निर्णय नं. ८८३४ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८३४ - उत्प्रेषणयुक्त परमादेश भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६८/१२/१५ ६५६० ने.का.प. २०६९, अङ्क ५ निर्णय नं.८८३४ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री भरतराज उप्रेती सम्वत् २०६७ सालको रि.न.नं. २०६६–WO–११२९ आदेश मितिः २०६८।१२।१५।४ विषय :– उत्प्रेषणयुक्त परमादेश । निवेदकः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं. ९ सिनामंगल चोकमा रहेको रोवियस इन्टरनेशनल प्रा.लि. को अख्तियारप्राप्त ऐ. प्रा.लि. का सञ्चालक निर्देशक कुमार तामाङ विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § कुनै पनि अपारदर्शी व्यवसाय वा लुकी चोरीको प्रक्रियाबाट सञ्चालन हुने कारोवार उद्यम व्यवसाय सञ्चालनसम्बन्धी नेपाल सरकारबाट घोषित सार्वजनिक नीतिको विपरीत हुन्छ । प्रतिस्पर्धा ऐन, कालो बजार नियन्त्रण ऐनलगायतका कानूनमार्फत् घोषित सार्वजनिक नीतिको विपरीत सञ्चालन हुने कुनै पनि प्रकारको व्यवसाय वा कारोवारले उद्यम व्यवसाय गर्ने मौलिक हकको संरक्षण प्राप्त गर्न नसक्ने । (प्रकरण नं.८) § कुनै पनि व्यापार व्यवसायबाट क्रेता एवं बिक्रेता दुबै पक्षको केही न केही प्रतिफल प्राप्त गरेकै हुनुपर्ने हुन्छ । विक्रेताले विभिन्न नाममा दिई रकम असूल गर्ने वस्तुतः खरीदकर्ता भनिएका सर्वसाधारण जनताले केही नपाउने गरी सञ्चालन हुने व्यवसाय व्यापारसम्बन्धी विधिशास्त्र (Trade Jurisprudence) को प्रतिकूल हुने मात्र नभई त्यस्तो व्यवसायले संवैधानिक वा कानूनी संरक्षण प्राप्त गर्न नसक्ने । (प्रकरण नं.११) § प्रचलनमा रहेको ऐन, नियम वा निर्देशिका आदिको जन्म जुन निकायबाट हुन्छ सो को खारेज वा संशोधन गर्ने अख्तियारी पनि सामान्यतया सोही निकायमा नै निहीत हुने । (प्रकरण नं.१२) § एकपटक लागू भई प्रचलनमा आएको कानून सधै कायम रहने भई सार्वजनिक हित कायम गर्न नसकिनुका साथै गतिशील समाजको परिवर्तनशील चाहना समेत परिपूर्ति गर्न नसकिने हुन जान्छ । राज्यले सार्वजनिक हित र कल्याणको लागि सामाजिक आवश्यकताअनुसार ऐन, नियम एवं निर्देशिका निर्माण, संशोधन एवं खारेज गर्नसक्ने हुँदा यस्तो सार्वजनिक हितको लागि भए गरेको नीतिगत निर्णयको विषयमा Promissory Estoppel को सिद्धान्त आर्कषित हुन नसक्ने । (प्रकरण नं.१४) § नियामक कानूनको अभावमा वस्तु व्यापार गर्दा रकम कमिशन आउने आश्वासन दिई नयाँ सदस्य बनाई रकम संकलन गर्ने र सेवाबापत भनी रकम कमिशन समेत लिने खाने कार्य उद्यम व्यवसाय सञ्चालनसम्बन्धी मान्य नियमहरूको विपरीत हुने । (प्रकरण नं.१५) § जुन निर्देशिकालाई अधिकारको स्रोत मानी सोअनुसार नगद धरौटी राखी व्यवसायको अनुमति प्राप्त गरेको हो सो निर्देशिका नै खारेज भइसकेको अवस्थामा सोबाट सिर्जित इजाजत पत्रको आधारमा सिर्जना भएको अधिकार स्वतः समाप्त हुने । (प्रकरण नं.१८) § WTO लगायत अन्य बहुपक्षीय/बहुराष्ट्रिय व्यापारिक सन्धि सम्झौताको दायरा सदस्य राष्ट्रहरू वीच हुने व्यापारमा र यसका नियमहरूको पालना गर्ने गराउने तथा एक सदस्य राष्ट्रले अन्य सदस्य राष्ट्रहरूसंग व्यापार गर्दा पालना गर्नुपर्ने नियमसंग मात्र सीमित छ । WTO को सदस्यताको कारणले कुनै पनि सार्वभौम देशले आफ्नो भूमिभित्र सञ्चालन हुने गैरकानूनी व्यवसायलाई रोक्नको लागि उपयुक्त आदेश जारी गर्ने वा यस्तो व्यवसायलाई व्यवस्थित, नियमित तथा पारदर्शी ढंगबाट सञ्चालन गर्ने गराउने क्रममा आवश्यक ऐन, कानून वा निर्देशिका बनाउने अख्तियारी हुने । (