निर्णय नं. २९५७ - जग्गा खिचोला मेटाई दर्ता बदर गरी दर्ता गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९५७ - जग्गा खिचोला मेटाई दर्ता बदर गरी दर्ता गरिपाउँ भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/०५/१७ २१७९ निर्णय नं. २९५७ ने.का.प. २०४४ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको दे.फु.नं. ३८ मुद्दा : जग्गा खिचोला मेटाई दर्ता बदर गरी दर्ता गरिपाउँ निवेदक/वादी: जि.तनहुँ दोर गा.पं वा.नं. २ चुदी तामाकोट बस्ने जीतबहादुर महत क्षेत्री विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. ऐ. वार्ड नं. ३ धारापानी बस्ने विष्णुहरि पाध्या । ऐ.ऐ वार्ड नं. १ लादिखोला वेसी बस्ने विलनाथ शर्मा । ऐ.ऐ बस्ने रामदत्त पाध्या । ऐ.ऐ बस्ने नामरुको हाल वर भंञ्जाङ गा.प.वा.नं. ८ मुला वारी छविसी डिही बस्ने ज्ञानी शंकर पाध्या । फैसला भएको मिति: २०४०।५।१७।६ मा § वादी दावीको किल्लामा पूर्व लादी खोला, उत्तर लादी खोला भन्ने किल्ला विवादको जग्गासंग मिलेको देखिन आउँछ प्रतिवादीका नक्शा जिरह बमोजिम सो पौवा गुठी जग्गा न.नं. ११, १२, १३, १४ को कि.नं. ३६, ३७, ३८, ३९ को नै हो भन्न प्रतिवादीको दर्ता र प्रतिउत्तरमा समेत किल्ला नखुलेकोले सकिने अवस्था देखिन आएन । तसर्थ वादीको दावी पुग्न सक्दैन भनी तनहुँ जिल्ला अदालतले गरेको इन्साफ मनासिब ठहराएको म.क्षे.अ.को इन्साफ सदर गरेको डिभिजन बेञ्चको ०३९।४।२५ निर्णय मिलेको नदेखिने । (प्रकरण नं. १०, ११) फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः- सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३९।४।२५ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र पर्दा डिभिजन बेञ्चको उक्त निर्णय फुल बेञ्चबाट दोहर्याई कानून बमोजिम गरी छिनी दिनु भन्ने विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ। २. मेरो हकभोग तिरोको खेत मुरी ।४२।८।६ मध्ये रैकर भएको ।१४।८।६ कट्टि गरी बाँकी गुठीमा मेरै नाउँमा दर्ता भएको साविक जि.सन्तबहादुर थापाको हाल जि.बलबहादुर मगर झुत्ता जिम्माको दोभान दुमरे गुठी खेत ।२८ मा ०२९ सालमा खोलाले पुरेकोमा मैले नै खर्च लगाई भोग गरी आएको थिएँ । म घर नभएको बेलामा सर्भेबाट नामरुङ गा.पं. वार्ड नं. ७(च) कि.नं. ३४, ३५, ३६, ३७, ३८ र ३९ समेत ६ कित्ता मध्ये कि.नं. ३६ को जग्गा विष्णुहरिको नाममा कि.नं. ३९ को जग्गा ज्ञानीशंकरको नाउँमा कि.नं. ३७ को जग्गा रामदत्तका नाउँमा कि.नं. ३८ को जग्गा खिलनाथको नाउँमा दर्ता गरे गराएको र कि.नं. ३४, ३५ को जग्गा मेरो नाउँमा दर्ता गराएको र कि.नं. ३४, ३५ को जग्गा मेरा नाउँमा दर्ता गराएकोमा पनि लालपूर्जा लिन पाएको छैन । विपक्षले गरे गराएको दर्ता बदर गरी मेरो हकको जग्गा मेरै नाउँमा गरिपाउँ भन्ने समेत ०३४।२।२३।१ को जीतबहादुर महत क्षेत्रीको फिराद । ३. ०३३ साल माघमा मात्र प्र.हरूले दर्ता गराएको भन्ने थाहा भयो भनी वादी दावी यिनै वादीले हामी प्र.मध्ये विष्णुहरि, रामदत्त, खिलनाथ समेतका नाउँमा एकै पटक एउटै नक्शामा नापी भएको कि.नं. २०, २१, २२ को दर्ता बदर गरिपाउँ भनी दिएको मुद्दाको फिरादपत्रमा ७ दिने सूचना टाँस्दा थाहा पाई हुलाकद्वारा निवेदन दिई सनाखत समेत गरेको भनी उल्लेख गरेबाट सो सूचना साथै यो वादीको जग्गाहरू पनि सूचना टाँस भएकोले उस बखत उजूर नगरी ०३३ सालमा थाहा भयो भनी झुठ्ठा कुरा लेखी हामीहरूका बाबु बाजेको पालादेखि भोगी आएको पौवा गुठी दर्ता भएको जग्गालाई दावी लिई म्याद थामी गरे