निर्णय नं. २९५३ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९५३ - जालसाजी भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/०९/१२ २६९८ निर्णय नं. २९५३ ने.का.प. २०४४ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको दे.पु.नं. १२ मुद्दा : जालसाजी निवेदक/वादी : का.न.पं. वा.नं. १० मौसिकोस बहाल बस्ने सर्वज्ञमुनी बज्राचार्य समेत। विरुद्ध विपक्षी/प्रतिवादी : ऐ ऐ वा.नं. ८ पाको पोखल्ड्याङ बस्ने कृष्णप्रसाद श्रेष्ठ समेत। फैसला भएको मिति : २०४०।९।१२।३ मा § विवादको घर खरीद गर्दा वादीहरूको समेत मञ्जूरी लिएको भन्ने प्र.को प्रतिउत्तर देखिन्छ तर वादीहरूको मञ्जूरी लिएको कुनै लिखत देखिन्न । यस्तो अवस्थामा विवादको घरमा वादीहरूको समेत हक लाग्ने कुरा प्र.लाई थाहा थिएन भन्ने स्थिति नरहने । (प्रकरण नं. १२) § हक लाग्ने कुनै व्यक्ति चुप लागी बस्दैमा मौकैमा उजूर गर्ने व्यक्तिको समेत हक जान्छ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) § ज–जसले जालसाजी कृया गर्दछ उस उपर जालसाजी मुद्दा दिने हो । लिखतका साक्षी उपर समेत जालसाजी मुद्दा दिनु पर्छ अथवा निजहरूलाई समेत प्रतिवादी गराउन पर्छ भन्ने कुनै कानूनले वाध्यता गराएको छैन । (प्रकरण नं. १४) § कीर्ते कागजको १ नं. र २ नं. मा कस्तो कुरा कीर्ते ठहर्छ भनिएकोले सोही महलको नं. ३ मा रहेको “लेखिए बाहेक” भन्ने शब्दले कीर्ते कागजको १ र २ नं. मा “लेखिए बाहेक” लाई भनेको रहेछ भन्नु पर्ने स्थिति छ । “लेखिए बाहेक” भनी उक्त शब्दले वादीहरू लेनदेन व्यवहारको महल बमोजिम लिखत बदर गराउनेतर्फ नालेश गर्न आउनु पर्दछ जालसाजीतर्फ आउन सक्दैन भनी न त लेनदेन व्यवहारको महलमा लेखिएको छ न त कीर्ते कागजको महलमा सो बमोजिमको कानूनी प्रावधान छ । दुई उपचारको बाटो भएकोमा दुई मध्ये कुन उपचारको खोजी गर्ने सो वादीहरूको इच्छाको कुरा हो, यस्तो अवस्थामा वादीको फौज्दारीतर्फ जालसाजीमा दावी आएकोमा वादीलाई देवानीतर्फ लिखत बदरमा जानु भनी अदालतले भन्न नमिल्ने । (प्रकरण नं. १४) निवेदक, वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती फैसला न्या.त्रिलोकप्रताप राणाः- सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३७।३।२७।५ को निर्णय उपर निवेदकको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा परेको विन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त मुद्दा दोहोर्याई हेरिदिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. पिता तेजमुनी आमा पुनमायाको गर्भबाट जीतमुनी १, सर्वज्ञमुनी १, सूर्यमुनी १ समेत ३ जना छोरा जन्म भई आमा २००६ सालमा नै परलोक हुनु भएकोले पिता तेजमुनीले सौतेनी आमा पञ्चमायालाई ल्याउनु भएको थियो । तेजमुनीले विपक्षी कृष्णप्रसादसंग रु. ७,५००।– कर्जा लिनु भई का.जि. पाको पोखल्ड्याङको पूर्व पश्चिम लङ उत्तर मोहडा २ नाले २ कवले, ५ तले पक्की झिंगटी छाना भएको घर मध्ये उत्तर पट्टिको ४ तले कोठामा कूल देवता रहेकोले सो कोठा १ बाहेक गरी बाँकी घर ०१२।५।२३।५ मा रजिष्ट्रेशन पास गरी दिनु भई सो घर कृष्णप्रसादले नै भोगचलन गरी आएको र जेठा दाजु जितमुनी ०१५ साल अगावै मानो छुट्टि भिन्न बस्नु भएको । पिता तेजमुनी ०२९।८।१५ गते परलोक हुनु भएपछि पञ्चमायाले ह