निर्णय नं. २९६६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९६६ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०९/२२ २५८८ निर्णय नं. २९६६ ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको फौ.पु.नं. ६०९ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी: जि. कपिलवस्तु गा.पं. तुल्सीपुर वार्ड नं. ३ ठूलो गौरा बस्ने सुधारा पासिनको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी:कपिलवस्तु तुल्सीपुर गा.पं. वार्ड नं. १ पिपरा बस्ने महमद सइदु मुसलमान। ऐ.ऐ बस्ने मुस्ता किम मुसलमान । ऐ.ऐ वार्ड नं. २ ठूलो गौरा बस्ने अब्दुल हइ मुसलमान। ऐ.ऐ बस्ने सब्बीर पठान । ऐ.ऐ बस्ने लालाउ पठान। ऐ.ऐ बस्ने पहाडी भन्ने अब्दुल कहिन मुसलमान । ऐ.ऐ सानो गौरा बस्ने असारे पाण्डे। ऐ.ऐ बस्ने दुर्गा प्रसाद पाण्डे। ऐ.ऐ सुरक्षा प्रहरी जिल्ला कार्यालय चाकर चौडा चौकी दरबन्दी स.इ.चक्र प्रसाद सुब्बा। ऐ.ऐ का.अ.स.इ पूर्णभद्र उपाध्याय। ऐ.ऐ अ.स.इ डिल्ली बहादुर खत्री । ऐ.ऐ का प्रहरी प्रेम बहादुर कार्की । ऐ.ऐ का प्रहरी याकुफ भन्ने महमत याकुफ देवान। ऐ.ऐ गा.पं. तुल्सीपुर वार्ड नं.१ पिपरा बस्ने हुल्लु भन्ने बसी अल्लाई मुसलमान। फैसला भएको मिति : २०४३।९।२२ मा § केवल शंकाको भरमा अभियुक्तहरूलाई दोषी ठहराउन र सजायँ दिन न्याय शास्त्र बमोजिम न्यायसंगत भएन । (प्रकरण नं. ३५) पुनरावेदक, वादीतर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा विपक्षी तर्फबाटः-x उल्लेखित मुद्दाः-x फैसला न्या.बब्बरप्रसाद सिंहः-पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।५।६ को फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदनको मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. दुर्गाप्रसाद सइज अहमद समेत भई गाउँमा बस्न नदिने कुटपिट गर्ने ज्यान मार्ने षडयन्त्र रचेको हुन् भनी मिति ०३७।७।१४ गते मलाई सुनाएकोले मेरो परिवार माथि कुनै घटना घटाए भन्ने प्रमाण लगाई पाउँ भन्ने दशिराम पासीको हुलाकबाट दिएको निवेदन । ३. २०३७।८।५ गते राती अं. ९।१० बजेको समयमा ५।६ जना डाँकाहरू आई लोग्नेलाई टाउकोमा हिर्काए पछि लोग्ने घरभित्र पसी डाँकाहरू भागे त्यसबखत चाकड चौकीका स.इ. डिल्लीबहादुर, अ.स.इ. पूर्वभद्र, प्रहरी याकुफ, प्रहरी प्रेमबहादुर भई लोग्ने हरिरामलाई पक्राउ गरी लगे । डाँका भएको व्यहोरा खोली दर्खास्त दिएँ, लोग्नेलाई ८ दिनसम्म चौकीमा थुनी चाकर चौकीको पूर्व मरथी नदीको डिगमा लगी ज्यान मारी बेपत्ता पारेको कुरा थाहा पाएँ । दर्खास्त दिँदा भर्पाई नदिएकोले मिति २०३७।७।१५ मा हुलाकबाट दर्खास्त दिएको निवेदन यसै कार्यालयमा छ प्रमाण लगाई पाउँ भन्ने सुधारा पासीनको जाहेरी दर्खास्त । ४. भारतबाट नेपाल सरहदमा भएको कर्तव्यमा कारवाही हुँदैन भनेकोले प्रहरीले जाँच गरेसम्म सतगत गर्न हुँदैन भनेकोले मैले लाश उठाई सतगत गर्न पाइन । हाल लाश के भयो मलाई थाहा छैन, दुवै देशको प्रहरीबाट लाश जाँच भएन, मेरो लोग्नेको हत्यारा पत्ता लगाउँदा पहाडी भन्ने अब्दुल कासिमराम उजारे पाण्डे समेत अपराधमा संलग्न थिए भन्ने कुरा पत्ता लागेको निजहरू घर गाउँमा नभई भागी बसेका छन् भन्ने समेत सुधारा पासीनको कागज । ५. हरिराम पासीलाई मैले मारेको होइन निजलाई मार्ने प्रयास पनि गरेको होइन, पासीलाई मारी सकेपछि लाग्ने खर्चको व्यवस्थाको लागि निज दुर्गाप्रसाद पाण्डेबाट २,०००।– राम अजारेबाट १,५०० महमद गैसबाट ४००। लल्लु भन्ने वलीउल्लाबाट रु