउँ । भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: ९ फैसला मिति :२०२४/०१/२४ ३४२५ निर्णय नं. ३७४ ने.का.प. २०२४ डिभिजन बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहदुर विष्ट न्यायाधीश श्री प्रकाशबहादुर के.शी. २०२४ सालको रि.नं.४५० निवेदक : मोर∙ बिराटनगर बजार बस्ने डा.पिनाकिप्रसाद आचार्य विरुद्ध विपक्षी : निर्वाचन आयोग पुतली सडक काठमाडौ विषय : परमादेश वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पुर्जि जारी गरि पाउँ । (१) राष्ट्रिय पञ्चायत स्नातक प्रतिनिधित्व ऐन, २०१९ को दफा ६ मा “तोकेको ढांचा” बमोजिम भन्नाले आयोगले नै तोक्ने, नमूना खडा गर्ने र सो बमोजिम भन्नाले आयोगले नै तोक्ने नमूना खडा गर्ने र सो बमोजिम छफाई उम्मेद्वारहरुलाई उपलब्ध गराउनु पर्ने । तोकेको ढांचा बमोजिम भन्नाले निर्वाचन आयोगले केवल दरखास्तको ढांचा अथवा नमूना मात्र तोकि दिए हुने हो वा त्यो तोकेको ढांचा बमोजिमको दरखास्तपत्र नै छापि उम्मेद्वारहरुलाई उपलब्ध गराउनु पर्ने के हो भन्ने तर्फ हेरेमा निर्वाचन आयोगले तोकेको ढांचा भनेर केवल नमूना मात्र देखाएको भन्ने कुरा कतैबाट देखिन नआएको र त्यस विषयको वहस निर्वाचन आयोग तर्फका बिव्दान सरकारी अधिवक्ताले पेस पनि गर्नु नभएकाले तोकेको ढांचा बमोजिमको दरखास्त भन्नाले आयोगले नै तोक्ने, नमूना खडा गर्ने र सो बमोजिम छपाई उमेदवारहरुलाई उपलब्ध गराउनु पर्ने भन्ने कुरा प्रष्टै भएको छ । (प्रकरण नं ६) (२) अफिस आयोगको ढिला सुस्तिबाट पक्षको अधिकार हनन् हुन नसक्ने भएमा परमादेशको आदेशद्वारा त्यस्ता आदेश खारेज हुने । मोर∙ विराटनगर जिल्ला पन्चायत कार्यालय मतदान केन्द्रमा ०२४ साल बैशाख ३ गतेको २ बजे मात्र दाखिल हुन आएको भन्ने कुरामा मुख मिलेकै र निर्वाचन आयोगले ०२३ साल चैत्र १९ गते हावाइ डकुमेण्टद्वारा चलान गरेको भन्ने भनाइ छ तापनि बैशाख १–२ गते विदा हो भन्ने जानी जानी लापरवाहि काम गरेको देखिएको । सो सुस्ती कार्यले गर्दा निवेदकलाई यथासमयमा तोकिएको ढांचा बमोजिमको दरखास्त फाराम निर्वाचन आयोगले नै तोकेको सूचना बमोजिम उपलब्ध नहुनाको कारणबाटै निवेदकको कुनै गल्ती सुस्ती नभई ०२४ बैशाख ४ गते साँझ ५ बजे सम्म दरखास्त दाखिल गर्न नसकेको प्रष्टै हुन आयो । (प्रकरण नं ७) निवेदक तर्फबाट : अधिवक्ता होराप्रसाद जोशि विपक्षी तर्फबाट : सरकारी अधिवक्ता प्रचण्डराज अनिल फैसला १. राष्ट्रिय पन्चायत (स्नातक प्रतिनिधित्व) ऐन, २०१९ को दफा ६ मा सूचना प्रकास भएको मिति देखि निर्बाचन अफिसरले तोकेको म्याद भित्र तोकिएको स्थानमा तोकेको ढांचा बमोजिम प्रस्तावक, समर्थक र उम्मेद्वारको स्वीकृति समेतको दरखास्त पत्र निर्वाचन अफिसरलाई दिनु पर्ने कुराहरु लेखिएको पाईन्छ । निर्बाचन आयोगले मोरङ जिल्लाको निमित्त सो जिल्लाको जिल्ला पन्चायत कार्यालयलाई पनि मतदानकेन्द्र भनि तोकेकोछ । र दरखास्तपत्रको फाराम मतदान केन्द्रहरुमा उपलव्ध हुनेछ भन्ने कुराको सूचना ०२३ साल चैत्र २८ र त्यस अघिको गोरखापत्र समेतमा प्रकाशित गरेको थियो । विपक्षी आयोगको सूचना अनुसार उमेद्बारले दरखास्त दिने म्याद ०२४ साल बैशाख २ गते देखि ऐ ४ गते तक बिहान १० बजे देखि ५ बजे सम्म तोकिएको थियो । र उक्त दरखास्त निर्बाचन आयोग पुतली सडक अर्थात वागमती अन्चलको काठमाडौं जिल्ला स्थीत पुतली सडकमा दिनुपर्छ भनेको थियो । निबेदक समेत प्रत्येक नेपाली नागरिक स्नातकलई राष्ट्रिय पन्चायतकोलागि उम्मेद्वार हुने अधिकार छ र निवेदक एम.ब