निर्णय नं. २९६३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९६३ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०७/११ २०६७ निर्णय नं. २९६३ ने.का.प. २०४४ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नम्बर १८६३ विषय : उत्प्रेषण निवेदक : का.न.पं वडा नं. २३ ओमबहाल बस्ने सिद्धिहर्षको छोरा वर्ष ७५ को बुद्धिहर्ष बज्राचार्य विरुद्ध विपक्षी : का.न.पं. को प्रधानपञ्च कमल चित्रकारसमेत का.न.पं. नक्सा फाँट । का.न.पं का सल्लाहकार चोलेन्द्र शम्शेर ज.ब.रा । का.न.पं वडा नं.३३ ज्ञानेश्वर बस्ने तिर्थसिद्धि बिष्टकी छोरी वर्ष ६१ की पुष्प कुमारी पंत। आदेश भएको मिति: २०४३।७।११।३ मा § विवादको नक्शा पासको दर्खास्त नगरपञ्चायतमा दिएकोमा जग्गाधनीले रिट निवेदकको नाम उल्लेख नगरी साविक जग्गाधनीको निस्सासम्म उल्लेख गरेको पाइन्छ । प्रत्यर्थी जग्गाधनी नभई मोही भएको कुरामा विवाद छैन । यसै अदालतको निर्णयबाट रिट निवेदक जग्गाधनी देखिन आएको छ । त्यस्तोमा निजलाई ज.ध. नदेखाई परेको नक्शा दर्खास्तबाट निवेदकले उजूर गर्ने स्थिति आएन । त्यस्तो दर्खास्तको आधारमा नक्शा पास गरी गरेको प्रत्यर्थी नगरपञ्चायतको आदेश नगरपञ्चायत ऐन, २०१९ को दफा ४७ को प्रतिकूल भई उक्त निर्णय अनुसार प्रत्यर्थीलाई दिएको नक्शा पासको प्रमाणपत्र उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःx आदेश न्या.बब्बरप्रसाद सिंहः- नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं जिकिर निम्न प्रकारको छ । २. का.जि.का.न.पं. वडा नं. ३२ डिल्ली बजार कालिका स्थानको कि.नं. १०० क्षेत्रफल रोपनी ३–११–२ को जग्गावाला जग्गाधनी निवेदक हुँ । मोही विपक्षी नं. ४ हुनुहुन्छ । साविक मोही भैरवदत्त लोहनीबाट उक्त जग्गा र सो मा भएको कच्ची छाप्रो घर नं. ४ ले ०१९।९।९ मा खरीद गरी लिनु भएको रहेछ । उक्त छाप्रोमा भित्र भित्रै पाको इँटको गारो उठाई कर्कटको छाना राखी पक्की देखाउने नियत गरी तलसिंको स्वीकृति नलिई नक्शा नगरी बनाएमा न.पं. मा उजूर पर्दा साविक जग्गाधनी रत्नकाजी शाक्यले भैरवदत्तलाई तपाई वा तपाईंका हकदार वा तपाईंले बिक्री गरी अरु मोही हुन आएमा पनि घर बनाउन दिन मञ्जूर छ भनी ०१६।९।२।५ मा स्वीकृत गरी दिएबाट भैरवदत्तले ०१८।३।२०।३ मा पास प्रमाणपत्र पाएको छु । मैले राजीनामा गरी लिई मञ्जूरनामा बमोजिम घर बनाएको हुँ हाल बनाएको होइन भन्ने पुष्पकुमारी वारेशद्वारा कागज । ३. चारैतिर इँटको गारो भएकोमा घरको भित्र चारैतिर पाको ईंटको गारो जस्ताको छाना गरी बनाई राखेको दस्तूर नलाग्ने भन्ने ओभरशियरको जाहेरी । घरको वाहिर भाग साविक देखि हालसम्म काँचो गारो नै कायम गरी पक्की बनाएको भन्ने नहुँदा भित्री भाग अदल बदल गर्न स्वीकृति लिन र नक्शा पास गर्न पर्ने देखिएन भन्ने काठमाडौं नगरपञ्चायत मुद्दा फाँटको निर्णयमा पुष्पकुमारी पन्तको पुनरावेदन पर्दा इन्साफ शुरुको मनासिब भन्ने काठमाडौं नगरपञ्चायत बैठकको मिति २०३४।७।१७।४ को निर्णय । ४. विपक्षी पुष्पकुमारी पन्तको रिटनिवेदन परी ओभरशियरको प्रतिवेदन परेपछि नक्शा पास गर्न पर्दैनथ्यो भनी जाँचबाटै मुद्दा नचल्ने देखिएको विपक्षी झिकाई कारवाही ठहर गरी नगर सभाले पुनरावेदन सुनी सदर गरेको मेरो स्वीकृति बिना बनाएको भन्ने उजूर नगरपञ्चायतको अधिकार क्षेत्र भित्र नप