निर्णय नं. ११८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११८ - कर्तव्य ज्यान भाग: ३ साल: २०१७ महिना: फागुन अंक: ८ फैसला मिति :२०१७/१२/१७ २८०५ निर्णय नं. ११८ ने.का.प. २०१७ डिभिजन बेञ्च का. मु प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री कालीप्रसाद उपाध्याय फौ. डि. अ. नं. १७०,१७१,१७२ अपीलाट : सत्यप्रसाद सैंजु समेत विरुद्ध विपक्षी, वादी : दया लक्ष्मी मुद्दा : कर्तव्य ज्यान (१) अदालतले ठहराएको विरुद्ध अपील उजुर नपेरमा अदालतले ठहराएको मुनासिबै । कुलमान बैद्य संखिया र योगेन्द्रले क्लोरोफारम दिएको भन्ने कृष्णबहादुरको भनाई बमोजिम नठहराएको पाल्पा अपील गौडाको इन्साफ गल्ती भन्नालाई कुलमानको घर द्वारै फेला नपरेको । योगेन्द्रले क्लोरोफाराम दिएको सबुद केही नदेखिएको निज कुलमा योगेन्द्रले संखिया क्लोरोफारम दिएको नठहराएकोमा अपील उजुर समेत परेका नेदेखिदा निजहरूले क्लोरोफारम र संखिया नदिएको ठहराएको पाल्पा अपील गौडाको इन्साफ मुनासिबै (प्रकरण नं. २४) (२) दण्ड सजायको २३ नम्बर। खत माथि खत नथपिने । ठूलो खतको सजाय पाउने । मोतीप्रसाद कृष्णबहादुरलाई खुन डाका तर्फ दुबै कलममा सजाय दिने गरेको पाल्पा अपील गौडाको मुनासिब भन्नालाई खत माथि खत नथप्नु जुन ठूलो खत हो, त्यसमा मात्र सजाय दिनु भन्ने दण्ड सजायको २३ नं भएकोमा ज्यान डाका तर्फ दुबै कलममा सजाय दिएको देखिंदा सजाय बेठिक देखिन आएको । अब निज मोतिप्रसाद कृष्णबहादुरलाई कुन पट्टीको सजय दिन मनासिब होला भन्ने तर्फ विचार गरी हेरेमा पनि ज्यान तर्फ कैद वर्ष ६ मात्र हुने । डाका तर्फ दण्ड कैद दुबै कलमका सजाय हुने भई ठूलो खत डाका तर्फ नै देखिन आएकोले डाका तर्फ मात्र सजाय दिए पुग्ने । (प्रकरण नं. २४) (३) फलानाकै चोटबाट मरेको भनी किटान नदेखिएमा । ज्यान सम्बन्धीको २६ नम्बरका ऐन बमोजिम २० बर्ष कैद हुने । अंश सर्वश्व नहुने । ज्यान सम्बन्धीका २६ नं. ले दामली गर्ने गरेकोमा दामली वापत २० बर्ष कैद हुने र दण्ड सजायको ३१ नम्बर बमोजिम अंश सर्वश्व हुने । श्रीलक्ष्मी सत्यप्रसादको चोटपीटबाट मरेको भन्ने मिसिलमा किटान भएको नदेखिएकोले ज्यान सम्बन्धीको २६ नं. का ऐन बमोजिम दामली वापतको कैद वर्ष २० गर्ने भन्न नमिली श्रीलक्ष्मीको मुखमा रुमाल कोची हातपात गरेमा कैद वर्ष २० सम्म सोही ज्यान सम्बन्धीका २६ नं. ले गर्नुपर्ने देखिन आएको र अब सत्यप्रसादको अंश सर्वस्व गर्ने ठहराएको पाल्पा अपील गौडाको मुनासिब भन्न ज्यान सम्बन्धीको २६ नं. ले कैद २० वर्ष हुनेमा दण्ड सजायको ३१ नं ले दामल हुनेका हकमा मात्र अंश सर्वस्व गर्नुपर्ने । त्यसमा सत्यप्रसाद दामल हुने नभई २० वर्ष कैद सम्म हुने मानिस देखिंदा निजको अंश सर्वस्व गर्न नमिली सत्यप्रसादको अंश सर्वस्व गर्ने ठहराएको पाल्पा अपील गौंडाको बेठिक । (प्रकरण न. २४) बैतनिक वकिल : कुलराज पाण्डे फैसला १. पश्चिम ४ नं. को धनी नेवारनी कर्तव्य परी मरी कर्तव्यवाला पत्ता लागेन भनेको सुनेका हुँ । के के भयो थाहा भएन । पाल्पा तान्सेनका वेइलमी वेऔकातका चोरीमा शंका गरिएका पाल्पा तानसेन ठाडो गल्लीको वागे खुट्टे १ ऐ ऐ बस्ने बाँडा १ कनैयालालको भाई नेवार १ नकले नेवारका भाई १ भीमसेन टोलको नेवार १ मेहेल धारा पण्डीतको छोरा १ समेतले आफ्नो मनमा शंका गरी विदेश गई बसेका छन् र भुंग्रे बुझिएमा पत्ता लाग्ने छ भन्ने त. मु. कृष्णबहादुरको ०७।२।१८ को जाहेरीमा यसमा बेहोरा साँचो भए यो मुद्दा पाल्पा गौडा समेत भई हेरी ऐन सवाल बमोजिम गर्नु भनी पाल्पा गौडामा पठाउन प्रधान न्यायालयमा पठाइदिनु भनी श्री ३ महाराजको हुकु