निर्णय नं. ३८५ - जग्गा हक बेहक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८५ - जग्गा हक बेहक भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०८/१२ ३८५२ निर्णय नं. ३८५ ने.का.प. २०२४ फुल बेन्च न्यायाधीश श्री बासुदेव शर्मा न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२४ सालो दे.फु.नं.४६ पुनरावेदक : चितवन सोरहजार मौजे जपकौली बस्ने छन्नु महतो थारु विरुद्ध रेस्पोण्डेण्ट : ऐ.ऐ.बस्ने बैजनाथ महतो थारु समेत ५ जना मुद्दा : जग्गा हक बेहक । (१) बिक्रेता माथि बिक्री पूर्व उक्त सम्पत्ति उपर स्वामित्व रहे भएको स्थापित गराउने अभिभारा निहित रहने र आफुलाई प्राप्त हक भन्दा बढी हक हस्तान्तरीत गर्न नमिल्ने । बिक्रेतामाथि बिक्री गर्नु भन्दा पहिले नौ उक्त सम्पत्ति उपर आफ्नो पूर्ण स्वामित्व थियो भन्ने कुरा स्थापित गराउने अभिभारा पनि निहित रहेको हुन्छ किन भने कानूनको यो सर्वमान्य सिद्धान्त हो । कसैले पनि आफुलाई प्राप्त हक भन्दा बढी हक हस्तान्तरित गर्न सक्दैन । आफ्नो स्वामित्वमा नरहेको सम्पत्ति हस्तान्तरण हुन नसक्ने र कायम रहन नसक्ने भएकोले क्रेता भन्दा बिक्रेतामा उक्त सम्पत्तिमा उत्पन्न कुनै पूर्व विवाद आधारहिन हो भनि कायम गर्ने स्वार्थ र हक रहेको हुन्छ । (प्रकरण नं.१८) (२) हक टुटाई हस्तान्तरन गरे पछि पनि हस्तान्तरन गर्नु पूर्व उक्त वस्तुमा हक सम्बन्धी उपस्थित विवादलाई निर्णय गराउन पाउँने । कुनै वस्तु आफ्नो हक टुटाई हस्तान्तरन गरि सकेपछि पनि सो हस्तान्तरन गर्नु भन्दा पूर्व उक्त वस्तु माथि आफ्नो हक सम्बन्धी उपस्थित विवादलाई निर्णय गराउन पाउँने हक निजमा विद्यमान रहन्छ । अतः अ.वं.१०६ नं. बमोजिम प्रस्तुत नालेस उजुर गर्ने बादिलाई हकदैया छ । (प्रकरण नं.२०) रेस्पोण्डेन्ट तर्फबाट : प्लिडर झुलेन्द्रप्रसाद । फैसला १. ७९ सालमा मेरा बाबु चिरारीका नाउमा दर्ता भई आज सम्म मेरो भोग तिरो भएको जग्गा १५ सालमा बिलेवन्दी दिंदा म अंक अक्षर नजान्नेलाई भुल्याइ विपक्षी बैजनाथले चिरारीकै छोरा हुँ भनी किर्ते कुरा मिलाई जिम्दारबाट विलेवन्दी दाखिल गराउने इत्यादि गरि मेरो र बैजनाथ समेतका नाउमा नापी दर्ता गराएछन् । बैजनाथको नाउमा नापी हुन गएको जबकोली मौजा समेतको मेरो जग्गाको दर्ता बदर गरि मेरो कायम गरि पाउँ भन्ने समेत छन्नु महतोको फिरादपत्र । २. मबाट मो.रु.५५०। लिई दुर्गेस्वरीले चलनी पूर्जी गरिदिएकोले बादी दावी को जग्गा कैयौं वर्ष भोग गरि आएको चिरारी मेरो बाबु हुन भनी मैले भनेको छैन जिम्दारले के विचारबाट त्यस्तो लेखे म जान्दीन भन्ने समेत बैजनाथको प्रतिउत्तर । ३. वादीको बाबु चिरारीले जग्गाको हकै छाडी अनेत्र गएकोले मेरो खसमको पाला जग्गा पर्ति राख्न नभई बैजनाथले आवाद गरि खाएको । लोग्ने मरे पछि ९९ सालमा बैजनाथलाई बहाली पुर्जी गरिदिएको हो । बैजनाथले लालबहादुरलाई बिक्री गरेको छ । जालसाज गरेको छैन भन्ने समेत दुर्गेस्वरीको प्रतिउत्तर । ४. बैजनाथसंग जबकोलीको जग्गा विगाहा ५ चानचुन ने.रु ३४००। मा ०१५ साल चैत्र ५ गते काठमाडौं पोता अड्डामा रजिष्ट्रेशन पास गराई लिएको छु । जग्गा बैजनाथलाइ नै कमाउन दिएको भन्ने समेत लालबहादुरको बयान । ५. प्रमाणको मिसिलमा सुर्यकान्तले ०१५।३।१२ गते दिएको विलेबन्दी हेर्दा छन्नु र बैजनाथ दुई जनाले खाएको भनि लेखेको देखिन्छ । छोडपत्र भनेको कागजबाट केही नखुलेको र दाखेल खारेज भएको पनि देखिंदैन । कित्ता नखुलेको मौजा भरकै छोडपत्र भई त्यस्तो कागज सद्दे किर्तेमा पनि सुनाउन नपर्ने र सुर्य कान्तले बादी प्रतिवादी दुवै जनाले मिली खाएकै छ भन