निर्णय नं. ३८१ - लिखतपास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८१ - लिखतपास भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०४/१७ ३२८७ निर्णय नं. ३८१ ने.का.प. २०२४ फुल बेन्च का.मु.प्र.न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री मिनबहादुर थापा न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश श्री बब्बरप्रसाद सिंह न्यायाधीश श्री रंगनाथ उप्रेती ०२३ सालको पहिलो रिभिजन दे.फु.नं.४९ निवेदक : का.ई. ज्ञानेश्वर बस्ने देवेन्द्र विक्रम शाह विरुद्ध बिपक्षी : का.ई. दिल्ली बजार धोबी धारा बस्ने रामकृष्ण पाठक । मुद्दा : लिखतपास (१) साबिकको रजिष्ट्रेशनको ९ नं. – रित नपुगेको लिखत अड्डाबाट रित पुर्‍याई पास गरि दिन सक्ने । घरायसको लिखतमा केही कमबेसी लेखिन गई रित नपुगेकै छ भने पनि रित नपुगेकोमा पास गर्ने अड्डाबाट रित पुर्‍याई पास गरि दिन हुने समेत तत्काल प्रचलित रजिष्ट्रेशनको ९ नं. ले व्यवस्था गरे कै (प्रकरण नं.१३) (२) कस्तो स्थितिमा लिखत पास हुन नसक्ने भन्ने जिकिर उपयुक्त र न्यायसंगत मात्र नमिल्ने । निवेदक प्रतिवादीले एकपटक चित्त बुझाई सो रु ४४००। आफुले बुझी लिन मन्जुरै गरि धरौट उठाई लिने ऐनको म्याद बाँकी छदै आफु खुसि २१।१०।२१।६ मा काठमाडौं रजिष्ट्रशनमा दरखास्त दिई बुझी लिईसक्नु भएको र उक्त राजिनामा लिखतको जग्गामा घर बनाउन नक्सा पास गरि पाउँ भन्ने वादि रामकृष्ण पाठकको २०।१२।१२।४ मा का.न.पा.मा दरखास्त परी नक्सा बमोजिम घर बनाउँदा कसैलाई पीर मर्का पर्ने भए १५ दिन भित्र उजुर गर्न आउनु भनि का.न.पा.बाट २०।१२।१२।४ मा सूचना टाँस हुँदा निवेदक प्रतिवादीले उजुर बाजुर कुनै नगरि बस्नु भएको समेत देखिन आयो । अतः यस स्थितिमा उक्त लिखत पास हुन नसक्ने भन्ने समेत निवेदक प्रतिवादिको जिकिर उपयुक्त र न्यायसंगत मान्न मिलेन । (प्रकरण नं.१३) (३) थप गरि दिने लिखतको शर्त भएको र सो नै रकम धरौटमा राखि दिंदा पक्षले बुझी लिएमा लिखतको थैली भित्रकै थप रकम भन्नु पर्ने । यहि जग्गा राजिनामा लिएको कुरा उल्लेख गरि सो राजिनामा पास गरि दिंदा अरु मो.रु.४४००। दिने छु भन्ने लेखिएकोले सो जग्गा राजिनामा वापत भई अरु ४४०० थप दिने लिने शर्त भएको देखिएको र सो रु.वादिले धरौट राखेको निवेदक प्रतिवादीले बुझी लिई सक्नु भएको समेत हुँदा राजिनामा लिखतको थैली रु १८००१। भई थप हुने भन्ने कुरा प्रष्टै भएको छ । (प्रकरण नं.१४) निवेदक तर्फबाट : अधिवक्ता दिनेशमान प्रधान, गजेन्द्रबहादुर प्रधानाङग वादि तर्फबाट : अधिबक्ता कृष्णप्रसाद घिमिरे । फैसला १. अन्यायवालाले १७।२।२५ गते म बाट रु १८००१ लिई अन्यायवालाको मुमा ढुन्डीराज दिव्यश्वरीका दाईजो हकको अन्यायवाला र निजको दाजु महेन्द्र विक्रमलाई १६।१।१८।३ मा गरिदिएको शेषपछिको बकसपत्र बमोजिम हक भएको कापूर्व ६९२/५४६ नं.को पोता लगतमा दर्ता भएको चलवथौ पाखा रोपनी ३३।।।३। मध्ये महेन्द्र विक्रमसंग बण्डा गर्दा अन्यायवालाका भागमा पर्न आउने आधी घर कम्पाउण्ड रोपनी १६।।।३।।२ मध्ये पूर्व पश्चिम उत्तर समेत तिनै तर्फ मध्ये जुन तर्फ भाग पर्न आउँछ उस तर्फबाट १५० फीट सडक लाईन पारी रोपनी ४ जग्गाराजीनामा गरिदिएको राजिष्ट्रेशन पास गरि दिन पास गराई पाउँ भन्ने वादि । २. वादी दावीको लिखत गरिदिएको हुँदा रु ४४०० निजले मलाई दिने लिखत गरिदिएको समेत रुपैंया नदिई फिराद गरेको हो । लिखत पनि रीत पूर्वक नभएको । दाजुसंग बण्डा छुट्याउन बाँकी नभएको समेत हुँदा पास गरि दिनु नपर्ने भन्ने समेत देवेन्द्र विक्रमको प्रतिवादी । ३. राजीनामाको थैली बाहेक अरु ने.रु.४४००। थप दिन्छु भनि छुट्टै