निर्णय नं. ८८३५ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८३५ - बन्दीप्रत्यक्षीकरण भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६९/०२/०८ ३२३८ ने.का.प. २०६९, अङ्क ५ निर्णय नं.८८३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की २०६८-WH-००७५ आदेश मितिः २०६९।२।८ विषय : बन्दीप्रत्यक्षीकरण । निवेदकः जिल्ला काभ्रेपलाञ्चोक, छत्रेवास गाउँ विकास समिति वडा नं. ५ दाप्चा घर भई हाल कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा थुनामा रहेको स्याल भन्ने संजिव लामा विरुद्ध विपक्षीः कारागार कार्यालय, डिल्लीबजार, समेत § वेग्ला–वेग्लै वारदात भई चलेका वेग्ला–वेग्लै मुद्दामा अघिल्लो मुद्दामा पुर्पक्षका लागि थुनामा बसेको अवधिलाई पछिल्लो मुद्दामा लागेको कैद, जरीवाना असूल गर्ने प्रयोजनका लागि गणना गर्न नमिल्ने । § म्याद थपको क्रममा वा अभियोगपत्र साथ पेश गरिएको अवस्थामा वाहेक अन्य अवस्थामा अदालतमा उपस्थित भई बयान गरेपछि मात्र निजउपर लागेको मुद्दामा निजको उपस्थिति रहेको मान्नुपर्ने । (प्रकरण नं.८) § थुनामा बसिरहेको कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दा र ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना मुद्दा बेग्ला–बेग्लै वारदातका भएको र वेग्ला–वेग्लै वारदात भई चलेका वेग्ला–वेग्लै मुद्दामा अघिल्लो मुद्दामा पुर्पक्षका लागि थुनामा बसेको अवधिलाई पछिल्लो मुद्दामा लागेको कैद असूल गर्ने प्रयोजनका लागि गणना गर्न कानूनतः नमिल्ने । (प्रकरण नं.९) निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता योगेन्द्रबहादुर अधिकारी र नरबहादुर योगी विपक्षी तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री सूर्यनाथ प्रकाश अधिकारी अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन दण्ड सजायको महलको ४१ नं. § नेपालको अन्तरिम संविधान, २०६३ को धारा २३ र ८८(२) आदेश न्या.सुशीला कार्कीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिटको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :– म निवेदकलाई मिति २०६७।७।२५ का दिन पक्राउ गरी मिति २०६७।८।१९ गते काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योग मुद्दा र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हातहतियार मुद्दा दायर गरिएको थियो । थुनछेकका क्रममा ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतले रु.११,०००।– धरौट माग गरेकोले उक्त रकम मिति २०६७।८।२२ मा बुझाएपश्चात् हातहतियार मुद्दामा बयान गराउन सोही दिन जिल्ला प्रशासन कार्यालय काठमाडौं लगिएकोमा उक्त दिन समय अभावका कारणले थुनछेक सम्बन्धी कार्य हुन नसकी मिति २०६७।८।२३ गते रु.१,००,०००।– धरौट माग गर्ने आदेश भएको थियो । उक्त माग भएको धरौट तिर्न नसकी थुनामा बसिरहेको अवस्थामा काठमाडौं जिल्ला अदालतमा गोविन्दबहादुर कार्कीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म समेत भएको कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दा चलेको भन्ने थाहापाइ मैले उक्त मुद्दामा हुने कारवाहीमा समावेश हुनपाऊँ भनी कारागार कार्यालय, काठमाडौं मार्फत निवेदन दिएको थिएँ । सो मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मलाई थुनाबाट झिकाई थुनामा राखी पूर्पक्ष गर्ने आदेश भएको थियो । माथि उल्लिखित काठमाडौं जिल्ला अदालतमा चलेको ज्यान मार्ने उद्योग मुद्दाबाट मिति २०६८।११।१ र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा चलेको हातहतियार मुद्दाबाट मिति २०६७।७।२५ मा सफाइ पाउने गरी फैसला भई सकेको छ भने कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष ६ महि