निर्णय नं. २९६२ - उत्प्रेषण मिश्रित परमादेशको रिट जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९६२ - उत्प्रेषण मिश्रित परमादेशको रिट जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०४/१२ २०७४ निर्णय नं. २९६२ ने.का.प. २०४४ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०४२ सालको रिट नं. १६८३ विषय : उत्प्रेषण मिश्रित परमादेशको रिट जारी गरिपाउँ निवेदक : पशुपति आधुनिक चामल कारखाना (प्रा.) लि. कदमाहा विराटनगरको तर्फबाट ऐ. को सञ्चालक विराटनगर न.पं. वार्ड नं. १२ बस्ने आशकरण राठी विरुद्ध विपक्षी : श्री कर विभाग लाजिम्पाटसमेत। श्री कर कार्यालय विराटनगर। आदेश भएको मिति: २०४३।४।१२।१ मा § औ.व्य. ऐन, ०३८ प्रारम्भ भई सकेपछि औ.व्य. ऐन, ०३८ को दफा १४(२) अनुसार सुविधा पाउने कानूनी व्यवस्था भएको हुँदा सो सुविधा नपाउने भन्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान आदेश न्या.बब्बरप्रसाद सिंहः- नेपालको संविधानको धारा १६।७१ अन्तर्गत यस अदालतमा पर्न आएको रिटनिवेदनको तथ्य एवं जिकिर र निर्णय यस प्रकार छ । २. आधुनिक राइस मिल खडा गर्न ०३३।५।२१ मा उद्योग विभागबाट इजाजत प्राप्त भई आधुनिक स्वचालित सेलर राइस मिल खडा गर्न उपयुक्त जग्गा खरीद गरी भवन बनाई मेशिनरीहरू खरीद गरी बनाउन लाग्दा बढी विद्युत शक्ति पूँजीको आवश्यकता पर्ने देखी विद्युत शक्ति २७ हर्स पावरको स्वीकृति भएकोलाई १४० हर्स पावरको स्वीकृति माग गरिएकोमा सो समेत र स्थिर पूँजी रु. १९,००,०००।– ०३३।१२।२३ मा उद्योग विभागबाट स्वीकृति प्राप्त भई मिल खडा गरी ०३४।९।७ देखि उत्पादन शुरु गरेको हुँदा औद्योगिक व्यवसाय ऐन, ०३० को दफा ९(३)(ख) अनुसार पूँजीको आधारमा अनुसूची २ बमोजिम उत्पादन शुरु गरेको मितिले ४ वर्षसम्मको आयकर छुटको सुविधा माग गरिएकोमा विपक्षी कर विभाग र कर कार्यालयले आलटाल गर्दा गर्दै ४ वर्षको सुविधाको अवधिसम्म आयकर छुटको स्वीकृति प्रदान नगरी औ.व्य. ऐन, ०३८ को दफा १४(२) को व्यवस्था विपरीत ०३८।१२।२ मा ३ वर्षको मात्र आयकर छुट दिने निर्णय गरियो । कर विभागमा निवेदन गर्दा ०४०।८।९ को पत्रद्वारा ३ वर्षको छुट दिने ०३८।१२।२ मा निर्णय भइसकेकोले थप सुविधा दिन नमिल्ने भनी सूचना गर्नु भएको र कर कार्यालय विराटनगरले सो चौथो वर्ष ०३७।३८ मा ६ महिना र ०३८।३९ मा ६ महिनाको कर लगाई असूल गर्न नहुनेमा कर लाग्छ भनी असूल गर्न लाग्नु भएको अनाधिकार एवं गैरकानूनी हुँदा कर विभागको ०४०।८।९ को पत्रानुसारको ०३८।१२।२ को निर्णय बदरभागी छ । ३. उक्त निर्णय औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १४(२), ९(१)(क) को देहाय (१)१०, (क) को (३)१०(क) को (२) को देहाय (क)(ख) समेतको त्रुटि गरी पूँजीको अनुपातमा औ.व्य. ऐन, ०३० को अनुसूची २ बमोजिम ४ वर्षको सम्म आयकर नलाग्ने छुट प्रदान गर्नु पर्नेमा नगरी औ.व्य. ऐन, ०३८ लागु भइसकेपछि सोही ऐनको दफा १४(२) बमोजिम ३ वर्षसम्मको मात्र आयकर छुटको सुविधा दिने भनी निर्णय गरिएको बाट रिट निवेदकको संविधानद्वारा प्रदत्त अधिकारमा आघात पुगेकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी औ.व्य. ऐन, ०३८ को दफा १४(२) अन्तर्गत आयकर सुविधा प्रदान गरी सो अवधि सम्मको आयकर असूल नगर्नु भनी परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन जिकिर । ४. यसमा के कसो भएको हो विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा म्याद नाघेपछि पेश गर्