निर्णय नं. २९६० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९६० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०६/१२ १९३८ निर्णय नं. २९६० ने.का.प. २०४४ अङ्क १ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रि.नं. २००९ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जि.कपिलवस्तु गा.पं. गणेशपुर वार्ड नं. ६ बस्ने छेदीराम कुर्मी विरुद्ध विपक्षी : श्री अधिकारी, भू.सु.का. कपिलवस्तुसमेत । जि.कपिलवस्तु गा.पं.रामनगर वार्ड नं.१ को अध्यक्ष ऐ बस्ने उदयराज चौधरीको अध्यक्षतामा गठित स्थानीय पंचायतको समिति। ऐ.ऐ बस्ने महादेव वढे। आदेश भएको मिति : २०४३।६।१२।१ मा § स्थानीय समितिले राजपत्रले अख्तियार नै नदिएको कुत अंक निर्धारण गर्ने कार्य समेत गरेको देखिएकोले सो कार्यहरू कानून विपरीत भई त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशले बदर हुने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः- नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ : २. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३(ग) मा श्री ५ को सरकारले कुनै जग्गा वा तोकिएको क्षेत्रको जग्गाको निमित्त जग्गाको किसिम र उब्जनीको आधारमा मुख्य वार्षिक उब्जनीको औसत निर्धारित गरी सो औसतको आधारमा मोहीले जग्गाधनीलाई बुझाउनु पर्ने मुख्य वार्षिक उब्जनीको ५० प्रतिशत कुत तोकी दिन सक्ने व्यवस्था छ । त्यसको प्रयोजनको निमित्त उब्जनीको औसत निर्धारण गर्न श्री ५ को सरकार भूमिसुधार मन्त्रालयबाट मिति ०४१।२।२९ गतेको राजपत्रमा प्रकाशित सूचनामा सम्बन्धित पञ्चायतको स्थानीय समिति उल्लेख छ । तर समितिको गठन विधि त्यसमा उल्लेख छैन । ३. विपक्षी भूमिसुधार अधिकारीज्यूबाट उब्जाको ३ खण्डको १ खण्ड कुत निर्धारण गर्ने त्यसरी निर्धारण गर्दा तीन सालको बालीको आधारमा औसत निकाली कुत निर्धारण गर्ने भनी ०४१।४।४ मा सर्कुलरपत्र पठाई स्थानीय समिति समेत गठन गर्नु भएको छ । जुन समिति अनाधिकार तथा गैरकानूनी छ । उक्त सर्कुलर पनि भू.सं. ऐनको दफा ३३(ग) को विपरीत भई गैरकानूनी छ । त्यस्तो गैरकानूनी स्थानीय समितिबाट म निवेदक जग्गाधनी महादेव बढई मोही भई पाँचदुवा शर्तमा जोती आएको रामनगर गा.पं वार्ड नं. १ को कि.नं. ६०, २०४, ३५९, ३७१, ५९४, ६१२ को ज.वि. १–१–७ जग्गाको मलाई थाहा नै नदिई साँध संधियार समेत बुझी गरेको गैरकानूनी सरजमीनका आधारमा केवल २१० के.जी. कुत निर्धारित गरिएको जुन ज्यादै कम र गैरकानूनी भएको र त्यस्तो काम कारवाहीबाट मेरो संवैधानिक तथा कानूनी हक समेत हनन् भएकोले निवेदन गर्न आएको छु उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी विपक्षी समितिबाट मिति ०४१।८।२९ मा निर्धारित भएको कुत अंकलाई बदर गरी मेरो संवैधानिक तथा कानूनी हकको संरक्षण गरिपाउँ भन्ने समेत छेदीराम कुर्मीको रिटनिवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति ०४२।१।७ को आदेश । ५. कुत अंक कायम गर्न हाम्रो जिल्लामा मिति ०४१।२।२९ का राजपत्रमा प्रकाशित सूचनाले पञ्चायतको स्थानीय समितिलाई अधिकार दिएको र समितिबाट सरजमीन बुझी कानून बमोजिम कुत अंक कायम गरिएको छ । विपक्षीको कुनै हक हनन् नभएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी