निर्णय नं. ३७७ - परमादेशको आदेश जारी गरि पाउ“

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७७ - परमादेशको आदेश जारी गरि पाउ“ भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०२/०२ ३३११ निर्णय नं. ३७७ ने.का.प. २०२४ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्रि न्यायाधीश श्री मानबहादुर थापा सम्बत् २०२४ सालको रिट नम्बर ४५१ विषय : परमादेशको आदेश जारी गरि पाउ“ । निवेदक : बाग्मती अञ्चल काठमाडौं जिल्लाका काठमाडौं नगर पञ्चायत अन्तर्गत लैनचौर बस्ने समरराज कुँवर बिरुद्ध विपक्षी : निर्वाचन आयोग पुतलीसडक काठमाडौं राष्ट्रिाय पञ्चायत स्नातक प्रतिनिधि निर्वाचनको लागी नियुक्त निर्वाचन अफिसर श्री रञ्जनराज खनाल, निर्वाचन आयोग कार्यालय पुतलीसडक (१) रा.पं. (स्नातक) प्रतिनिधित्व ऐन, २०१९ को दफा ९ को मनसाय – दरखास्तपत्र दर्ता गर्दैको अवस्थामा सच्याउने मौका दिनु पर्छ भन्नाले समर्थक प्रस्तावक दोहोरे परे नपरेको पनि हेर्न पर्छ भन्ने मनसाय नदेखिने । ऐजन ऐनको दफा १० मा जाँचको व्यवस्था भएको । प्रस्तावक र समर्थक दोहोरिएको भए दर्ता गर्दाकै अवस्थामा सच्याउने मौका दिनु पर्छ भन्ने जिकिरका हकमा दरखास्तपत्र दर्ता गर्दा रित पूर्वकको छ छैन भनि हेर्दा दोहोरो पर्‍यो परेन भन्ने पनि हेर्नु पर्छ भनि भन्न दफा १० मा दरखास्तपत्र दिने म्याद समाप्त भएपछि निर्वाचन अफिसरले उम्मेद्वार वा निजको वारिस उपस्थित हुन चाहेमा उपस्थित हुने समय र स्थान तोकि निजको अगाडी दरखास्तपत्रमा दफा ६ र ९ बमोजिम रित पुगे नपुगेको जाँच गर्ने छ भन्ने उल्लेख भएकोबाट नै नमिल्ने देखिन्छ । दरखास्तपत्र दर्ता गर्दैको अवस्थामा सच्याउने मौका दिनु पर्छ भन्नाले समर्थक प्रस्तावक दोहोरो परे नपरेको पनि हेर्नु पर्छ भन्ने दफा ९ को मनसाय देखिन्न । जाँच बुझ गर्ने दफा १० को व्यवस्थाबाट उक्त कुरा प्रष्ट हुन्छ । उम्मेद्वारको नामावलीको प्रथम प्रकाशन ०२४।१।६ मा र उम्मेद्वारको नामावलीको छानविन र अन्तिम प्रकाशन ०२४।१।८ मा भन्ने कार्यक्रमलाई निवेदकले पनि मानेकै देखिएको छ । अतः प्रथम प्रकाशन भएपछि उम्मेद्वारको नाम झिक्न पाइन्न भन्ने रायसंग यो बेन्च सहमत हुँदैन । (प्रकरण नं.७) (२) निर्वाचन गर्ने व्यवस्था सम्बन्धमा संविधानको धरा ७८ (ख) (१) निर्वाचन आयोग अध्यादेश, २०२३ को दफा ३ (घ) तथा ८ तथा राष्ट्रिय पन्चायत स्नातक ऐन, २०१९ ले व्यवस्था गरेको – ४ जनालाई मतदान दिन पाएमा पनि १ जना भन्दा बढीको प्रस्तावक, समर्थक हुन नपाउँने कानूनमा किटानी भएकोमाराजपत्रमा प्रकाशित नभए कै कारणले सो आदेश कनूनी मान्यता प्राप्त गर्दैन भन्न नमिल्ने । उम्मेद्वारमा नाम दर्ता गराउन रित पुर्‍याउने विषय र निर्वाचनमा मतदान दिने विषय दुवै एकै अधिकार भित्रका हुन् भनि मान्नलाई स्नातकमा दर्ता भएका कुनै उम्मेद्वारले आफ्नु नाम राष्ट्रिय पन्चायतको सदस्यको उम्मेद्वारमा दर्ता गराउने सम्बन्धमा पालन गर्नु पर्ने कार्यविधि पालन गरि पुर्‍याउनु पर्ने रोह रित पुर्‍याई नाम दर्ता भई उम्मेद्वारको कायमी नामावलीमा नाम प्रकाशित भएपछि मात्र तोकिएको समयमा मतदान दिने अधिकार प्रयोग गर्न पाउँने । रित पूर्वक नाम दर्ता भएका छैन भने त्यस्तालाई उम्मेद्वार नमानिने हुनाले उम्मेद्वारले नाउँ दर्ता गराउनलाई पालन गर्नुपर्ने कार्यविधि सम्बन्धमा गरिने कार्यवाहि र निर्वाचनमा मतदान दिँदा प्रयोग गर्न पाउँने अधिकार सम्बन्धी विषय एकै हो भनी ४ जनालाई मतदान दिन पाउँनेले १ जना भन्दा बढी व्यक्तिको प्रस्तावक, समर्थक हुन किन नहुनु भन्ने अर्थ गर्न मिल्ने देखिँदैन । कार्यविधि सम्बन्धमा छुट्टै कानूनी व्यवस्था र निर्वाचन गर्न पाउँने