निर्णय नं. २९५६ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९५६ - अंश भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०३/२१ २५६६ निर्णय नं. २९५६ ने.का.प. २०४४ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको दे.फु.नं. ७९ मुद्दा : अंश निवेदक/प्रतिवादी: रामराज्यलक्ष्मी शाह मरी निजको हक खाने छोरा का.जि.पं. वडा नं. १ कमल पोखरी बस्ने शम्भु विक्रम शाह। ऐ.ऐ. बस्ने हरि विक्रम शाह ऐ.ऐ बस्ने केशव विक्रम शाह विरुद्ध विपक्षी/वादी : का.जि. कमल पोखरीको हाल का.न.पं. ७ नं. वार्ड का.जि. देउपाटन जयबागेश्वरी बस्ने सोम विक्रम शाह फैसला भएको मिति : २०४२।३।२१।६ मा § पैतृक सम्पत्ति अंशियारहरू मध्ये कसैको नाममा पनि रहन सक्ने । (प्रकरण नं. १०) निवेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली फैसला न्या.पृथ्वीबहादुर सिंहः- यस अदालतको डिभिजन बेञ्चबाट मिति ०३९।३।१०।५ मा छिनिएको अंश मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग मार्फत हु.प्र. बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. रलिन्द्रविक्रम शाहका जेठा मोहनविक्रम शाह कान्छा रामविक्रम शाह, वेमातृतर्फका रणविक्रम शाह र होमविक्रम शाह समेत ४ छोरा भएकोमा वहाँहरूको बीचमा १९९९ साल कार्तिक १८ गते रोज ३ मा १ छापे बमोजिम अंशबण्डा भएको सो अंशबण्डा पत्रमा अबण्डा रहेको जिल्ला बारा मैनाथपुरको वगैचाको आयस्ता सबैले भाग बमोजिम भोग गर्ने गरी अबण्डा रहेको थियो । रामविक्रम परलोक हुनु भएपछि विपक्षीको नाममा दर्ता भएको थियो । म सोमविक्रम शाहको बुबा मोहनविक्रम शाह परलोक हुनु भएपछि निजको हक म सोमविक्रमको भएको र रणविक्रम परलोक हुनु भएपछि निजको हक खाने निजको छोरा शशीविक्रम शाह र होमविक्रम परलोक भएपछि निजको हक खाने श्रीमती रोहिणी शाह भई म समेतले सोही बमोजिम भाग हिस्साबाट आयस्ता खाने गरी आएको थियो । सर्भे नापी हुँदा पनि जिल्ला बारा मनौंडा गाउपञ्चायत वार्ड नं. २ कि.नं. २२ को क्षेत्रफल ६–१०–० कायम भई विपक्षीको नाउँमा नै दर्ता गरी माथि लेखिए बमोजिम आयस्ता बाँधी खाने गरेका थियौं । त्यस्तैमा निज विपक्षीले आयस्ता कम दिने गर्नु भएकोले अब बगैंचा सगोलमा राख्न मञ्जूर छैन मेरो भाग छुटयाई दिनोस् भनी विपक्षीलाई भन्दा बण्डा पनि छुट्याई दिन्न अब आयस्ता पनि दिन्न सकेको गर भनी भनेकोले १९९९।७।१८ मा भएको १ छापे बण्डापत्रमा अबण्डा गोश्वारा रहेको उपरोक्त लेखिएका बगैंचाको विपक्षीबाट तायदाती लिई ४ भागको १ भाग मेरो अंश अदालतबाटै छुट्याई बण्डा गरिपाउँ भन्ने समेत सोमविक्रम शाहको फिरादपत्र । ३. रलिन्द्र शाहका विवाहिता पट्टिका जेठा मोहनविक्रम र कान्छा म प्रतिवादीका पति रामविक्रम हुनु भएको र भित्रिनी पट्टिका रणविक्रम र होमविक्रम समेत दुई छोरा हुनु भएको र उक्त चारै भाइ १९९९।७।१८।३ भन्दा अगावै भिन्न हुनु भएको हो । वादीको भनाई बमोजिम सो एक छापे भएपछि मात्र भिन्न भएको भन्ने दावी गलत हो । वादीले दावी लिएको बगैंचा मेरो नाउँमा नापी दर्ता भएको हो सो जग्गा अबण्डा होइन । उक्त जग्गा १९९९।७।१८ गतेसम्म गोश्वारा राखी छाड्दा आयस्ता आम्दानीको भागबण्डामा परस्पर खिचोला परी रहने हुनाले सो बगैंचा भागबण्डा लगाउन हुने नहुने के हो नहुने भए सो बगैंचाको कायम भएको मोल अंशियारलाई दिलाई बगैंचा एकै