निर्णय नं. ३८३ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८३ - जालसाजी भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०७/२४ २५०४ निर्णय नं. ३८३ ने.का.प. २०२४ फुल बेन्च न्यायाधीश श्री नयनबहादुर खत्रि न्यायाधीश श्री कालीप्रसाद उपाध्याय न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंह सम्बत २०२४ सालको दे.फु.नं.७७ निवेदक : जिल्ला चितवन मौजे कपिहा बस्ने डागरि महतो विरुद्ध विपक्षी : ऐ.मौजे सुतन बस्ने बिक महतो मुद्दा : जालसाजी । (१) पेश गरेको रसिद सवाल बमोजिमको रित पुगेको नदेखिएमा र सवाल बमोजिम नै जिमिदारले दाखिल खारेज गरे गराएको भएमा जालसाज गरि दर्ता गरे भन्ने दावी नपुग्ने । ०१० सालमा सो जग्गा निवेदक प्रतिवादिकै नाउंमा दर्ता भई मालमा समेत दाखेल भई सकेको देखियो । ९७ साल देखि जग्गा भोग गरेको भन्ने वादीको भनाइ भएकोमा ०१० साल देखिको मात्र तिरो जिमिदारलाई बुझाएको रसिद पेश गरेको । सो रसिद पनि सवाल बमोजिम रित पुगेको नदेखिएको हुनाले त्यस्तो रसिदको आधारबाट जग्गामा वादिको हक पुग्छ भन्न र सवाल बमोजिम जिमिदारले गरेको दाखेल खारेज बदर हुन नसक्ने हुनाले उल्लेखित बादिले जालसाज गरि दर्ता गरे भनी दाबी गरेको जग्गामा निजको हक नपुग्ने ठहरी यिनै पक्ष विपक्षको जग्गा खिचोला मुद्दामा आजै निर्णय भएको हुनाले डिभिजन बेन्चबाट दर्ता बदर गर्ने ठहराएको मिलेको देखिएन । इन्साफ तत्कालिन अपिल तेश्राको मुनासिब ठहर्छ । (प्रकरण नं ९) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला १. ७९ सालमा मौजे मटेनार मौजे सुर्तनमा रैति नं.५ मा ठगाईका नाउमा दर्ता भएको जग्गा विगाहा ४।ऽ२ र १।ऽ३ दर्ता भएकोमा ठगाइ मरेपछि उखडा भई फागु महतो समेतले कमाएकोमा निजले छाडे पछि ९७ सालदेखि मैले तिरो तिरी भोग चलन गरेकोमा अन्यायको जि.वृज लालले हकै नपुग्ने डागरिका नाउमा दर्ता गरिदिएकाछन् । जालसाज गरेमा सजाय गरि जग्गा मेरै थामि पाउँ भन्ने समेत ०१३।७।७।३ को बिका महतोको वादि । २. ७९ सालको नापीमा मेरा बाजे ठगाइका नाउमा दर्ता भई मेरो हक हुन आएको हुँदा मेरो नाउमा दर्ता दाखेल भएको हो । जालसाज गरे भनि झुट्टा उजुर गरेमा वादिलाई नै साजय गरि मुद्दै खारेज गरि पाउँ भन्ने समेत ०१३।८।१५।६ को डागरि महतोको र प्र.जि.वृजलालका नाउमा ०१३।७।२८।३ मा इतलायनामा तामेल भएकोमा निजले म्यादै गुजारी बसेको । ३. मालको जबाफबाट प्र.डागरिका नाउमा सोझै दर्ता गरेको देखिनाले जालसाज बाटै गराएको भन्नु परी सो दर्ता वदर हुने ठहर्छ भन्ने समेत १४।७।५।२ को तत्कालीन चितवन अदालतको फैसला । ४. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत ०१४।८।१८।३ को प्र.डागरिको अपिल । जिमिदारले ०१० सालमा दर्ता दाखिल खारेज गरेपछि वादि बिकासंग पोत बुझनु पर्ने कारण नभएको सवाल बमोजिमको रसिद पनि नदेखिएको र जग्गा प्रतिवादी डागरिको हक ठहरी आजैका मितिमा फैसला भएकोले जालसाज गरेको ठहर्दैन । वादिले झुठ्ठा उजुर गरेको ठहर्छ भन्ने समेत १६।९।१३।२ को तत्कालीन अपिल तेश्राको फैसला । ५. जग्गामा भोग तिरो मेरो हुँदा शुरुको इन्साफ बदर गरेको उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत ०१७।७।२२ को वादि बिकाको पुनरावेदन । ६. ९७ साल देखि मेरो हक भोग भई साल सालै मैले मालपोत दाखिल गरि आएको सो जग्गामा जि.वृजलाल समेतले निज डागरिको पक्ष मोलाहिजा गरि हकै नपुग्ने मानिस निज डागरिका नाउमा दाखेल दर्ता गरिदिए दर्ता वदर गरि जग्गामा मेरो हक सदर थामि पाउँ भन्ने वादि । हाम्रो हक भोग हुँदै आएको जग्गा हुँदा दर्ता दाखेल खारेज गर्दा समेत मेरो हक भएबाट मेरो नाउमा दर्ता दाखेल भएको हो । जालसाजिबाट