निर्णय नं. २९६७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २९६७ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०९/२५ २३४१ निर्णय नं. २९६७ ने.का.प. २०४४ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ५३२ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी: शिवनारायण यादवको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.सि.गा.पं पिपरा वडा नं. २ बस्ने कमलसिंह दनुवार। ऐ.वडा नं.३ बस्ने नैनिलाल यादव। ऐ. बस्ने प्र.पं.चन्द्रदेव यादव। ऐ. बस्ने मुनिलाल यादव। ऐ.बस्ने किसोन देव यादव। ऐ.बस्ने रघुवीर यादव। फैसला भएको मिति : २०४३।९।२५।६ मा § प्रतिवादीहरू प्रहरीमा र अदालतमा समेत पूर्ण इन्कारी रहेको र जाहेरवालाको र प्रतिवादीहरूको बीच मुद्दा चलिराखेको समेत देखिन आउँछ, प्रतिवादीहरूले ज्यान मारेको भन्ने कुराको तथ्ययुक्त प्रमाणहरू वादी पक्षबाट आउन सकेको देखिएन, शंकारहित सबूत प्रमाण बेगर कसूरदार ठहर्‍याउन मिल्ने देखिन आएन । (प्रकरण नं. १९) पुनरावेदक, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.बब्बरप्रसाद सिंहः- पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।३।२७ मा भएको फैसला उपर चित्त नबुझी वादी श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. २०४० साल ज्येष्ठ ३१ गते राती ११ बजेको समयमा अन्दाजी ११।१२ जनाको हुल आई हातहातमा लाठी बन्दुक समेत लिई मेरो बाबु कैसिलाल यादवलाई बन्दुकले हानी मारी दिएकोले मैले चिनेका पिपरा गा.पं. वाड नं. २ बस्ने कमल सिंह दनुवार–१ ऐ. वार्ड नं. ३ बस्ने नैनिलाल यादव १, ऐ बस्ने प्र.पं.चन्द्रदेव यादव १, ऐ बस्ने मुनिलाल यादव १, ऐ बस्ने किसुनदेव यादव १, ऐ बस्ने रामनारायण यादव १, ऐ बस्ने रघुवीर यादव १ समेतलाई चिनेको र नचिनेका समेतले मारी भागी गएको हुँदा कानून बमोजिम कारवाही गरिपाउँ भन्ने केशवनारायण यादवको मिति २०४०।३।१।४ को जाहेरी दर्खास्त । ३. मृतक केसीलालसंग कुटपिट र करकाप मुद्दा अदालतमा चलेको र चुनावको रिसइवी समेत थियो घटना घटेको दिन म सुतिरहेको अवस्था थाहा पाएर हेर्न जाँदा मृतकको लाश देखेको छु म र मेरो परिवारका मेरा छोरा किसुनदेव र पक्राउ भएका मुनिलालनारायण समेत उपर पोल उजूर गर्ने भन्ने हल्ला सुनी म भारत लक्ष्मीया २०४०।३।१ विहान गई बसेको थियो अपराध गरेमा निर्दोष छु भन्ने समेत नैनीलाल यादवले प्रहरी समक्ष गरेको इन्कारी कागज। ४. घटना घटेको दिन बन्दुकको आवाज सुनी घटनास्थलमा जाँदा गोली छर्राबाट मरेको मृतक देखेको हुँ । मृतकको जेठो छोरा सिताराम यादव र मेरो बाबु नैनिलाल भाइ चन्द्रदेव र मुनिलाल समेतका नाउँमा करकाप मुद्दा परेको र चुनावको रिसइवी थियो । २०४०।२।३१ गतेको रात भाइ चन्द्रदेव घरमा नभई लखनपुरको बाटो बनाउन गएका थिएँ । म र मेरो बाबु नेविलाल मुनिलाल अध्यक्ष रामनारायण यादव समेत उपर पोल उजूर गर्ने हल्ला सुनी भारत लदनियामा २०४०।३।१ मा गई बसेकोमा श्री नारायण यादवसंग भेट हुँदा वारदात बनाइदिन्छु भनेकोले रु. ४०००।– दिएका थियौ । ज्यान मारे मराएमा म निर्दोष छु भन्ने समेत प्र.किसुनदेव यादवको प्रहरीमा भएको कागज । ५. घटना घटेको दिन हल्ला सुनी सुतिरहेको अवस्था बिउझी हेर्न जाँदा मृतकको लाश देखेको हुँ चुनावको रिसइवीबाट केसीलाल र मेरो कुटपिट मुद्दा चलेको छ । पक्राउ भई आएका रामनारायण, किसुनदेव, नेलीलाल र म समेत ४ जना उपर पोल गरेको छ भन्ने सुनेर घटना घटेका भोलिपल्ट विहान लदनिया भ