निर्णय नं. २९५९ - विवरण बदर गुठी धर्म लोप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९५९ - विवरण बदर गुठी धर्म लोप भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/०६/०७ २७७४ निर्णय नं. २९५९ ने.का.प. २०४४ अङ्क १ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३७ सालको दे.फु.नं. ३९ मुद्दा : विवरण बदर गुठी धर्म लोप निवेदक/वादी: जिल्ला काभ्रेपलाञ्चोक पनौति पमारी टोल बस्ने हरिदास मठछे विरुद्ध विपक्षी/प्रतिवादी: ऐ. देवी स्थान गा.पं. वडा नं.२ ज्वालाचिति डिहि बस्ने न्हुछे रघु समेत फैसला भएको मिति : २०४०।६।७।६ मा § आफू समक्ष रीतपूर्वकको उजूर नपरी वादी र प्रतिवादीहरू बीचको विवादमा अदालतले अधिकार क्षेत्र ग्रहण गरी विवाद ग्रस्त तथ्यको निर्णय गर्न पाउने नदेखिने । (प्रकरण नं. १३) § अनधिकृत निकायबाट भएको कारवाही र निर्णय बदर हुने अवस्थामा फेरी कारवाही र निर्णय हुनका लागि मुद्दा अधिकार प्राप्त निकायमा पठाउने व्यवस्था नै कानूनले गरेको छैन । (प्रकरण नं. १३) उल्लेखित मुद्दा :०२६ सालको दे.फु.नं. ७९ निवेदक मुनिलाल गोल्छा विरुद्ध धनचन्द्र राई समेत मुद्दा जिसयत जग्गा, (ने.का.प. २०३०, पृष्ठ ३०२) मा प्रतिपादित सिद्धान्त । फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तवः- सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।४।२९ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा परेको विन्तिपत्रमा उक्त निर्णय सहितको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. पुर्खाका पाला देखि विर्ता खरीद गरी पनौति पमारी टोलमा श्रीकृष्ण, शिवजी समेतको देवता स्थापना गरी खेत पाखो समेत ४१६ मुरी माटो जग्गा गुठी राखी मोहीमा लगाई आएको आयस्ताबाट पूजा आजा समेत गरी बाँकी शेषबाट मन्दिर भत्किए बिग्रिएमा बनाउनु भनी १८६२ चैत्र वदी ६ रोज ५ सिलापत्र भई गोकुल पुरीले दस्तुर समेत सरकारमा बुझाई आएको गुठी जग्गा सिलापत्र तामापत्र फैसला समेतबाट गुठी विर्ता नै कायम भएको विपक्षीहरूले हाम्रै विर्ता भनी बिना निस्सा विवरण दाखिल गरेछन् । सो गुठी समेत हरण गर्न खोजेकोले उक्त विवरण बदर गरी सनातन देखि चलिई आए बमोजिम उक्त खेत पाखो देवता पाखो गुठी नै कायम गरिपाउँ भन्ने समेत हरिदाश मठछेको २०२१।४।८।५ को फिरादपत्र रहेछ । ३. वादीको निस्सा प्रमाण केही छैन कुन ४ किल्लाभित्रको हो यकीन छैन र ४१६ मुरी माटो जग्गा भन्ने उल्लेख छ यो साँध यो किल्ला भन्ने खुलेको देखिँदैन सो जग्गा हामीलाई के कतिमा कमाउन दिएको र कमाएको छौं कबूलियत छ भन्न पर्ने सो पनि नभएको, अविछिन्न हामीहरूको भोगको जग्गा आफ्नै विर्ता जानी भोगी विवरण दाखिल गरी रैकरमा परिणत गराएको हुँदा निजको दावी लाग्न सक्ने होइन भन्ने समेत कृष्णबहादुर समेत जवान २१ को तथा सोही मिलान गरी फत्तेबहादुर समेत जना २ को र वादी दावाको जग्गा हामीले कमाई आएको जग्गाको २०२० सालसम्म वादीलाई बुझाई आएका थियौं रैकरमा परिणत गर्नु पर्ने म्याद जाला भनी विवरण दाखिल गरी रैकरमा परिणत गराएका हुँदा वादीको गुठी जग्गा ठहर्ने भए बाली बुझाउन मञ्जुर छौं भन्ने समेत काले दमाई समेत जना ३ को र २०२० सालसम्मको बाली वादीलाई बुझाई आएको र विर्ता उन्मूलन ऐन बमोजिम मोहीले पनि परिणत गर्न पाउने भएकोले परिणत गरेको हुँ गुठी धर्म लोप गरेको होइन जग्गा मेरै कायम गरिपाउँ भन्ने समेत नरबहादुरको छुट्टाछु