निर्णय नं. ८८३२ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८३२ - भ्रष्टाचार भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६९/०४/३० १०६२७ ने.का.प. २०६९, अङ्क ५ निर्णय नं.८८३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय फौ.पु.नं.२०६३–CR–०४७८ फैसला मितिः २०६९।४।३०।३ मुद्दा :– भ्रष्टाचार । पुनरावेदक वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत गोविन्दबहादुर श्रेष्ठको प्रतिवेदनले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला दाङ, सतवरिया गा.वि.स. वडा नं. ६ गोझेना स्थायी, भर घै जिल्ला ल.पु.जि., ल.पु.उ.म.पा.वडा नं. २ सानेपा बस्ने खुमबहादुर खड्का समेत विशेष अदालतमा फैसला गर्नेः– अध्यक्ष मा.न्या.श्री भूपध्वज अधिकारी सदस्य मा.न्या.श्री कोमलनाथ शर्मा सदस्य मा.न्या.श्री चोलेन्द्र शमसेर ज.व.रा. § निक्षेपबाट बढेबढाएको ब्याज रकमलाई सम्पत्तिको मान्यता दिई विगो कायम गर्न तथा आय स्रोतका रुपमा छुट्टै मान्यता प्रदान गर्न नमिली निक्षेप रकमको स्रोत पुष्टि भएमा सोबाट बढेबढाएको ब्याजको पनि स्वतः स्रोत पुष्टि हुने तथा स्रोत पुष्टि नभएको विगोको रुपमा रहने सम्पत्ति तथा सोबाट बढेबढाएको सम्पत्ति समेत स्वतः गैरकानूनी भई जफतसम्म हुने । (प्रकरण नं.३) § जाँच अवधिमा खरीद गरिएका जग्गा बिक्रीबाट प्राप्त रकमलाई आयको रुपमा जिकीर लिइन्छ र मान्यता पनि दिइन्छ भने त्यस्तो जग्गा खरीदको स्रोत पनि पुष्टि गर्नुपर्ने । (प्रकरण नं.७) § विदेश जाँदा वैदेशिक भ्रमणबापत प्राप्त भएको रकम नै सटही गरेको भन्ने अर्थ गर्न मिल्दैन । भ्रमण गर्ने व्यक्तिको सामथ्र्य र आवश्यकताअनुसार विदेशमा गर्न सकिने खर्चको अनुमान गरी आफूसँग भएको रकम सटही गरिने हुँदा जे जति रकम आधिकारिक निकायबाट भ्रमण भत्ताबापत प्राप्त भएको हुन्छ त्यसैलाई आयको आधार मान्नु पर्ने । § आयस्रोत प्राप्त भएको भन्ने कुरा पुष्टि हुने आधिकारिक र वस्तुनिष्ट प्रमाणको अभावमा राहदानीमा उल्लेख भएको वैदेशिक मुद्रा सटही गरेको विवरणलाई आयको मान्यता प्रदान गर्न नमिल्ने । (प्रकरण नं.१३) § ब्यक्तिका साथमा रहेको सुनचाँदी चल सम्पत्ति हो । त्यस्तो सम्पत्तिलाई बिक्री गर्दा प्राप्त हुने मुनाफा आयस्रोत हुन सक्दछ, तर सम्पत्ति स्वयं भने आयको स्रोत हुन नसक्ने । § सम्पत्ति र आयस्रोतको भिन्नतासम्बन्धी सामान्य अवधारणागत विषयमा अनभिज्ञ रही सुन चाँदीलाई स्रोतको रुपमा गणना गरेको विश्लेषण प्रथमदृष्टिमा नै त्रुटिपूर्ण देखिएकोले कायम रहन नसक्ने । (प्रकरण नं.१७) § घरसारमा लिएको कर्जा भाखाभित्र तिर्नु बुझाउनु पर्ने र आर्जन वा सम्पत्तिबाटै कर्जा तिरिने हुँदा ऋण लिएको रकम सधैंका लागि आयस्रोत भैरहन्छ भन्न तर्कसम्मत हुँदैन । घरसारमा ऋण लिएको भनिएको लिखत मितिबाट कर्जा बुझाउने म्याद समेत बाँकी नरही समाप्त भैसकेको र साहूको नालेस नपरेको अवस्थामा घरसारको ऋण निष्क्रिय मान्नुपर्ने । § कानूनबमोजिम भाखा नाघिसकेको घरसारको भनिएको ऋण आयस्रोत कायम हुन नसक्ने । (प्रकरण नं.१८) § निक्षेपबाट प्राप्त भएको ब्याज बढेबढाएको सम्पत्ति हुँदा बढेबढाएको सम्पत्तिको छुट्टै स्रोत दिई रहनु पर्ने अवस्था पर्दैन । आधारभूत सम्पत्ति अर्थात् निक्षेप रकमको स्रोत पुष्टि भएमा त्यसबाट बढेबढाएको ब्याजको पनि स्वतः कानूनअनुरूपको आर्जन हुने र निक्षेप रकमको स्रोत पुष्टि गर्न नसकेमा त्यसबाट बढेबढाएको सम्पत्ति पनि स्वतः गैरकानूनी हुने । § खातामा जम्मा गरेको निक्षेपको स्रोत भने पुष्टि गर्नु नपर्ने केवल ख