निर्णय नं. ३९१ - : पोत दिलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९१ - : पोत दिलाई पाउँ भाग: ९ साल: २०२४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०९/१८ २६८४ निर्णय नं. ३९१ ने.का.प. २०२४ फुल बेन्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री लोकराज जोशी २०१९ सालको पहिलो रिभिजन दे.फु.नं.२६६ निवेदक, वादी : जि.बुटवलतप्पेगौरा मौजे तितिखा बस्ने अम्बीकाप्रसाद तिवारी मरी सकार गर्ने विष्णुनाथप्रसाद तेवारी विरुद्ध प्रतिवादी, रेस्पोण्डेण्ट : ऐ.ऐ.बस्ने अलुग धोबी समेत मुद्दा : पोत दिलाई पाउँ । (१) शर्त कबुल बेगर चर्सा र विगहट्टी असुल गर्न नपाउने शर्त कबुल छैन भने जग्गा कमाउने रैतिले जग्गा धनिलाई तिर्नु बुझाउनु पर्ने कानूनी बाध्यता देखिंदैन । मुख्यतः माथिको प्रकरणमा उल्लेख भए बमोजिम ०५ साल सम्मको हकमा ०५।९।२३ को खड्गनिसाना तोक फैसला समेतबाट साविक जिमिदारले गरिदिएको पठ्ठा बमोजिम कै शर्त कायम रहेको समेत हुनाले सो चर्सा र विगहठ्ठीको हकमा शर्त कबुल वेगर निवेदक वादिले रैतिहरुसंग असुल गरि लिन पाउँछ भन्ने कानून र न्यायसंगत नहुने । (प्रकरण नं.१२) फैसला १. खड्गनिसाना फैसलाले मेरो हक ठहरी भएको जग्गा रैती प्रतिवादीहरुले खाएकोले उब्जा बाली नै पाउँनु पर्ने हो तापनि मेरो जिमिदारी लिने रेशमीराजले उखडामा कमाउन कबुलियत गरिदिएको । सोही कबुलियत बमोजिम कमाएको खड्गनिसाना ठहर भएकोले बाली लिन मुनासब नभई पोतका हकमा २। का दरले दिने गरेको भन्ने रैतीहरुले र २।।। ३ का दरले दिएको भन्ने रेशमीराजको छोरा गिरिराजले उखडा पोत हटक गर्‍यो भन्ने मुद्धामा बयान गरेको र यति कै दर भन्ने फैसलामा नखुलेको हुँदा प्रतिवादीले मलाई दिनु पर्ने दिएको ०२ साल देखि २००५ साल वर्ष ४ को कच्ची विगाहा १ को रु ३ का दरले पोत र चर्सा धान समेत तपसिल बमोजिम हिसाबले जम्मा कं.रु.१६३२।।। २।।। तपसिलका रैतीहरुबाट दिलाई भराई पाउँ भन्ने समेत अम्बिकाप्रसादको फिरादपत्र । २. जिमिदारी मालपोत बाँकीमा लिलाम हुँदा रेशमीराजले सकार गरि लिएको जग्गा जम्मै पर्ति भएकाले हामहिरुले खर्च लगाई आवाद गरि रु २। का दरले पोत बुझिए सम्म जग्गा चलन भोग गर्ने गरि अएकोमा बादीले ०६ साल देखि अरु रैतीलाइ कमाउन दिएको ०५।९।२३।५ मा खड्गनिसाना फैसला भएकोले हामीबाट जिमिदारले जग्गा खोसमोस गर्न नपाउँने विगाह १ को कं.रु.२। का दरले लाग्ने पोत सालसालै खजहनी मालमा दाखेल गरेको र १ सालको पोत रु ११४४।ऽ।। बुझाउन लगाई पाउँ भनि सदर मुलुकीखानामा दाखिल भएको छ भन्ने प्रतिवादी । ३. कच्ची विगाहा १ को रु २। का दरले दिने जिने गरि परस्परमा कबुलियत भएको देखिनाले रु २। का दरले नै प्रतिवादीले तिर्नु पर्ने र वादीले पाउँने ठहर्छ । धरौट रही पोतमा कट्टी भईसकेको ७१९४।३ कट्टी गरि बाँकी रु ९२७।।।९।।३ रैतिले रु २। दरले दिन मन्जुर गरि ०२ सालमा र ०५ सालमा धरौट राखि नबुझाएको देखिंदा सो रुपैंया प्रतिवादीले वादिलाई दिनु पर्ने ठहर्छ भन्ने समेत ०१३।७।२४।६ को तौलिहवा अमिनिको फैसला । ४. ०२ सालमा यो वादीले जिमिदारी थामि पाए पछि बुझ्नु पर्ने पोत नबुझेकोले उजुर गरेकोमा पट्टा शर्त बमोजिमको मालपोत मध्ये मुलुकीखाना दाखेल भएको बाहेक अरु जिमिदारले बुझि लिएको ठहरेको देखिएको र बढी भएको रु.२५०। का हकमा मालपोत भन्दा बढी बुझाएको निस्सा नभएकोले नपाउने ठहराई ०४।१२।९ मा प्रधान न्यायालय चौथा फांटबाट फैसला भएको छ । हामिले तिर्नु नपर्ने समेत हुँदा चित्त बुझेन भन्ने प्रतिवादीहरुको अपिल । र नपाएको रुपैंया भनि इन्साफ भएकोले चित्त बुझेन भन्ने समेत वादी जि.अम्