निर्णय नं. ३८८ - जायजात बेहिसाव

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८८ - जायजात बेहिसाव भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०६/१० २७४९ निर्णय नं. ३८८ ने.का.प. २०२४ फुल बेन्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश श्री बब्बरप्रसाद सिंह न्यायाधीश श्री रंगनाथ उप्रेती ०२० सालको दे.फु.नं.८६ निवेदक : जिल्ला वारा प्रगन्ना बरीयारपुर मौजे मधुरी बस्ने गोपी साहुतेली समेत विरुद्ध विपक्षी : ऐ ऐ टोकनी मौजे विरगन्ज बजार बस्ने सु.भुपाल सिं प्रधान मुद्दा : जायजात बेहिसाव (१) दावी नै नभएको कुरामा र पछि उठाएको वाद विवाद समेतमा अदालतले इन्साफ गर्न नमिल्ने । वादिले उजुर गर्दा जति कुरा उजुरीमा दावी लिएको छ त्यति कुरामा सम्म अदालतले इन्साफ गरि दिनु पर्ने हो । उजुरी भई दावी लिएको छैन भने दावी नै नभएको कुरामा पछि उठाएको वाद विवाद समेतलाई लिएर अदालतले इन्साफ गरि दिन मिल्दैन । अतःवादिहरुको उजुर दावी नै नभएको जग्गा विगाहा ११ को हकमा विरगन्ज गोश्वारा भारदारी तेश्रा प्रधान न्यायालय समेतबाट तह तह इन्साफ गर्दै ल्याएको वेमुनासिव ठहराई ०१९।९।१३।६ यो फुल बन्चले गरेको निर्णय संग यो बेन्च सहमत हुन्छ । (प्रकरण नं.२१) निवेदक तर्फबाट : प्लिडर ठाकुरप्रसाद खरेल । विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे । फैसला १. मधुरी १ बौडनपूर १ समेत २ मौजा बिर्ताबार डाक्टर जघरनाथलाई खड्ग निसाना बमोजिम रु १५०१। बुझाई मौजा लोकाभार राखी भोग चलन गरि आएकोमा सु.भुपाल सिंलाई रु १५००। मा ठेक्का दिई राखेको । पछि रैतीहरुको बारेस समेत भई ईनरमलले बिन्ती चढाउदा बुझी जाहेर गर्नु भन्ने हुकुमको प्रमांगी बमोजिम विरगन्ज गोश्वाराबाट बुझी जाहेर हुँदा विगाहा १ को रु १५। का दरले बिर्तावालले उठती खान पाउँने गरि रैतीका नाउमा लोकाभार गरि दिनु भन्ने ९२ सालमा खडग निसाना भएको र १०१ विगाहा बिर्ताको मात्र लोकाभार गरि दिया । अरु जग्गा जिम्दारी लोकाभार गरिदिएन भनि फेरी बिन्ती चढाएकोमा ९३।१०।२३ गते कम्याण्डर ईन्चीफबाट प्रमांगी भई आइ विगाहा १ को रु १५। का दरले उठती खान पाउँने गरि रैतीका नाउमा लोकाभार गरि दिनु भन्ने ९२ सालमा ख.नि.भएकोले बिर्ता तर्फ सोही सदर हुन्छ । अरु माल तर्फको जिम्दारी तर्फको लोकाभार गरि दिनु भन्ने खड्ग नीसाना भएको नदेखिएकाले त्यस तर्फ लोकाभार नपाउँने भनी जाहेर हुँदा ऐन सवाल बमोजिम गर्नु भन्ने हुकुम बक्सेको भनि श्री प.क.ज.बाट तोक भई आएको भुपाल सिं समेतले बाँकी असुल गर्दा वेहीसावसंग फांटवारी खडा गरि जायजात समेतमा वेहीसाव गरि दुख पीर दिए भन्ने समेत रैती जवान ३८ को वा.स.इनरमल कलवारको ९।१० बेगतेको बिन्तीपत्रमा विरगन्ज गोश्वारा के यस्मा बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने श्री क.ज.हिरण्य सम्शेर बाट ९५।१०।२८ मा तोक भएको । २. सो मौजा २ को जिरायत राख्नलाई तिमी रैतीलाई सट्टा भर्ना दिन्छु भनी डा.जघरनाथले जम्मै रैतीको जम्मा विगाहा ४० र निज तर्फको विगाहा ११ समेत ५१ विगाहा जिरायत राखेको सट्टा भर्ना नदिएबाट म समेत रैतीका हकको जमिन विगाहा ४० र रैतीले कमाएको हुनाले हाम्रो हक लाग्ने समेत जग्गाको वाली भुपाल सिंले आफ्नो गोदाममा लगी राखेको छ ठहरे बमोजिम गरि पाउँ भन्ने समेत गोपी साहु समेतको ९५।१२।४।६ को बयान । ३. ५१ विगाहा मध्ये ११ विगाहा जग्गा जिम्दारीका रैतीलाई लोकाभार भएको छ भनी १९९५ साल तकको वाली समेत दिएको छैनन । यो जग्गा समेत पोत तिरी खान पाउँने होइन । उजुर परेकोले असुल तहसिल समेत रोकीएको छ । रोक्का खुलाई असुल