निर्णय नं. २९५४ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९५४ - अंश भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/०९/१५ ३३०७ निर्णय नं. २९५४ ने.का.प. २०४४ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.फु.नं. ५४ मुद्दा : अंश निवेदक/वादी :का.न.पं. वडा नं. २९ हाल डिल्लीबजार बस्ने माकली थापासमेत ऐ.ऐ बस्ने प्रल्हाद जंग थापा विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. ऐ. बस्ने उमा दिव्यश्वरी थापासमेत ऐ.ऐ बस्ने उत्तम जंग थापा ऐ.ऐ बस्ने किशोरजंग थापा फैसला भएको मिति : २०४०।९।१५।६ मा § अंश हक छोडपत्र गर्न नपाउने कानूनी प्रावधान भएको देखिन्न, रजिष्ट्रेशनको महलको १ नं. को देहाय १ मा अरु कुनै किसिमले आफ्नो हक छोडी दिएको लिखतको रजिष्ट्रेशन गराउनु पर्छ भन्ने भएकोले सो बमोजिम अंशियारले अंश छोडपत्र गरी दिन उक्त कानूनले बाधा पुर्याएको नदेखिने । (प्रकरण नं. १४) § पाउनु पर्ने अंशमा जहिले सुकै पनि उजूर गर्न पाउने कुरामा विवाद छैन तर जुन अंशको लागि उजूर गर्ने हो सो अंश हक भई बमोजिम छोडपत्र गरी दिएकोछ भने पुनः अंश पाउँ भनी उजूर लाग्ने स्थिति नहुने । (प्रकरण नं. १५) § कानून बमोजिमको अंश छोडपत्रको कागजमा अंशबण्डाको ३० नं. आकर्षित नहुने । (प्रकरण नं. १६) § न्याय मानवीय मूल्यमा आधारित कानूनले निर्धारित गरेको बाटो देखि अलग्ग हुँदैन । कानूनमा नै अंश हकको छोडपत्र गर्न सक्ने कानूनी व्यवस्था छ र सम्बन्धित दुवै व्यक्तिले कानून बमोजिम आफ्नो राजीखुशीबाट अंश हक छोडपत्र गरी दिएको छ भने न्याय अन्यायको लेखा जोखा गर्ने अथवा परिकल्पना गर्ने अवस्था नरहने । (प्रकरण नं. १७) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना फैसला न्या.त्रिलोकप्रताप राणाः- प्रस्तुत मुद्दा डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय सहमत हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को दफा ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : स्वर्गीय केशरजंगको म फिराद माकली र प्रतिवादी उमा दिव्यश्वरी पट्टिका उत्तमजंग, किशोरजंग समेत ५ जना अंशियार हौं । २०२१।३।३१।६ मा हामी वादीलाई जनही १,०००।– रुपैयाँ लोग्ने पिता केशरजंगले दिई अंशको छोडपत्र गरिएको र २०२१।६।१४ मा नलिएको रकम लिएको भनी कागज गराएको छ, सो कागजबाट हामीहरूको रीतपूर्वकको बण्डा नभएकोले फिराद दर्ता मितिलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती लिई दुई भाग अंश छुट्याई पाउँ भन्ने वादीहरूको फिरादपत्र । ३. विपक्षीले बुबाबाट अंश पाएकोमा चित्त नबुझे म्यादभित्र उजूर गर्नु पर्ने नगरी हामी २००६ सालमा अंश लिई बण्डापत्र पास गरी छुट्टि आ–आफ्नो खति उपति व्यहोरी आएको हुँदा झुठ्ठा दावी लिई फिराद गरेकोले फूर्सद पाउँ भन्ने उत्तमजंग, किशोरजंगको प्रतिउत्तर । ४. वादीले अंश लिई अंश छोडपत्र गरी सकेपछि अहिले झुठ्ठा दावा लिई फिराद गरेको हो झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको उमा दिव्येश्वरीको प्रतिउत्तर । ५. अंश वापत रु. ३,०००।– लिई उमादिव्यश्वरीलाई अंश छोडपत्र पास गरी दिई सकेपछि पुनः अंशमा दावा गर्न नपाउने हुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला । ६. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीहरूको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको वादीहरूले निजहरूका पति बाबु