निर्णय नं. ३८० - ऋण जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८० - ऋण जालसाजी भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०५/२० २८५९ निर्णय नं ३८० ने.का.प. २०२४ फुल बेन्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री कालीप्रसाद उपाध्याय न्यायाधीश श्री प्रकाशबहादुर के.सि. न्यायाधीश श्रीराजा इश्वरी जंगबहादुर सिंह २०२४ सालको दे.फु.नं.३०२ निवेदक : का.ई ठमेल बस्ने सु.कटकबहादुर प्रधान विरुद्ध वादि : ऐ.मरुटोल बस्ने गोपालबहादुर प्रधान मुद्दा : ऋण जालसाजी (१) जालसाजीको प्रर्याप्त सबुद वादिले गुजार्न सक्नु पर्ने – सबुदको अभावमा जालसाजी भन्न नमिल्ने । साहु नरप्रताप जंगनाथ, जगतलाल, वावेलाल समेतले र व्यबहार सद्दे नै हो भनेका ति साहूहरु समेत भई नभएको ऋण देखाई जालसाज गर्नु पर्ने पत्यार लाएक कारण खुलाउन र जालसाजीको पर्याप्त सबुद पुर्‍याउन समेत वादिले सकेको नदेखिएको । पर्याप्त सबुद प्रमाण समेतको अभावमा जालसाजी भन्न ठहराउन मिल्ने देखिएन । (प्रकरण नं.१३) निवेदक तर्फबाट : प्लिडर लबदेव भट्ट बिरुद्ध विपक्षी तर्फबाट : प्लिडर ढुण्डीनाथ उपाध्याय फैसला १. प्रतिवादी कटकबहादुर संगको अंश मुद्दामा निजले तायदाती दिंदा आफ्नो घनिष्ट सम्बन्ध भएका मानिस नरप्रताप थापासंग रु ५००१, सु. जगंनाथ संग रु ११०१, जगतलाल गिरिसंग रु ७००१, बौबेलालबाट रु ५००१। ऋण लिएको भनी साहु देखाएको समेत रहेछ । सांचो व्यबहार भए हामी अंशीयारहरु समेत साक्षी राखी धितो पास समेतको रीत पुर्‍याई राखेको हुन पर्ने सो नभए बाटै जालसाजी भन्ने देखिएको छ । तमसुकको वापतहरु हेर्दा बद्री जाँदा खर्च लागेको, झोराको दण्ड तिरेको, सेयर खरीद गरेको भन्ने लेखेकोलाई बद्री जाँदा ऋण लिई गएको हो भन्ने उस बखतमा लेखेको चिठ्ठी समेतबाट देखिन्छ । दण्ड मेरै हस्तेवारी ढुकुटीको पैसाबाट तिरेको हो । ऋण गरि कसरी सेयर लिए होला पत्यारै नपर्ने कुरा हुँदा व्याज समेतको सबै कुरा झुट्टा हो । सुर्ती व्यापारलाई ०२।१।१।१८ मा रु ७००१ लिएको भन्ने पनि झुट्टा हो । व्यापार गरेकै मलाई थाहा छैन । शुद्ध जालसाजी हुँदा मैले बेहोर्नु नपर्ने समेत हुँदा जालसाज ऋणबाट अलग गराई पाउँ । सक्कल लिखत पेश गरे देख्न सुन्न पाएका अवस्था ति लिखितहरुको नामाकरण उसै बखत गर्ने छु भन्ने समेत गोपालबहादुरको फिरादपत्र । २. कपालीको ऐन बहाल हुनाले धितो नभई रीन नपाइने भन्ने दावी नपुग्ने । तायदातीमा लेखिए बमोजिम जम्मा आम्दानी खर्च सबैको फांटवारी मैले दिएकै हुनाले र आम्दानी आर्जनलाई स्वीकार गर्ने वादिले भएको खर्चलाई पनि मान्नै पर्ने र रीन नलिएको भए सो रुपैंया कताबाट आएको हो ? ढुकुटीको रुपैंया भन्ने दावी छ । तापनि ९८ सालमा भएको बण्डापत्रबाट ढुकुटी रीत्तै भन्ने देखिएको छ । बद्री गएकै हो फजील रुपैंयाबाट रीन नतिरीएको भन्ने हकलाई, अवस्था अनुसार भएको दण्ड पनि तिरेको श्रेस्ता छदै छ । वादी हस्तेवारी सम्म हुनाले सो दावी नपुग्ने । सेयर फाईदाको आसाले लिएको कृयाखर्च सुत्केरीखर्च पनि भएकै हो । सुर्ती झिकाएको श्रेस्ता कुमारी चोकमा छ । जालसाजी होइन भन्ने समेत सु.कटकबहादुरको प्रतिवादी । ३. रुपैंया दिएकै हो । जालसाजी गर्नु पर्ने कारण केही छैन । गरेको होईन भन्ने समेत मोतीमान, जगन्नाथ, बौवेलाल, नरप्रताप समेतको प्रतिवादी । ४. दाखेल हुन आएको चिठ्ठी लिखत समेतको प्रमाणबाट जालसाज भन्ने वादीको दावी पुग्न सक्दैन । अरु खर्च फाजील समेत कलम कलमको दावी तर्फ घटी बढी भए त्यस तर्फ ऐनले लाग्ने नालेस दिए उसै बखत ठहरे बमोजिम हुने ह