निर्णय नं. २९६४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९६४ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०८/३० २८५६ निर्णय नं. २९६४ ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. ११८७ विषय : उत्प्रेषण निवेदक : जिल्ला कञ्चनपुर रौतेली गा.पं. वार्ड नं. १ बस्ने प्रेमबहादुर पाण्डे विरुद्ध प्रत्यर्थी:अञ्चलाधीश महाकाली अञ्चलसमेत । क्षेत्रीय शिक्षा निर्देशनालय सु.प.क्षे.दिपायल । जिल्ला कार्यालय शिक्षा शाखा कन्चनपुर। घटाल मा.वि. कन्चनपुरको प्रधानाध्यापक। संचालक समिति घटाल मा.वि.कन्चनपुर । आदेश भएको मिति: २०४३।८।३०।२ मा § निवेदकलाई शिक्षक पदबाट अवकाश दिनु भन्ने अञ्चलाधीश कार्यालयको त्रुटिपूर्ण निर्णय आदेशबाट शिक्षा ऐन तथा नियमावलीको अवलम्बन समेत नगरी अधिकार भन्दा बाहिर रही रिट निवेदकलाई शिक्षक पदबाट हटाउने गरी गरेको प्रत्यर्थी अञ्चलाधीशको निर्णय तथा प्रत्यर्थी सञ्चालक समितिले निवेदकलाई दिएको पत्र तथा सो सम्बन्धी अन्य काम कारवाही समेत त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. २१) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की आदेश न्या.बब्बरप्रसाद सिंहः- नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन तथ्य एवं जिकिर निम्न प्रकार छ । २. कञ्चनपुर गा.पं. रौतेली विचवा वार्ड नं. १(ख) को कि.नं. ७० को ज.वि. ६–६–१ जग्गाको ज.ध. प्रमाण पूर्जा निवेदक वीरबहादुरले भ्रष्टाचार पूर्ण तवरबाट प्राप्त गरेको व्यहोरा बनाई डम्बरबहादुरले प्रत्यर्थी कार्यालयमा उजूरी दिनु भएको थियो । डम्बरबहादुरको उजूरीको आधारमा प्रत्यर्थी अञ्चलाधीशज्यूको निवेदक लगायत विभिन्न कर्मचारी लगायतसंग कारवाहीको सिलसिलामा बयान लिई प्रेमबहादुर पाण्डेले भ्र.नि. ऐनको दफा ४(क) र दफा ७(२) अनुसारको कसूर गरेको ठहर्न आएको र निज पाण्डे श्री घटाल मा.वि. पुडाको नि.मा.वि. स्तरको सहायक शिक्षकमा कार्यरत हुँदा शिक्षा नियमावली अनुसार निजलाई शिक्षक सेवाबाट बर्खास्त गर्ने उक्त ऐनको दफा २०(२) अनुसार जि.का.शि. शाखा कञ्चनपुरलाई लेखी पठाउनु भनी प्रत्यर्थी अञ्चलाधीशज्यूले निर्णय गर्नु भयो । तत्पश्चात मलाई महाकाली अञ्चलाधीश कार्यालयको मिति २०४०।६।२६ च.नं. १२० को पत्र र जि.का.शि.स. कञ्चनपुरको च.नं. २१६ मिति ०४०।७।९ को पत्रानुसार तपाईलाई भ्र.नि ऐेनको दफा ४(क) र दफा ७(२) अनुसार कसूर गरेको देखिएकोले शिक्षक पदबाट अवकाश दिनु भन्ने निर्देशन भए अनुसार तपाइलाई यस विद्यालयको शिक्षक पदबाट मिति २०४०।७।२३ गते बाट अवकाश दिएको छ । अन्य जानकारी र कारवाहीको म.अ.का. मा सम्पर्क राख्न समेत अवगत गराइन्छ भन्ने समेत मिति ०४०।७।२३ को पत्र प्राप्त भयो । सेवाबाट बर्खास्त गरेपछि पुनरावेदन प्रस्तुत गरे, मेरो पुनरावेदन जिल्ला कार्यालय शिक्षा शाखाबाट क्षेत्रीय शिक्षा निर्देशनालय सुदूर पश्चिमाञ्चल डोटी दिपायलमा पठाइयो क्षेत्रीय शिक्षा निर्देशनालय सुदूर पश्चिमाञ्चल डोटीबाट पुनः जिल्ला कार्यालय शिक्षा शाखा कन्चनपुरमा फिर्ता पठाइएकोले सम्पर्क राख्न जानु भने अनुसार नियमित रुपबाट ०४१।३।१५ सम्म जि.का.शि. शाखामा सम्पर्क राख्न उपस्थित भई कारवाहीको जानकारी माग गर्दा भ्रष्टाचारमा सजायँ पाएको कर्मचारीलाई कागजपत्र देखाउन मिल्दैन भनियो । अन्तिम पटक क्षेत्रीय शिक्षा निर्देशनालयको पत्रले नै सम्पर्क