निर्णय नं. ३७५ - धर्मलोप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७५ - धर्मलोप भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/१२/१८ २७८६ निर्णय नं. ३७५ ने.का.प. २०२४ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्रीराजा इश्वरी जङ्गबहादुर सिंह २०२४ सालको दे.फु.नं.४८ निवेदक : का.इ.टेउद वस्ने गोविन्द लाल श्रेष्ठ बिरुद्ध प्रतिवादी : का.इ.असन बस्ने मंगलप्रसाद समेत ४ मुद्दा : धर्मलोप (१) गुठीको ४ नम्बरको देहाय १ दफा–शेष जगेडा रहने बाहेकको खान पाउँने शेष बाँकी सम्म धितो बन्धक राख्न हुन्छ भन्ने व्यवस्था भएको । कस्तोलाई शेष बाँकी खान पाउँने सरह नै भन्नु पर्ने । तत्काल प्रचलित गुठीको ४ नं.को देहाय १ दफामा शेष जगेडा रहने बाहेकको खान पाउँने, शेष बाँकी सम्म धितो बन्धक राख्न हुन्छ, भन्ने व्यवस्था भएको पाइयो । (प्रकरण नं.१३) राति बास बस्न आउनेलाई बास बस्न दिने गरि धर्म किर्तिको लागि राखिएको छेडि तला बाहेक अरु चोटा तला समेतको हकमा सो धर्म किर्तिको संरक्षण गरि राख्ने हक र दायित्व पाएका व्यक्तिले उपभोग गर्न पाउँने भए पछि त्यसलाई शेष वाँकी खान पाउँने सरह नै भन्नु पर्ने हुनाले उक्त ऐन बमोजिम धितो बन्धक राख्न पाउँने कुरा प्रष्टै छ । (प्रकरण नं.१४) (२) फैसला उपर अपिल नगरे इन्साफमा चित्त बुझाएकै देखिने–गुठीको मुख्य काममा बाधा परी लोप हुन जाने अवस्था नदेखिएमा धर्मलोप भयो भन्न नमिल्ने । भूलबाट स्वबासी लेखिन गएको सच्याई पाउँ भनि ०१७।३।२१।३ मा प्र.मंगलप्रसादले निवेदन दिएको नक्कल पेश भएको र सोभितलाललाई पास गरिदिएको भन्ने भोग बन्धकी लिखतमा छेडि तला बाहेक गरि भन्ने लेखि राखे कै समेत हुँदा सो भोग बन्धकी दिएको समेतबाट छेडि तला दलानमा राति बास बस्न आउनेलाई बस्न दिने गुठीको मुख्य काममा बाधा परी धर्मलोप हुन जाने अवस्था देखिन समेत आउदैन । किनकि दलानमा बास बस्न आउनेलाई बस्न दिने गरि आए कै हुनाले धर्मलोप भएको भन्न नमिल्ने भनि का.जी.अ.दो.ले गरेको फैसला उपर बादीले अपिलै नगरि चित्त बुझाइ बसेको समेतबाट धर्मलोप हुने भन्ने कुरा पुष्टी हुन सकेको छैन । (प्रकरण नं.१५) निवेदक तर्फबाट : अधिवक्ता कुसुम श्रेष्ठ फैसला १. मंगलप्रसाद र म समेतको पुर्खा कै पाला देखि काजि भक्तबहादुरले भत्के विग्रेमा बनाई पसल थापी ढुकुटी बाहेक पाटीमा बास बस्न आउनेहरुलाई राखी दत्त थामी संतान दर सन्तानले भोग गर्नु भनि ४२ सालमा लिखत गरिदिएको पुर्व उत्तर गणेशलालको घर पश्चिम मुल सडक दक्षिण गल्ली बाटो भएको १ नाले ७ कवले ३ तले पाटी घरमा मंगलप्रसाद समेतका बाजेका पाला देखी लेखिए बमोजिम गरि आएकोमा दत्तको सन्तान प्रेमबहादुर समेतले ८३ सालमा लेखिएको दत्त थामी चलन गर्नु भनि पास गरि मंगलप्रसाद समेतका बाबु र मेरो बाबुलाई लिखत गरिदिएको सो घरलाई अन्यायी मंगलप्रसादले स्वबासी घर भनि तला थपी बनाउने नक्सा दिई पासपुर्जि लिई सके पछि छिडी पसल आनन्दलाल समेतको हक भएकोमा भूलले स्वबासी लेखिन आएछ । निजहरुको कायम गरि पाउँ भनी निवेदन दिएको कुरा प्रमाणका मानिसले भन्दा थाहापाएकोले ३५ दिन भित्रै नालेस गर्न आएको छु । आनन्दलाल समेत मिली गुठी धर्मलोप गरेको र सोभितलाललाई भोग दिई घर बनाउनलाई नक्सा पास गरेकोले सो समेत वदर गरि यि दाताहरुले गरिदिएको लिखत बमोजिम गर्ने व्यहोरा संग मैले नै भोग चलन गर्न पाउँ भन्ने समेत वादि । २. मेरा बाबु र अन्यायीको बाबुले बण्डाका हिसावसँग भोगेकोमा वादि सावित भएको त्यही व्यहोराबाट माथीको तला भोग गर्नेले अरु पनि हक छ भनि भोग वन्धकी दिई त