निर्णय नं. २९५८ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९५८ - लिखत बदर भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/११/२८ २२४१ निर्णय नं. २९५८ ने.का.प. २०४४ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको दे.फु.नं. १०४ मुद्दा : लिखत बदर निवेदक/वादी: लम्जुङ आमडाँडा गा.पं. वडा नं. ३ को हाल परिवर्तित चिनी पञ्चायत वडा नं. ७ बस्ने भोजबहादुर सेढाई क्षेत्री विरुद्ध विपक्षी/प्रतिवादी :ऐ. ऐ. बस्ने इश्वरीदत्त सेढाईसमेत । ऐ वडा नं.२ बस्ने रिदादत्त सेढाई । फैसला भएको मिति : २०४२।११।२८।३ मा § अंश मुद्दाको खारेजी फैसलाको आधारमा वादी दावी खारेज गर्ने गरेको शुरु तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला मिलेको नदेखिँदा सो फैसला बदर हुने । (प्रकरण नं. १०) निवेदक, वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः- यस अदालतको डिभिजन बेञ्चबाट मिति २०३६।११।२७।२ मा भएको उपरोक्त लिखत बदर मुद्दा फुल बेञ्चबाट दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग मार्फत हुकुम प्रमांगी बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. बाजे लक्ष्मीदत्तका २ श्रीमती मध्ये जेठी मेरी बज्यै र कान्छी विपक्षी मध्ये इश्वरीदत्तकी आमा प्यामकुमारी हुन् । जेठीतर्फका छोरा मेरा बाबु इन्द्रबहादुर कान्छीतर्फका विपक्षी इश्वरीदत्त दुई भाइ हुन् । बाबु इन्द्रबहादुर २००३ साल देखि विक्षिप्त भई घरबाट निस्की हिड्नु भएको आमा पोइल जानु भएको र बाजे लक्ष्मीदत्त २०२२ सालमा निधन भएकोले विपक्षी आमा प्यामकुमारी इश्वरीदत्त र मेरा बाबु इन्द्रबहादुर ३ अंशियार मात्र बाँकी रहेको र अंशियारहरू बीच अंशबण्डा भएको छैन । ९१ सालमा बाजे लक्ष्मीदत्तको दर्ताको जि.मु. इश्वरीदत्त जिम्माको पूर्व रिदादत्त पश्चिम चमेरे खोला उत्तर भवदत्त दक्षिण चिरञ्जीवी यति चार किल्लाभित्रको गौली डाँडा भन्ने पाखो स्वाराविज पाथी ।१ एक पाथीको तिरो रु. ।८८ लाग्ने विपक्षी जिम्मा रहेको पाखो जग्गा विपक्षी मध्ये इश्वरीदत्त असामी रिदादत्त साहू भई रु. १,८००।– मा मिति २०३१।२।३ गते घरसारमा लिनु दिनु गरी दुवै पक्षको मिलोमतोले पास गर्ने म्याद गुजारी विपक्षी रिदादत्तले असामी इश्वरीदत्तका नाममा नालिश दिई प्रतिउत्तर नफिराई अदालतबाट पारीत हुने ठहराई फैसला भएको रहेछ । हाल विपक्षीको आमा प्यामकुमारी परलोक भइसकेकोले मेरो बाबुको समेत अंश हक लाग्ने जग्गा अंशियारको मञ्जूरी नलिई अंश मुद्दा पर्दा पर्दै लिनु दिनु गरेको लिखत मध्ये आधा लिखत बदर गरिपाउँ भन्ने समेत भोजबहादुर सेढाई क्षेत्रीको फिराद दावी । ३. लक्ष्मीदत्तका नाममा दर्ता भएका जग्गाहरू लाखौं रुपैयाँ मोलिने जग्गाहरू बाँकी छन् । त्यस्तोमा घर व्यवहार चलाउन मञ्जूर लिई रहन नपर्ने हुँदा वादी दावी खारेज गरी उक्त लिखत सदर गरिपाउँ भन्ने समेत रिदादत्तको प्रतिउत्तर जिकिर । ४. वादीका बाबुले मौकैमा मेरा बाबुबाट अंश लिई पाइसकेको हुनाले हाल निज वादी समेत मेरो अंशियार पर्न सक्दैनन् अर्थात् मेरो एकलौटी सम्पत्ति मैले खुस गरेको अवस्थामा त्यस्तो व्यवहार बदर गर्न पाउने हकदैया वादीलाई नहुनाले अ