निर्णय नं. ८८३१ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८३१ - उत्प्रेषणयुक्त परमादेश भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६९/०३/११ ३५८६ ने.का.प. २०६९, अङ्क ५ निर्णय नं.८८३१ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय संवत् २०६७ सालको रिट नं २०६८–WO– ०९३२ आदेश मितिः २०६९।३।११।२ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः ओखलढुङ्गा जिल्ला, कुइभीर गा.वि.स.गडा न. ९ घर भै हाल प्रहरी सेवाअन्तर्गत सर्वोच्च अदालतको व्यक्तिगत सुरक्षा अधिकृत रुपमा कार्यरत प्र.ना.नि.दीपककुमार पोखरेल समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § न्यायाधीशको काम सदैव जोखिमयुक्त छ किनकि यसमा सधैं एक पक्षले जीतेको हुन्छ र अर्कोले हारेको । त्यहीमाथि चोर, डाँका, ज्यानमारा, लागूऔषध तथा संगठित अपराधमा संलग्न व्यक्तिहरूको मुद्दा दिनहुँ निर्णय गर्नुपर्ने हुन्छ । यस्ता संवेदनशील मुद्दाको दिनहुँ निर्णय गरिरहनु पर्ने अवस्थामा असन्तुष्ट व्यक्तिबाट सदैव खतराको महसूस गरिएको हुन्छ । त्यही भएर संसारभरि न्यायाधीशको सुरक्षामा सरकारले अति सजगता अपनाएको हुन्छ र न्यायाधीशको सुरक्षाउपर घटेको सानो भन्दा सानो घटनाले देशकै सुरक्षा ब्यवस्था आलोचित बन्न सक्छ । यसरी न्यायाधीशको तुलनामा कम जोखिमपूर्ण काम गर्ने मन्त्रीहरूको साजसज्जामा राज्यले जोड दिनु र हमेशा खतरनाक निर्णय गर्नुपर्ने न्यायाधीशहरूको सेवा सुरक्षालाई कम गम्भीर आंकलन गर्नु विडम्वनापूर्ण हुने । (प्रकरण नं.१२) § राज्यको एक अङ्गले आफ्नो हकमा सेवा गर्ने सुरक्षाकर्मी वा सवारी चालकको हकमा वढी सुविधा दिने र राज्यकै अर्को अंग न्यायपालिकामा खटिने त्यस्ता कर्मचारीहरूको हकमा घटी सुविधा दिनु सोझै भेदभावपूर्ण हुने । (प्रकरण नं.१३) निवेदकहरूको तर्फबाट उपस्थित विद्वान अधिवक्ता चन्द्रकान्त पौडेल विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता सूर्यनाथ प्रकाश अधिकारी अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३, १०२(४), ११६(१) आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यसै अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– हामी निवेदकमध्ये दीपककुमार पोखरेल मिति २०५८।३।१ देखि प्रहरी सेवामा प्रवेश गरी विभिन्न कार्यालयमा सरुवा, वढुवा हुदै मिति २०६८।१२।१ गतेदेखि सर्वोच्च अदालतका मा.न्या.श्री भरतराज उप्रेतीज्यूको व्यक्तिगत सुरक्षा अधिकृतको रुपमा, टीकाराम गिरी मिति २०५२।८।२८ देखि प्रहरी सेवामा प्रवेश गरी विभिन्न कार्यालयमा सरुवा , वढुवा हुदै मिति २०६३।८।२२ देखि सर्वोच्च अदालतका मा.न्या.श्री दामोदरप्रसाद शर्माज्यूको व्यक्तिगत सुरक्षा अधिकृतको रुपमा कमलबहादुर खड्का मिति २०४५।१।१ देखि प्रहरी सेवामा प्रवेश गरी विभिन्न कार्यालयमा सरुवा, वढुवा हुदै मिति २०६८।१२।५ गतेदेखि विशेष अदालतका मा.न्या.श्री केदारप्रसाद चालिसेज्यूको व्यक्तिगत सुरक्षा अधिकृतको रुपमा कार्यरत छौ । यसै गरी रमेशसिं महर्जन मिति २०५०।५।२ देखि स्थायी नियुक्ति भै माननीय न्यायाधीशहरूको प्रयोजनको निमित्त सर्वोच्च अदालतमा सवारी चालकको रुपमा हिरालाल चौलागाई मिति २०५०।५।१६ देखि स्थायी नियुक्ति लिई सर्वोच्च अदालतमा सवारी चालकको रुपमा र नरबहादुर ओली मिति २०६६।५।२८ देखि अस्थाई नियुक्ति लिई सर्वोच्च अदालतमा माननीय न्यायाधीशहरूको सवारी चालकको रुपमा कार्यरत