निर्णय नं. २९५० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९५० - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :2042/09/16 २३२४ निर्णय नं. २९५० ने.का.प. २०४४ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०४२ सालको रि.फु.नं. २९ विषय : उत्प्रेषण निवेदक : का.न.पं.वा.नं. २३ ओमबहाल बस्ने मोतिरत्न शाक्य विरुद्ध विपक्षी :काठमाडौं नगरपञ्चायत, धर्मपथसमेत । का.न.पं.वा.नं.२० कोहिटो बस्ने शान्ता शाक्या। आदेश भएको मितिः-२०४२-९-१६-१ मा आदेश भएको मिति: २०४२।९।१६।३ मा § मेलमिलाप गर्न नसकी सम्बन्ध विच्छेद गराउन श्रेय नदेखिएमा त्यस्तो निवेदनमा कुनै कारवाही नगरी तामेलीमा राख्न पाउने गरी कानूनले पञ्चायतलाई अधिकार प्रदान गरेको नदेखिने । (प्रकरण नं. १२) § नगरपञ्चायतले लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गराउन उपयुक्त देखेन भनें राय सहित अदालतमा पठाउनु पर्दैन, सम्बन्ध विच्छेद गराउन श्रेयस्कर देखेमा मात्र पठाउनु पर्छ भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय आदेश न्या.बब्बरप्रसाद सिंहः प्रस्तुत रिटनिवेदनपत्र डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस फुल बेञ्चमा पेश हुन आएको रहेछ । २. तथ्य र निवेदन जिकिर यस प्रकार छ :- विपक्षी शान्तासँग विवाह भई मेरो वीर्यबाट २ छोरा र २ छोरी जायजन्म भएकोमा एउटा छोरा पहिले नै मृत्यु भएको र हाल १३ वर्षकी सृजना, ९ वर्षको संगीता र ७ वर्षको छोरा मनोज शाक्य छन् । विपक्षीले ०३७।१।२५ मा झगडा गरी मेरो मञ्जूरी बेगर माइती गई बसेकी हुँदा सम्झाई घरमा ल्याउन खोज्दा समेत नमानी नाबालखहरूलाई छाडी ३ वर्ष भन्दा बढी अलग बसेकीले लोग्ने स्वास्नीको १ नं. को देहाय १ तथा ऐ. को १(क) बमोजिमको कार्यविधि अपनाई सम्बन्ध विच्छेदको निवेदन ०४०।८।१३ मा का.न.पं. मा परेकोमा विपक्षी नं. २ लाई बुझिएकोमा पतिसँग सम्बन्ध विच्छेद गर्न मञ्जूर छैन भन्ने लिखितजवाफ परेको उक्त निवेदनमा वादी प्रतिवादीको बीच सम्बन्ध विच्छेद गराउन मनासिब नदेखिनाले वादीको निवेदन तामेलीमा राखी दिने भनी मिति ०४१।४।२९ मा काठमाडौं नगरपञ्चायतले निर्णय गरेको लोग्ने स्वास्नीको महलको १(क) को प्रतिकूल हुन गएको छ । लोग्ने स्वास्नीको महल १(क) बमोजिम सम्भव भए दुबै थरलाई सम्झाई बुझाई मिलाउने, सो बमोजिम मिलाउन नसकेमा वा मेलमिलाप हुन नसकेमा आफ्नो राय समेत संलग्न राखी प्राप्त निवेदन सम्बन्धित जिल्ला अदालतमा पठाउनु पर्छ भन्ने वाध्यात्मक कानूनी व्यवस्था विद्यमान हुँदा हुँदै मेरो निवेदनलाई तामेलीमा राख्ने काठमाडौं नगरपञ्चायतलाई कुनै कानूनले क्षेत्राधिकार प्रदान नगरेको हुँदा अ.बं. ३५ नं. ले बदरभागी छ । उक्त निर्णय बदर गरी जिल्ला अदालतमा सिफारिश गरी पठाउन परमादेश समेत जारी गरिपाउँ भन्ने व्यहोराको रिटनिवेदन जिकिर रहेछ । ३. लोग्ने स्वास्नीको महलको १(क) ले लोग्ने स्वास्नीको सम्बन्ध कायम राख्न मनासिब नदेखिएमा जिल्ला अदालतमा राय पठाउनु पर्ने, सम्बन्ध विच्छेद गर्न मनासिब नदेखिएमा राय पठाउनु पर्दछ भन्ने व्यवस्था नभएकोले विपक्षीको निवेदन तामेलीमा राखिएको हो रिटनिवेदन खारेज गरिपाउँ भन्ने काठमाडौं नगरपञ्चायतको लिखितजवाफ । ४. आमा बाबु नै सम्बन्ध विच्छेद गरी आफ्नो स्वार्थ हेरी बच्च