निर्णय नं. ३८४ - जग्गा वाली लुट्पिट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८४ - जग्गा वाली लुट्पिट भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०७/२४ ३५६० निर्णय नं ३८४ ने.का.प. २०२४ फुल बेन्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री लोकराज जोशि न्यायाधीश श्री प्रकाशबहादुर के.शि. सम्बत २०१९ सालको पहिलो रिभिजन दे.फु.नं.२९९–३०० निवेदक : ल.पु.इ.छवेली काहुले गाउँ बस्ने हस्तबहादुर खड्का क्षेत्रि समेत विरुद्ध विपक्षी : चि.ई.वाग्मती पूर्व माल्टा बस्ने रामहरीको मुद्दा सकार गर्ने दोलकेश्वर पाध्या १ समेत मुद्दा : जग्गा वाली लुट्पिट (१) धेरैको हकको जग्गा भएमा सबुद वेगर एकै जनाले मात्र मोहियानिमा दिन नमिल्ने । वादिको दाता (जग्गा धनि भनेको) दुर्गादत्तको बाबु ठाकुरदत्त समेतका ५ जनाको वादि दायर भएकोबाट पाँचै जनाको जित हुन आएको देखिएको । त्यस्तो ५ जनाको हकको कुरामा विना सबुद १ जनाले मोहियानीमा दिन नमिल्ने । सो दिएको र वादिहरुले लिएको भन्ने कुरा पनि उचित नदेखिएको । (प्रकरण नं.१४) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे । फैसला १. चिपाइ माल्टा बस्ने प्रेमनाथ, विश्व नाथ, दुर्गादत्त समेत ८ जनाका हकको पूर्व गोठ खोला मल्टा गाउँ पश्चिम छहरे खोला उत्तर च्यामचुं दक्षिण विपक्षी रामहरीको र प्रेम नाथ समेतको सजिया बिर्ता यति ४ किल्ला भित्रको छहरे भन्ने माटो मुरी ।८२ को जग्गा ९५ सालको वाली देखि बिर्तावारहरुसंग मागी हामीहरुले माटो मुरी ।४१ का दरले मोहियामा कमाइ रु १० का दरले तिरो तिरी आएको जग्गामा हामीहरुले लगाउँको मकै वाली ०९।४।११ गतेका दिन अन्याय वालालाहरुले भांची लुटी लगेकाले मकै मुरी २५। ढोड खोस्टा समेतको विगो रु ५२८। वरावरका दरले भराई सजाय गरि पाउँ भन्ने समेत वादी । २. वादी दावीको जग्गा हामीहरुको भई वाली समेत हामीले लगाई खाएका हौं पूर्खा गोपाल पाध्यालाई बिर्ता बक्सी सनद समेत भई मोही कुरीया लगाई खाई आएको रैकर दवाई खाए भनि दलबहादुरले उजुर गर्दा आवादी जति बिर्ता पर्ति जति आवाद नगर्नु भन्ने समेत ७२ सालमा तोक सदर फैसला भएको । सो बिर्ता पूर्खाहरुले अंश बण्डा गरि खाई आएमा फिराद दावीको जग्गा चन्द्रकान्तका पूर्खा नन्दुका अंशमा परेको निजले अचुतानन्दलाई जम्मा बिर्ता रोपनि ४० दानपत्र गरेको निजको सन्तानले चन्द्रशेखरको भदै मेरो आमा गंगा देवीको हक भई दानपत्र सनद पत्र समेत भएकोमा सो दानपत्र सनद पत्र समेत ७९ साल भई हाम्रा बाबु रेवतीरमणले बिन्ति पत्र दिएको र सो ४० रोपनी मध्येकै जग्गामा हामीले घरगोठ बनाई भोगेको जम्मै कुरा गुम गरि पर्ति रहेको जग्गा आवाद गर्न पाउँ भनि मेजरमान मुल्मीले उजुर गरि कृषिपरिषद्बाट सजर्मिन बुझ्दा आवाद गर्न हुने भनि भने पनि बाबु रेवती रमणले हामीहरुको ४० रोपनी भित्रको हो भनेको र निज मेजरमानको झुट्टा उजुर ठहराई ०६।७।२२ मा सदर फैसला भएको कुट पिट मुद्दाको रीस इवीले प्रेमनाथहरुको सजिया बिर्ता भनि रसिद भर्पाई गरि गराई झुट्टा नालेस गरेको सम्म हो । ०६ सालमा बिर्ताको हद किल्ला कायम गर्न बिर्ता नापी हुँदा म रामहरिकै नाउमा नापी भएकोले हामीहरुकै हकभोग ठहर्ने हुँदा झुटा वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र.खेचर रमण, रामहरीको प्रतिवादी । ३. सो ८२ मुरी जग्गा प्रेमनाथ समेतको हक भई त्यस मध्ये मेरो पनि भाग लाग्ने हो । सजियाबाट भोग भएमा बाबु ठाकुरदत्तका पाला देखि ९५ साल देखि वादिलाई ठेक रु २०। मा दिई नजले खाए कमाएको सो जग्गाको आँप रेवतीरमणले लुटी खाएमा बाबु ठाकुरदत्तले नालेस गर्दा लुटेकै ठहराई ६३ सालमा देवानी अदालतबाट फैसला भएको छ । त्यस