निर्णय नं. ३८६ - डाका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८६ - डाका भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :2024/08/29 ३८११ निर्णय नं. ३८६ ने.का.प. २०२४ फुल बेन्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्रि न्यायाधीश श्री मीनबहादुर थापा २०२४ सालो फौ.फु.नं.५१ पुनरावेदक : प.१ नं.नु.इ.गेरुवा गाउँ बस्ने मु.टेक हादुर तामाङ विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने भैरव तामाङ समेत मुद्दा : डाका (१) दरखास्तमा डाका भन्ने उल्लेख भएमा र रातको टायम ४ जना भन्दा बढि जवान भई हतियार लिई तर्साई धनमाल लिई गएमा डाकाकै बारदात भन्नु पर्ने । सवालको जबाफमा चोरी लगेको देहाय बमोजिम धनमाल नगदी जिन्सी हो भन्ने उल्लेख गरेको देखिन्छ । उक्त उल्लेख भए बमोजिम बयानमा कतै चोरी डाका र कतै चोरी भने पनि वास्तवमा पहिलेको दरखास्त र सनाखत कागज समेतमा डाका भन्ने नै किटानी उल्लेख गरेको र वारदातको अरु अवस्था हेर्दा रातको टायम ४ जना भन्दा बढीको जमात भई अई पाता फर्काइ वाँधि खुकुरी देखाइ पेस्तोल समेतले हान्छु भनि तर्साई धनमाल लिई गएको भन्ने समेत यस्तो कसुर तत्काल प्रचलित चोरीको ९ नं बमोजम डाका नै ठहर्ने हुँदा डाकाकै कसुरमा बादिले उजुर गरेको मान्नु पर्ने प्रष्टै छ । (प्रकरण नं १०) (२) कस्तो अवस्थाको उजुरीलाई तथ्य भए कै भन्नु पर्ने र पोल उजुर गरे वापत सजाय गर्न नमिल्ने । पोल उजुर गर्दाको अवस्थामा रिस इवी रहेनछ भन्ने पोल उजुर गर्नु पर्ने मनासिव माफिकको तथ्य भई गरेको हो भन्ने मुद्दा हेर्ने अड्डालाई विश्वास भएमा त्यस्तो पोल उजुर गर्ने व्यक्तिलाई लेखिएको सजाय मध्ये सबै वा केहि सजाय नगर्न पनि सक्ने व्यवस्था भएको समेत देखियो । प्रस्तुत मुद्दामा वादिले पोले उजुर गर्दाको अबस्थामा प्रतिवादीहरुसंग रीस इवी थियो । सोहि कारणले प्रेरित भई झुट्टा पोल उजुर गरेको भन्ने मिसिल प्रमाणबाट देखिन नआएको र सर्जमिन समेतबाट वारदातको हकमा भए कै कायम हुन आएकाले यस्तोमा मुनासिब माफिकको तथ्यको अभावमा उजुर गरेको भन्ने नभई तथ्य भएर नै उजुर गरेको भन्नु पर्ने समेत हुँदा झुट्टा उजुर गरे वापत वादिहरुलाई सजाय हुन्छ भन्न मिलेन । (प्रकरण नं.११) पुनरावेदक तर्फबाट : अधिबक्ता मिन मर्दन । फैसला १. ०२४ साल श्रावण ५ गते रातको अन्दाजी १२।। बजेको टायम प्रतिवादीहरु ३ जना र अरु नचिनेका ५।७ जना समेत आइ हामीहरुलाई पाता फर्काइ बाँधी खुकुरी देखाई पेस्तोल समेतले हान्छु भनी तर्साइर्, कराईस भने यही खुकुरी पेस्तोलले हानी मार्छु भनी तपसिल बमोजिम धनमाल डाका गरि लगेकोले निजहरुलाई पक्राउ गरि पाउँ भन्ने समेत मु.टेकबहादुरको दरखास्त । २. जम्मा रु ९०७।३ को धनमाल डकैती गरि लगेका हुन दरखास्त बमोजिम कारवाई गरि पाउँ भन्ने समेत निज टेकबहादुरको पुलिस कागज र दरखास्त उजुरीमा लेखिए बमोजिमको धनमाल जिन्सी समेत चोरी डाका गरि लगेकाले मेरो धनमाल वा त्यस्को बिगो दिलाई पाउँ चोरी लगेको धनमाल नगदी जीन्सीको बिगो ठानाले गराएको कागजमा खुलाई लेखि दिएको छु भन्ने समेत निज टेकबहादुरको अदालतमा बयान । ३. सो श्रावण ५ गते राती आफ्नौ घरमा छौं । उजुरी बमोजिम हामीहरुले कसुर गरेको छैन । वादीले झुट्टा उजुर गरेको हो भन्ने समेत भैरव तामाङ, अमृतबहादुर, सेरबहादुर समेतको इन्कारी बयान । ४. वादीले तारेख छोडि बसेको प्रतिवादीहरुले चोरी डाका गरेको सबुद दिन नसकेकोले प्रतिवादीहरु उपर झुट्टा पोल गरेको ठहर्छ । झुट्टा पोल गरेमा वादीलाई चोरीको ५० नं. ले कैद वर्ष ५। गर्ने भन्ने प.सि.१ नं.नुवाकोट अदालतको १२।३।१०३ को फैसला । ५. सो इन्साफमा चित्त बु