निर्णय नं. ३७९ - जग्गा वाली विगो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७९ - जग्गा वाली विगो भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०४/०६ ३०५२ निर्णय नं. ३७९ ने.का.प. २०२४ फुल बेन्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री हेरम्वराज न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश श्री बब्बरप्रसाद सिंह २०२२ सालको दे.फु.नं.१५५ निवेदक : बाग्लुङ∙ बलेवा बखरकोट बस्ने दयाराम पाध्या बिरुद्ध विपक्षी : ऐ मुसुरा वारी बस्ने खडे दमाइ, भक्ते दमाई मुद्दा : जग्गा वाली विगो (१) दर्ता गराउने काम अड्डाबाट हुनेमा अड्डाको सुस्तीले दर्ता नभएमा र उक्त तिरो भरी सम्बन्धमा निवेदन परी कारवाई चलिरहेको भए जग्गामा हक उजुर गर्न नपाउँने भन्न नमिल्ने । जग्गा दर्ता गराउने काम अड्डाबाटै हुनु गराउनु पर्ने व्यवस्था गरि राखे अनुसार अड्डाको सुस्तिले दर्ता गराई नदिएको कारणबाट तिरो भरो गर्न नपाएको सम्बन्धमा बलामे दमैको निवेदन परी भएको आदेश बमोजिम बाग्लुङ∙ मालबाट यो मुद्दाको वादि समेतलाई बुझी कारवाई चली राखेको समेत देखिएको । यस स्थीतिमा जग्गा दर्ता भईनसकेको भनि पक्षलाई दोष लगाई जग्गामा हक उजुर गर्न नपाउँने भन्ने समेत न्यायसंगत नभएको । (प्रकरण नं.१३) (२) दपोट ठहरी दर्ता गराउन कारवाइ भईरहेको जग्गा सर्जमिनले फलानाले नै भोग चलन गरेको छ भनि लेखिदिएको र साक्षि समेतले सो नै कुराको बकपत्र गरिदिएमा हक भोग गरेकै देखिने । दपोट मुद्दाबाट नापी हुँदा खेत मुरी ।५ भनेकोमा खेत मुरी ।८२ कायम हुन आएको जग्गा दपोट ठहरी फैसला भएकोले त्यस हिसाबबाट वादिको बाबु अगंधरको भागमा खेत मुरी ।२० हुन सक्ने पनि अवस्था भएको र फैसलाले दपोट ठहरी राखेको सो जग्गा दर्ता गराउने सम्बन्धमा बाग्लुङ मालबाट कारवाइ चली राखेकोमा ०१८ साल मार्गमा सर्जमिन हुँदा सो देउराली खेत ।८२ मध्ये बलामे दमैले खेत ।४० अगंधरको छोरा दयारामले खेत ।२० मोते दमैले खेत ।१५ लिला दमैनीका लोग्ने रत्न दमैले खेत ।६ आजसम्म भोग चलन गरि आएकाछन् भनि सर्जमिनहरुले लेखिदिएका र यस मुद्दामा बुझिएका साक्षि ६ जनाले पनि वादि दावीको जग्गा वादिले हक भोग गरिआएको भन्ने बकेका समेत हुँदा उपरोक्त प्रमाणहरुबाट वादि दावीको खेत वादिले हक भोग गरि आएको भन्ने सिद्ध हुन आयो । (प्रकरण नं.१४) (३) दर्ता गर्ने कारवाइ टुंगो लागी दर्ता भईनसकेको भए पनि आफ्नो भोगको जग्गा वालीमा तत्काल प्रचलित अ.बं.१०६ नं. बमोजिम उजुर गर्न पाइने । पश्चिम ३ नं.गोश्वारा अपिल फाँटको ९५।८।२८।३ को फैसलामा वादिको वावु अगंधरको नाम मोहियामा नलेखिएको भने सम्म कारणले बादिको हक नपुग्ने भन्न नमिल्ने समेत भएकोले दर्ता गर्ने कारवाइ टुंगो लागी दर्ता भईनसकेको भए पनि आफ्नो भोगको जग्गा वालीमा तत्काल प्रचलित अ.वं.१०६ नं. बमोजिम वादिको उजुर लाग्न सक्ने नै देखिन्छ । (प्रकरण नं.१५) निवेदक तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी फैसला १. देउराली खेत मुरी ।२ दधिराम दमाईबाट रु ४५०। मा मु.कबिराज रोकाहाले ८२।७।१२ मा राजिनामा लिई ऐ १४ गते मेरा बाबु अंगधरले सो राजिनामा सौपुवा लिई भोगेकोमा सो जग्गा समेत दपोट हो भनि बल्लामे दमाइले भक्ते र लिला दमेनी समेत उपर उजुर दिंदा, सो राजिनामा भोगको कुरा समेत देखाइ प्रतिउत्तर दिएमा निजका पेट बोलीबाट बाबु अंगधर बुझि नक्शा समेत भई बाबुले भोगेको देखाएको । भारदारी दोश्राबाट ९५।११।३० मा दपोट ठहरिएको र बाबु परलोक भए । सो जग्गा मध्ये आधी खेत ।२० वल्लामेले र आधी हामिले भोगेको भन्ने र लिला दमेनीको पटक पटक मुद्दा पर्दा खेत ।२० मेरो भो