निर्णय नं. ३८७ - मोहियानी हक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८७ - मोहियानी हक भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०५/२३ ३६६९ निणय नं ३८७ ने.का.प. २०२४ फुल बेन्च न्यायाधीश श्री बाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री लोकराज जोशी २०२३ सालको दे.फु.नं.७२ निवेदक : जिल्ला प्रगन्ना महोत्तरी मौजे सिंग्याहि बस्ने हरीनारायण यादव समेत विरुद्ध विपक्ष : ऐ वलवा बिर्ता बिचला टोल बस्ने रघुनन्दन यादव मुद्दा : मोहियानी हक । (१) ऐन लागू हुनु पूर्व गरिएको दाबी कानून व्यख्या सम्बन्धी ऐन, २०१० को दफा ३ अनुसार लागू गर्न नमिल्ने । १० सालकै बालीमा प्रतिवादीहरुले खिचोला र वेदखली गरे भन्ने पहिले उजुर परी म.स.गो.बाट कारवाई चलेको मुद्दामा डिभिजन बेन्चबाट भएको ०१५।१०।२७।१ को फैसला बमोजिम पुनः ०१५।११।२६ मा अदालतमा नालेस दर्ता हुन आएको समेत उक्त भूमी सम्बन्धी ऐन, ०१४ प्रारम्भ हुनु भन्दा अगावै ०१० सालकै वालीमा खिचोला र वेदखली गरे भन्ने दावीको यस्तो कुरामा कानून व्याख्या सम्बन्धी ऐन, ०१० को दफा ३ अनुसार उक्त भूमि सम्बन्धी ऐन, २०१४ लागू गर्न नमिल्ने समेत हुनाले उक्त ०१० सालको निमित्त मोहियानिमा वादीको हक दावी पुग्न सक्ने आधार देखिन आएन । (प्रकरण नं.१५) निवेदक तर्फबाट : बरिष्ट अधिवक्ता कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : प्लिडर नारायणप्रसाद श्रेष्ट । फैसला १. दाजु दुलारको वलवा बिर्ता चौर टोलको जग्गा विगाहा १६द्र१द्र१।। महोत्तरी मालबाट लिलाम हुँदा बडाबडिमा निजका नाउमा डाक खतम गराइ दर्ता गराइ ९४ साल देखि मलाई सौंपी दिएकाले मैले वाद गरि कहिले महुँदाबाट र कहिले बटैया तौरबाट र नपुगेकोमा तमसुक गरिदिएको कागजहरु ०११ साल बैशाख ६ गते चोरी भएको जनकपूर पुलिसमा दरखास्त दिई अर्को गराइ पाउँ भनी अन्यायवालाहरुको नाउमा नालेस दिएकोमा झुट्टा दरखास्त दी जालसाजी मुद्दा गरेको हो भनी निजहरुको जालसाजीमा नालेस गरेकोमा जलेश्वर अमिनिले खारेज गरि कागज गराई पाउँ भन्ने मुद्दामा मलाई हराई फैसला गरे भनि मैले महोत्तरी अपिलमा अपिलबाट मलाई जिताएको छ । त्यस्मा निजहरुको सर्बोच्च अदालतमा अपिल परी गएको र सो जग्गाको मोहियानी मुद्दामा स.गो.मा परेकोमा मलाई मोहियानी कायम गरि फैसला गरेकोमा पनि निजहरुको सर्बोच्च अदालतमा अपिल परी कागज गराई पाउँ भन्ने मुद्दा १ मोहियानी कायम गराई पाउँ भन्ने मुद्दा १ जालसाजी मुद्दा १ समेत डिभिजन बेन्चमा पेश हुँदा मोहियानी हक मुद्दामा गोश्वाराले फैसला गर्न पाउँने फैसला गरेको वदरगरिदिएको छ । ३५ दिन भित्र अदालतमा नालेस गरि हक वेहक गरि लिनु सो मुद्दा छिने पछि जालसाजी मुद्दा १ कागज गराई पाउँ भन्ने मुद्दा १ छिन्ने गरि हाल मुलतवी राखी दिएको छ भनि ०१५ साल माघ २७ गते सर्बोच्च अदालत दौडाहा मुकाम जलेश्वरबाट मुलतवी राखेकोले मोहियानी कायम गराई पाउँ भन्ने मुद्दामा ३५ दिन भित्र नालेस गर्न आएको छु । वलवा देखि सिग्याही ५।६ कोष फरक र प्रतिवादीहरुको आफ्नै धेरै जग्गा सिग्याहीमा भएको आफुले आवाद गर्न सकेको छैन भने ५।६ कोष टाढा वलवामा आई आवाद गरेको भन्ने कुरा पत्यार नपर्ने । अघि रुद्रनारायण र हरीनारायण सगोलमा छंदा घरको मुख्य रुद्रनारायणले ९८ साल भाद्र २५ गते जलेश्वर अमिनिमा बयान गर्दा रघुनन्दन असर्फिलाई बतैयामा दिएको हुँ भन्ने कुरा लेखीदिएको र असर्फि मेरो नोकर हुनाले ९४ साल देखि साल साल आवाद गरि हुन्डा वटैयामा दिने बुझाउने गरि आएको सरासरै ठहर्ने र सर्बोच्च अदालतका आदेश बमोजिम महोत्तरी मालले सरजमिन बुझ्दा वेलवा बिर्ताको ६० जना भन्दा बढिले मेरो म