निर्णय नं. ३७८ - जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७८ - जग्गा भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०३/३० २७५५ निर्णय नं. ३७८ ने.का.प. २०२४ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री रंगनाथ उप्रेती ०२३ सालको दे.फु.नं.५२ मुद्दा : जग्गा निवेदक : जिल्ला बाग्लु∙ दमेक निमारे बस्ने दिल्लीप्रसाद सापकोटा बिरुद्ध विपक्षी : ऐ. लोहान्ने बस्ने अम्बरबहादुरको सकार गर्ने भद्रबहादुर घले गुरुङ (१) राजिनामा गरिलिएको जग्गा – १० वर्षे घरदरमा दर्ता नसरी निजैको नाउँमा रहेको नाताले राजिनाम गरि लिई ठेक कबुलियतमा कमाउन दिएको जग्गाको हक जान नसक्ने । बादिले पेश गरेका राजिनामा कबुलियत समेत सद्दे नै देखिने र दर्ता बाबु बालाकृष्णको नाउँमा भएको भन्ने निबेदक प्र. दिल्लीप्रसादको जिकिरका हकमा पनि ठेक–कबुलियतको नाताबाट जग्गा भोग गरि आएकोमा १० बर्षे घरदरमा दर्ता नसरी निजैका नाउँमा रहेको नाताले राजिनामा गरि लिई ठेक कबुलियतमा कमाउन दिएको जग्गाको हकै जान्छ भन्न न्यायोचित नपर्ने (प्रकरण नं.१७) बिपक्षी तर्फबाट : प्लिडर श्री लवदेव भट्ट । फैसला १. बालाकृष्णले ८३।९।२५ मा राजिनामा गरिदिएको निगल्यानी भन्ने जग्गा निजै बालाकृष्णले र रामकृष्णले ७६।१०।१७ मा राजिनामा गरिदिएको पोखरी भन्ने जग्गा पनि निजै बालाकृष्णले कबुलियत गरि कमाएको । १२–१३ सालको बाली नबुझाएकोले आफैले कमाएकोमा १४ सालको खर घांस काटी खिचोला गरेकाले बिगो रु.८१ भराई खिचोला मेटाई पाउँ भन्ने बादि । २. निगल्यानी भन्ने जग्गा म बालाकृष्णका नाउँमा रु.।५० पोखरी भन्ने जग्गा रु.२।३ दर्ता हुनाले १० वर्षमा पनि म बालाकृष्ण कै नाउँमा दर्ता छ । उजुरी झुट्टा हो भन्ने समेत बालाकृष्ण समेतको प्रतिवादि । ३. बादिबाट पेश भएको राजिनामा ठेका कबुलियत बहाली पुर्जि रसिद समेत सुनाउँदा वादि दावीको पोखरी जग्गा बेग्लै हुनाले राजिनाम सद्दे होला तापनि सो जग्गाको ठेक्का बहाली र निगल्यानी जग्गाको राजिनामा ठेक्का बहाली समेत जालसाजी हो भन्ने प्रतिवादिको बयान । ४. निगल्यानी जग्गा प्रतिवादि मिलान प्र.बालाकृष्ण कै नाउमा दर्ता भईरहेको देखिएको । ऐनको मयाद २ वर्ष भित्र उजुर नगरेको । र पोखरी बारी जग्गाको पनि प्रमाणीक लिखत दर्ता नदेखिँदा उजुर खारेज हुने ठहर्छ भन्ने बाग्लुङङ अदालतको फैसला । ५. खारेज गर्न नहुने खारेज गरिदिएकाले चित्त बुझेन भन्ने समेत वादिको पुनरावेदन । ६. निगल्यानी जग्गाको राजिनामा भनेको यो ठाउँमा बसी यस परीवन्धले जालसाजबाट खडा गरेको भन्ने खुलाउन प्रतिवादिले नसकेकोले राजिनामा सद्दे नै रहेछ भन्ने सिद्ध हुने । बालाकृष्णकै दर्ता मध्ये तिरो रु.।६ कटाई लिएकोले धेरै बुझाउने बालाकृष्णलाई नै तिरो बुझाउने र दर्ता पनि बालाकृष्णकै नाउमा कायम गरि राखेको सम्झनु पर्ने र पोखरी जग्गाको हकमा पदम सिं, शक्तीप्रसादको मुद्दा पर्दा रामकृष्णको राजिनामा बमोजिम पदम सिंले खान पाउँने गरि मिलापत्र गरेको देखिएको । वादिले बालाकृष्णलाई मोहयामा दिई वादि तर्फबाटै भोग गरि आएकोले अरुका नाउमा दर्ता गराउँदैमा हक जाने भन्न नहुने हुँदा म बालाकृष्णको हक पुग्ने भन्ने नहुने समेत वादि दावी जग्गामा प्रतिवादिले खर लुटी खिचोला गरेको ठहर्ने । खारेज गरेको शुरुको गल्ती ठहर्छ भन्ने समेत पाल्पा अपिलको १५।४।१६।५ को फैसला । ७. बालाकृष्णका नाउको पटक–पटकको दर्ता उपर उजुर नगरेको र राजिनामा भनेको पास हुनु पर्ने पास पनि नभएकोले समेत वादिको उजुर झुट्टा देखिएको हुँदा अपिलको इन्साफमा चित्त बुझेन भ