निर्णय नं. ३७६ - वाली भराइ मोहीबाट निस्कासित गरि पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७६ - वाली भराइ मोहीबाट निस्कासित गरि पाउँ भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/११/२३ ३०७० निर्णय नं. ३७६ ने.का.प. २०२४ फुल बेञ्च प्रधान न्यायाधिश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री ईश्वरी जङ्गबहादुर सिंह २०२३ सालको दे.फु.नं.५८ वादी : का.जि.मरु ढोका बस्ने बालचा खडकी समेत विरुद्ध प्रतिवादी : ऐ. कंकेश्वरी सिराखेल बस्ने रामदास च्यामे । मुद्दा : वाली भराइ मोहीबाट निस्कासित गरि पाउँ । (१) मोहिबाट निश्कासन गरि पाउँ भन्ने उजुरी दावीको हदम्याद – भूमि सम्वन्धी प्रथम संशोधन अध्यादेश, २०२२ को दफा ४, थपेको मूल ऐनको दफा २९ (क) को खण्ड (क) कुत बुझाउने म्याद नाघेको मितिले ३५ दिन वा यो दफा लागू भएको मितिले ३५ दिनभित्र जुन पछि हुन्छ सो म्याद भित्र भन्ने उल्लेख । उजुर गर्ने हदम्यादको बारे भूमि सम्बन्धी (प्रथम संशोधन) अध्यादेश, २०२२ को दफा ४ ले थपेको मूल ऐनको दफा २९ (क) को खण्ड (क) मा दफा २९ को उपदफा १ को खण्ड (क) मा उल्लेख भएको अवस्थामा कुत बुझाउने म्याद नाघेको मितिले ३५ दिन वा यो दफा लागू भएको मितिले ३५ दिन भित्र जुन पछि हुन्छ सो म्याद भित्र भन्ने उल्लेख भएको भए पनि सो अध्यादेश भन्दा पछि जारी भएको भूमि सम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ को दफा ६ ले थपेको मुल ऐनको दफा २९ क.को खण्ड (क) मा दैवी परी उब्जा हुन नसकेकोमा बाहेक कुत बुझाउने म्याद नाघेको मितिले ९० दिन वा यो दफा लागू भएको मितिले ३५ दिन भित्र जुन पछि हुन्छ सो म्याद भित्र भन्ने लेखिएको र दफा १ २. मा दफा २ र १८ मुल ऐन प्रारम्भ भएका मिति देखि र अरु बाँकी दफाहरु तुरुन्त प्रारम्भ हुनेछन् भन्ने उल्लेख भई २२।१२।१० मा लालमोहर सदर भएको समेत देखिएकोले ऐनको उक्त दफा लागू भएको मितिले ३५ दिनको म्याद पनि पाउँन सक्ने प्रष्टै हुँदा । (प्रकरण नं.७) (२) अदालती वन्दोवस्तको १९२ नं. – एउटै मिसिलबाट गर्नुपर्ने काम मध्ये केहि बाँकी राखी पछि बुझी छिन्ने गरेको बेमुनासिव । एउटा मिसिलबाट गर्नुपर्ने काम मध्ये केहि बाँकी राखि पछि बुझी छिन्ने व्यहोरा सँग फैसला गर्न हुँदैन भन्ने अ.बं.१९२ नं. मा व्यवस्था भई रहेको समेत छँदै प्रस्तुत उजुर दावी कै वालीको विगो भराई पाउँ भन्ने तर्फ कारवाइ गर्न मिल्ने भनि बाँकी नै राखि मोहिबाट निस्काशन गरि पाउँ भन्ने तर्फ मात्र हदम्याद नाघेको भनि खारेजी फैसला गरेको पनि मिलेको नदेखिएकोले। (प्रकरण नं.७) पुनरावेदक तर्फबाट : प्लिडर श्री ठाकुरप्रसाद खरेल । फैसला १. काठमाडौं मालमा हामिहरुका नाउमा दर्ता भएको सिपलचोक खेत रोपनि १। को सालको कुत धान १।८।६ बुझाउने गरि कमाई आएकोमा ०१९ साल देखि ०२१ साल सम्मको बाली हामीलाई नबुझाएकोले सो बालीको बिगो रु.२१५।६४ भराई जग्गाबाट निष्काशन गरि पाउँ भन्ने समेत फिरादपत्र । २. भूमि सम्बन्धी अध्यादेश, ०२२ को ४ (क) मा कुत बुझाउने म्याद नाघेको मितिले ३५ दिन वा यो दफा लागू भएको ३५ दिन भित्र जुन पछि हुन्छ सो म्याद भित्र निवेदन दिई सक्नु पर्छ भन्ने प्रष्ट व्यक्त भएको र सो मोही निष्काशन तर्फ मात्र भएको देखियो । ०१९–२० सालको ऐ.फागुण मसान्त र ०२१ सालको कुत बुझाउने म्याद ०२१ साल फागुण मसान्त सम्म भएको सो म्याद नाघेको ३५ दिन भन्नाले ०२२ साल बैशाख ५ गते सम्म भएको यो फिराद ०२२।१०।१०।१ मा काठमाडौं अदालतमा दर्ता भएको देखिनाले सो म्यादभित्र परेकै देखिएन । अब रहृयो उक्त अध्यादेशको ४ (क)