निर्णय नं. ३८२ - आयस्ता दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८२ - आयस्ता दिलाई पाउँ भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०५/२७ २८७३ निर्णय नं. ३८२ ने.का.प. २०२४ फुलवेन्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री कालीप्रसाद उपाध्याय न्यायाधीश श्री रंगनाथ उप्रेती निवेदक : का.ई.भाटभटेनी बस्ने तारकजंग शाहाको सकार गर्ने मदनबहादुर शाहा । बिरुद्ध रेस्पोण्डेण्ट : डल्लु वाहुन गाउँ बस्ने नरध्वज शाहाको सकार गर्ने कृतिध्वज शाहा मुद्दा : आयस्ता दिलाई पाउँ । (१) २००८।२७ को इश्तिहार म्याद भित्र नाउँसारी गराउनु पर्ने । (२) कस्तो चिठ्ठीलाई प्रमाणिक मान्न नहुने । ९५।५।१० को चिठ्ठीको हकमा नरध्वज कै हस्ताको हो भन्न नसकी अरु कसैलाई लेख्न लगाइ पठाएको समेत के हो यसै भन्न सक्दीन भनेको समेत देखिएको । यदि सो चिठ्ठीहरु प्रतिवादि नरध्वजले वादिलाई लेखेको सद्दे नै ठरहेका खण्डमा पनि २००९।८।२७ को सदर इस्तिहार बमोजिम म्याद भित्र वादिले आफ्नो नाउमा नामसारी गराइ आफूले भोग तिरो गर्न समेत नसकी प्रतिवादि कै दर्ता भोग तिरो कायम रहेको । सो मौजामा कानून बमोजिम रितपूर्वक अरु कुनै लिखत सबुद समेतको अभावमा सो घरायसी चिठ्ठी सम्मका आधारले वादिको हक कायम हुन नसक्ने हुनाले सो चिठिहरुलाइ मौजा हक वेहकको कुरामा प्रमाणिक मान्न नमिल्ने समेत हुँदा सो तिलकपुर मौजाको हकमा पनि मेरो हकको भन्ने वादिको भनाइ कायम हुन आएन । (प्रकरण नं.१२) (३) हकै नभएको मौजाको वाली भराई पाउँ भन्ने मुद्दा लाग्न नसक्ने, खारेज हुने । पतेनी र तिलकपुर दुवै मौजामा वादिको हक देखिन नआए पछि हकै नपुग्ने मौजाको आयस्ता विगो भराइ पाउँ भन्ने दाबीको वादीको प्रस्तूत नालेस तत्काल प्रचलित अ.वं.१०६ नं. ले लाग्न नसक्ने हुँदा खारेज हुने ठहराएको सम्म ०२१।१०।१२ को डिभिजन वेन्चको मुनासिबै ठहर्छ । (प्रकरण नं.१३) निवेदक तर्फबाट : प्लिडर लवदेव भट्ट विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला १. क.प.प्रेमजंग शाह संग ७६।६।२२।१ मा बुबा क.प.गुरुप्रसाद शाहलेराजीनामा गरि लिएको पतेनी विगहटी कं.रु.१८७।।।ऽ।।।३ र तीलकपुर विगहटी १२४।।द्र३ दस्तुर समेत जम्मा लगत कं.रु ३१४द्र।।।१ बुझाउने जिम्दारी वुवा छउन्जेल वहांले र १ मा वुवा परलोक भई मेरो हक भएको । बुबाकै पाला देखि सो मौजाको मैनेजरी खान्गी रु १२००। दिने लिने कबुल भई ठाइला बुबा नरध्वज साहलाई कारिन्दा राखि सो मौजा भोगी आएको । सो मौजाको आयस्ताबाट खांगी रु १२००। कटाई बाँकी देशी नोट बुझाउने गर्नु भएको थियो । ०८ सालमा एउटा मौजामलाई देउ भन्नु भएकोमा दिने ईच्छा भएन । नदिईएको रीसले ०९ साल देखीको आयस्ता अड्काउ गरेमा कामदाम गर्ने अर्को मानिसलाइ दिई ०९।१०।११ साल ३ को हरहिसाव दिलाई पाउँ भन्ने मैले उजुर दिएको मुद्दा ०१४।८।२ मा स.अ.बाट विगो खुलाइ नालेस गरेको नदेखिएको भनि खारेज गरेकोले यो नालेस गरेकोछु । ०९ साल देखि १४ साल तक वर्ष ६ को आयसता धान मुरी ७०६०।१० को विगो भा.रु.७०६०५। प्रतिवादि संग भराइ पाउँ भन्ने समेत वादि । २. पतेनी मौजा १० सालमा नारायण जंगलाई विक्री गरि मैले सकारदा मलाइ दिएको राजिनामा आयस्ताको लवज नभई पतैनिको मोल बुझेको । आयस्ता बाँकी राखी मौजा दिए भन्ने कुरै झुट्टा हो । ३ साल भन्दा बढी बाली बाँकीमा दावी गर्न नहुनेमा ६ सालको दावी गरेको । सुर्खेतमा १० देखि २० मुरी सम्म उब्जा हुन्छ । सबैतिर जमिन कमाउन असमर्थ भएकोले चौविस विगाहा सम्म जिम्मादारको भोग भएको । १३ सालको नापी बुझे देखिने । वाली राम्रो भएमा २।।३ सय मुरी सम्म उब्जा हुने । गुमस्त